काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विभेद, हिंसाको अन्त्य गर्नका निम्ति बालिकाहरूलाई विद्यालय तहमै सेल्फ डिफेन्सको प्रशिक्षणरतालिम दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला अधिकार दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भमा दलित महिला संघ ९फेडोले० आयोजना गरेको अन्तरजातीय विवाहले दलित तथा महिलालाई पारेको असर अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ‘महिलाहरूका निम्ति ‘सेल्फ डिफेन्स’ तालिमरप्रशिक्षणहरू पनि सञ्चालन गर्न आवश्यक छ । सबै बालिकाहरूका निम्ति स्कुल तहमै सेल्फ डिफेन्सका तालिमहरू सञ्चालन गर्नुपर्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘विभेदको अन्य गर्न, हिंसाको अन्त्य गर्न स्कुल तहमै सेल्फ डिफेन्स तालिमहरू दिनुपर्छ ।’ कतिपय ऐन,…
मरिण । सिन्धुलीको मरिण गाउँपालिकामा ग्रामेन्ट उद्योग स्थापना गरिने भएको छ । गाउँपालिकाका गृहिणी महिलाहरुको सहभागितामा गाउँपालिकाले ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागेको हो । मरिण गाउँपालिका ५ बढीमुहानमा बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको समन्वयमा पहिलो पटक गृहिणी महिला सशक्तिकरण कार्यक्रम सुरु भएसंगै ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागिएको हो । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रम अनुसार सिन्धुलीको मरिण गाउँपालिका ५ बढीमुहानमा एक महिने सिलाई कटाई तालिम लिएका गृहिणी महिलाहरुबाट उक्त ग्रामेन्ट उद्योग संचालन गर्ने तयारी गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले जानकारी दिनुभयो । यसका लागि गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत बढीमुहानका २५ जना गृहिणीहरुलाई एक…
सिन्धुली । विश्व वातावरण दिवसको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारमा रहेको चन्द्रमुखी बहुउद्देश्यीय टोल विकास संस्थाले टोललाई सुन्दर र प्लाष्टिक रहित बनाउनका लागि टोल सौन्दर्य अभियानको सुभारम्भ गरेको छ । टोलका सबै चोक र घर आँगनलाई हरियाली, सुन्दर र सफा बनाउँन उक्त अभियानको सुभारम्भ गरिएको हो । कमलामाई नगरपालिकाका कार्यवाहक मेयर मञ्जु देवकोटा र प्रमुख जिल्ला अधिकारी भरत खनालले संयुक्त रुपमा गमलामा फूल रोपेर अभियानको सुरुवात गरेका हुन् । अभियान अन्तरगत टोल विकास भित्रको चोकमा २६ वटा गमलामा फूल रोपिएको छ । यो टोल विकास संस्थाले टोल भित्रका प्रत्येक घरलाई १० वटाका दरले एक हजार एक सय वटा…
सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । बिहिबार तिनपाटन गाउँपालिका २ भिमस्थान चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका तिनपाटन गाउँपालिका १ चिसापानीका ४५ का नबराज काफ्लेलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको सिन्धुली प्रहरीले जनाएको छ । भिमस्थानबाट बेलघारी तर्फ आउदै गरेको प्रदेस २–०३–००१ त ५५२६ नम्बरको ट्याक्टरले बिपरित दिशा तर्फ जादै गरेको प्रदेस २–०२–००५ प ४७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा काफ्ले गम्भिर घाईत भएका थिए । उनको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि फिस्टेलएयरको हेलिकप्टरद्धारा नेपाल मेडिसिटी अस्पताल सिन्धुलीका प्रहरी प्रमुख गोविन्द काफ्लेले जानकारी दिए ।…
सिन्धुली । बीपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार २५ जना यात्रु घाईते भएका छन । महोत्तरीको बर्दीबासबाट काठमाडौं तर्फ जाँदै गरेको ००१–०१–१७३२ नम्बरको पर्यटकीय बस दुर्घटना भएको हो । बसमा ग्लोबल आईएमी बैंकका कर्मचारी रहेको गोलन्जोर गाउँपालिका ७ सिन्धुलीका वडा अध्यक्ष रेगनराज थापाले जानकारी दिए । उनिहरू बैंकको तालिममा सहभागी भएर बर्दीबासबाट फर्कदै थिए । घुमउरो सडकमा विपरीत दिशाबाट आएको स्कुटरलाई जोगाउँन खोज्दा दुर्घटना भएको अनुमान गरीएको छ । घाईतेको उद्धारकार्य जारी छ । दुर्घटनाका घाईतेको खुर्कोट स्थित शुभजिवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचारका लागी पठाईएको छ…
