Skip to main content

Sindhul Dainik

सिन्धुल दैनिक

सिन्धुल दैनिक

1146 Posts
मरिणका विपन्न दलितलाई निशुल्क कम्प्युटर तालिम

मरिणका विपन्न दलितलाई निशुल्क कम्प्युटर तालिम

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका दलित समुदायका युवा युवतीलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको छ । मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा मरिण दलित एकता संघको आयोजनामा उनिहरुलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको हो । उनिहरुलाई तिन महिनासम्म कम्प्युटर सम्बन्धी आधारभुत सिप प्रदान गरिने छ । तालिममा मरिण गाउँपालिकाका २० जना दलित युवा युवतीको सहभागिता रहने छ । शुक्रबार पहिलो दिन १५ जनाको सहभागिता रहेको छ । तालिममा कम्तीमा २० जनाको सहभागिता रहने मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर साशंकरले बताउँनुभयो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा एक कार्यक्रमका विच उक्त तालिमको उद्घाटन गर्नुभएको हो ।…
Read More
रामेछापका भुजेलको शव सिन्धुलीमा फेला

रामेछापका भुजेलको शव सिन्धुलीमा फेला

सिन्धुली  । रामेछाप नगरपालिका ९ का ५१ वर्षीय प्रेम बहादुर भुजेलको शव सिन्धुलीमा भेटिएको छ । सुनकोशी नदीमा माछा मार्न गएका बेला बेपत्ता भएको पाँच दिनपछि उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत जेठ ४ गते दिउँसो करिब सभा २ बजे माछा मार्न सुनकोसी नदी तर्फ गएका भुजेल वेपत्ता भएको थिए । गत आइतबारबाट वेपत्ता भएका भुजेलको शव ६ दिनमा सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ स्थित वलेनी घाट नजिकै सुनकोसी नदी किनारमा भेटिएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । सुनकोशी नदी किनारमा एक जना अज्ञात व्यक्तिको शव फेला परेको स्थानीयवासीले प्रहरीलाई जानकारी दिए पछि…
Read More
मरिणमा दलित समुदायको आम सभा तथा सम्मान कार्यक्रम सम्पन्न

मरिणमा दलित समुदायको आम सभा तथा सम्मान कार्यक्रम सम्पन्न

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा दलित समुदायको नागरिक अभियान कार्यक्रम अन्तरगत खुल्ला आमसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । मरिण गाउँपालिकाको सहयोग तथा मरिण दलित एकता संघको आयोजनामा शनिबार उक्त कार्यक्रमको आयोजना गरिएको हो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यता तथा मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर विक (शाहसंकर) को अध्यक्षतामा भएको कार्यक्रममा मरिणका दलित समुदायका लागि दलित अधिकारका अभियान्ता विश्वभक्त दुलाल (आहुती) प्रशिक्षण दिनु भएको छ । उक्त कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन स्थानीय सरकारले थुप्रै कार्यक्रम गरिएको बताउनुभयो । पालिकाका दलित समुदायको अवस्था कस्तो…
Read More
शनिबार मरिणमा दलित अधिकारका लागि खुल्ला आमसभा गरिदै

शनिबार मरिणमा दलित अधिकारका लागि खुल्ला आमसभा गरिदै

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा पहिलो पटक दलित अधिकारका लागि उक्त समुदायको खुल्ला आमसभा आयोजना गरिने भएको छ । मरिण दलित एकता संघ मरिणको आयोजनामा शनिबार बिहान ११ बजे उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । मरिण दलित एकता संघका अध्यक्ष धनबहादुर विक (शाहसंकर) का अनुसार मरिण गाउँपालिका ६ को नयाँबस्ति स्थीत कृषिहाटबजारमा दलित नागरीक अभियान तथा खुल्ला आमसभा कार्यक्रमको आयोजना हुनेछ । सहभागि दलित समुदायले मरिण बहुमुखी क्याम्पस चोकदेखी नयाँ बस्तीसम्म पन्चेबाजा, ब्यानर सहितको ¥याली आयोजना गर्दै आमसभाको आयोजना गर्ने कार्यक्रम तय भएको छ । कायक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, दलित अगुवा विश्वभक्त दुलाल (आहुती) लगायतले प्रशिक्षण…
Read More
सिन्धुलीमा कानून दिवस मनाईयो सिन्धुली ।

सिन्धुलीमा कानून दिवस मनाईयो सिन्धुली ।

सिन्धुली । ७३ औं कानून दिवस आज सिन्धुलीमा पनि एक कार्यक्रमबिच मनाइएको छ । जिल्ला अदालत सिन्धुलीको सभा हलमा आयोजित उक्त दिवसमा कार्यक्रमका अध्यक्ष माननीय जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तले न्याय सम्पादनको शिलशिलामा सबैलाई छिटोछरितो र सर्वसुलभ न्याय प्रदान गर्नु आजको मूख्य आवश्यकता रहेको औल्याउनुभयो । कानूनी काम कार्बाहीहरु पारदर्शी र स्वतन्त्र हुनुपर्नेमा जोड दिदै उहाँले जनतालाई सन्तुष्ट बनाउनुपर्ने बताउनुभयो । कतिपय सन्दर्भमा कार्यपालिका र व्यवस्थापिकालाई समेत सहि ट्र्याकमा ल्याएर न्यायपालिकाले सहि दिशानिर्देश गर्ने भूमिका समेत निर्बाहा गरेको पनि उहाँले बताउनुभयो । कानून दिवसको अवसरमा जिल्ला न्यायधिवक्ता निमा घिमिरे, नेपाल वार एशोसियशन सिन्धुलीका अध्यक्ष मोहन थापा, जिल्ला श्रेस्तेदार बिदुर कोईराला, अधिबक्ता…
Read More
कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक

कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक

सिन्धुली । सिन्धुलीका कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक भएको छ । गीतले दार्शनिक रुपमा आत्म–पहिचानको खोज, जीवनको कठोरता, र आशा–निराशाबीचको संघर्ष प्रस्तुत गरेको छ । उक्त गितमा कवि तथा गीतकारले जीवनलाई यथार्थ रूपमा चित्रण गरेका छन्, जहाँ निरन्तर संघर्ष हुन्छ, त्यहाँ जिवनमा केही पाउने आशा हुन्छ भन्ने यतार्थलाई गित र संगितमा वर्णन गरिएको छ । यथार्थपरक दार्शनिक भाव समेटिएको गीतमा बाबुराम श्रेष्ठ यात्रीको शब्द, राजु सिंहको सङ्गीत गायक रामकृष्ण ढकालको स्वर र फनिन्द्र राइको एरेञ्ज रहेको छ । पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङको रेकर्डिङ र सुमन खड्काको गीतमा मिक्सिङ…
Read More
फिक्कल गाउँपालिकाका ५ हजार विद्यार्थीको बैँक खातामा दैनिक दुईरुपैयाँ बचत

फिक्कल गाउँपालिकाका ५ हजार विद्यार्थीको बैँक खातामा दैनिक दुईरुपैयाँ बचत

ड्ड प्राइम बैंङ्कले एकमुष्ट पाँच लाख जम्मा गर्दै सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिकाले आफ्नो पालिकाका सबै वडामा अध्ययनरत विद्यार्थीहरुको बैंक खाता खोली दैनिक रकम बचत गराउँने भएको छ । गाउँपालिकाको ६ वटै वडामा अध्ययनरत पाँच हजार विद्यार्थीहरुको बैक खाता खोली पालिकाले दैनिक एक रुपैयाँ र अभिभावकबाट एक रुपैयाँ गरी दैनिक दुई रुपैयाँ रकम जम्मा गर्ने भएको हो । पालिकाका ६ वटै वडाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका सबै पाँच हजार बढी विद्यार्थीहरूको बैङ्क खाता खोली दैनिक बचत रकम समेत जम्मा गरिदिने निर्णय भएको उक्त गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिइएन् । यसका लागि बुधवार फिक्कल गाउँपालिका र…
Read More
पौडी खेल्दा सिन्धुलीमा एक बालकको डुबेर मृत्यु

पौडी खेल्दा सिन्धुलीमा एक बालकको डुबेर मृत्यु

सिन्धुली । सिन्धुलीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ र ६ को सिमना हुँदै बग्ने ग्वाङ खोलामा पौडी खेल्न गएका एक १६ वर्षका बालकको खड्कुले दहको पानीमा डुबेर मृत्यु भएको हो । गोलन्जोर गाउँपालिका ७ खुर्कोटका प्रदिप देबकोटाका छोरा कमलामाई नगरपालिका ७ बुद्धनगर स्थित मामा घरमा बसी शिद्धबाबा बोर्डिङ्ग स्कुल स्थित कक्षा ९ मा अध्ययनरत १६ वर्षका प्रतिक देबकोटाको बुधबार दिउँसो पानीमा डुबेर मृत्यु भएको हो । बुधबार विद्यालय बन्द हुँदा साथीहरुसंग पौडीखेल्न गएको बेला देबकोटा दहमा डुबेका थिए । उनी दहमा डुबी घाईते हुँदा तत्काल उद्धार गरी उपचारका लगी सिन्धुली अस्पताल पु¥याइएको…
Read More
गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ हजार ४ सय बढी सेवा प्रबाह गरिएको छ । गाउँपालिकाको १ देखि ७ सम्मकै सबै वडामा आयोजित एकिकृत घुम्ती शिविरमा विभिन्न सातवटा सेवा तर्फ २ हजार ४ सय २० सेवा प्रबाह भएको गाउँपालिकाले जनाएको छ । बैशाख १० गते बुधबारबाट सुरु भएको एकिकृत घुम्ती शिविरमा जेष्ठ नागरिक परिचय–पत्र वितरण, स्वास्थ्य परिक्षण, व्यवसाय दर्ता तथा नविकरण, सामाजिक सुरक्षा भत्ता वितरण, बायोमेट्रिक रुजु र व्यक्तिगत घटना दर्ता, कृषि तथा पशुपन्छी सम्बन्धी सेवा, राजश्व संकलन र वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका…
Read More
स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा घ्याङलेख प्रथम

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा घ्याङलेख प्रथम

सिन्धुली  । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनको सुचकहरुमा सिन्धुलीको घ्याङलेख गाउँपालिका प्रथम भएको छ । सिन्धुली जिल्लाका दुई नगरपालिका सहित नौं वटा पालिकाहरु मध्ये घ्याङलेख गाउँपालिका प्रथम भएको हो । उक्त पालिका बागमती प्रदेशका सबै स्थानीय तहहरुको मुल्यांकनमा तेस्रो भएको छ । नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सार्वजनिक भएको स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनको सुचकहरुमा ९६ दशमलव ५ प्रतिसत अंक प्राप्त गर्दै घ्याङलेख गाउँपालिका जिल्लामा प्रथम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले जानकारी दिए । यो अंक जिल्लाको अन्य पालिकाको तुलनामा सर्वात्कृष्ट हो । ‘स्थानीय तहले गरेका कार्यहरु तोकिएको समय सिमा भित्र आवश्यक कागजातहरु…
Read More