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर अशोक राईको नेतृत्व जसपा गठन भएको छ । सो जसपालाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ । त्यो मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले सर्वोच्चमा आजै रिट दायर गर्न लागेको पार्टी निकट एक अधिवक्ताले बताए । उनले भने, ‘सबै तयारी पुरा भएको छ, अब दर्ता गराउन मात्र बाँकी छ, सम्भवतः आजै रिट दायर हुन्छ । हाल संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा निर्वाचन आयोगले अवैधानिक रुपमा दल दर्ता गरेको आरोप जसपा…
काठमाडौं : प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएको बताएको छ। आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री र कांग्रेसका शीर्ष नेताको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीको विषयमा पार्टी रवि लामिछानेमाथि उठाएका मुद्दामा छानबिन समिति बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको जानकारी दिए। लेखकले प्रधानमन्त्रीसँग आफूहरूले पूर्ववत अडान यथावत् राखेको बताए। उनले भने,‘हामीले सहकारी ठगीका सन्दर्भमा संसदमा कुरा उठाउँदै आएका छौं, संसदीय छानबिन समिति गठन गर्नु्पर्छ भनेर हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ, सकारात्मक कुरा नै छ।’ लेखकले सोमबार बस्ने कांग्रेसको संसदीय दलको बैठकले थप निर्णय गरेर अगाडि बढ्ने बताए। सरकार…
काठमाडौं : प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन्। चौधौं राष्ट्रिय नर्सिङ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका हुन्। नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज,नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,ुप्रधानमन्त्री प्रचण्डले भेन,ुउत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ । पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताए। नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना…
वीरगन्ज : वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल लिएर भारत भाग्दै गरेका दुई जना चोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका २० वर्षीय शेख गुफरान र शेख असरफ छन्। प्रहरीका अनुसार गत मंगलबार छपकैयाका अब्दूल कौशर आलमले ना६प ५४७५ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको अवस्थामा चोरी भएको थियो। चोरी भएको उक्त मोटरसाइकल वडा प्रहरी कार्यालय वीर्ताले खोजी गर्ने क्रममा शुक्रबार शेखद्वयले चोरीको मोटरसाइकल लिएर वीरगन्ज(रक्सौल नाकाको मितेरी पुल हुँदै भारत जाँदै गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए। चोरीको मोटरसाइकलसहित उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी गरिएका इरिक्साको चार्जर १…
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन सुरुङ मार्गको आज ‘ब्रेक थ्रु’ गरिदै छ । मध्य तराईका पाँच जिल्लामा सिँचाई र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण थालिएको १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ९९ दशमलव ९९ प्रतिसत काम सम्पन्न भएपछि आज ब्रेक थ्रु गर्न लागिएको हो । १३ दशमलव ३ किलोमिटर लामो सुरुङको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहका विच ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय भएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । आयोजनाको १३ दशमलव तीन किलोमिटर मध्ये ९९ दशमलव ९९ प्रतिशत सुरुङ निर्माण सम्पन्न भएपछि सुनकोसी गाउँपालिका ७ कानढुंग्री स्थित सुनकोसी नदि किनारामा प्रधानमन्त्री…