Skip to main content

Sindhul Dainik

समाचार

कोसी सरकार निर्माणमा राप्रपा तटस्थ बस्ने

कोसी सरकार निर्माणमा राप्रपा तटस्थ बस्ने

् काठमाडौँ, २६ असोज । कोसी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ । शुक्रवार बिहान बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा कोसी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेतलगायतका विषयमा निर्णय लिन उक्त बैठक बसेको थियो । सो बैठक पछि कोसी सरकार निर्माणका बारेमा सो बैठकले आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए । ‘आवश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले चाहिँ भने कोसी सरकारका बारेमा तटस्थ बस्ने निर्णय…
Read More
कोसी काँग्रेसमा किचलो बढ्यो, शेखर समूहलाई कारबाही गर्न बैठक बोलाइयो

कोसी काँग्रेसमा किचलो बढ्यो, शेखर समूहलाई कारबाही गर्न बैठक बोलाइयो

काठमाडौैं, २६ असोज । कोसी प्रदेशमा नेपाली काँग्रेस भित्र किचलो थप बढेको छ । कोसी सरकार निमार्णको सवालमा नेपाली काँग्रेसको एउटा समूहले विद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन् । कोसी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरे पछि काँग्रेसमा किचलो देखिएको हो । कार्की समूहले गरेको विद्रोहका बारेमा निर्णय लिनका लागि काँग्रेस संसदीय दलको बैठक आज बोलाइएको छ । बिहान ११ बजे देखी सुरु हुने उक्त बैठकले कार्की समूहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाइएको छ ।…
Read More
सत्ता गठबन्धन विवाद सहित कोसीमा मुख्यमन्त्री आज टुङ्गो लाग्दै

सत्ता गठबन्धन विवाद सहित कोसीमा मुख्यमन्त्री आज टुङ्गो लाग्दै

विराटनगर, २६ असोज । कोसी प्रदेशका मुख्यमन्त्री आज टुङ्गो लाग्दै छ । कोसी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेसका विद्रोही समूहका केदार कार्की दुवैले गरेको दाबीमा आज टुङ्गो लाग्ने भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुङ्गो लगाउने छन् । माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली काँग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने काँग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित काँग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन्…
Read More
जीतपुर-सिमराका पूर्व मेयरको मृत्यु ‘रहस्यमय’

जीतपुर-सिमराका पूर्व मेयरको मृत्यु ‘रहस्यमय’

निजगढ, २६ असोज । जितपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका पूर्व मेयर पौडेल बिहीबार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले पूर्व मेयर पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताए । उनका अनुसार सो बारेमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार घरमा घोप्टो परेको अवस्थामा उनी घरमा फेला परेका थिए, जतिखेर उनको मृत्यु भइसकेको थियो ।
Read More
भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार

भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार

बारा, २६ असोज । भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्धार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो। भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्य व्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए। सोही क्रममा भारतीय युवक पालबाट बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो। गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरी ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए।…
Read More
भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानेले मागे जवाफ

भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानेले मागे जवाफ

    काठमाडौं, २५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमि गुन्जीको भ्रमणबारे नेपाल सरकारसँग जवाफ मागेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भारतीय मोदीको गुन्जी भ्रमणबारे ध्यानाकर्षण गराउँदै नेपाल सरकारसँग जवाफ मागेका हुन् । मोदीको गुन्जी भ्रमणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने उनको माग छ । ‘म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भूमिमा, छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम…
Read More
डेंगु सङ्क्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना

डेंगु सङ्क्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना

  काठमाडौँ, २५ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधवार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन् । निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ ।
Read More
इजरायलबाट २५४ विद्यार्थी आज नेपाल ल्याइँदै

इजरायलबाट २५४ विद्यार्थी आज नेपाल ल्याइँदै

  काठमाडौँ, २५ असोज । इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिवादी समूह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन । इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गए राति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली विद्यार्थीसहित युद्धमा घाइतेहरूलाई नेपाल ल्याउँदै छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरूलाई लिन गएको विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।
Read More
सुन तस्करी प्रकरण : राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर

सुन तस्करी प्रकरण : राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर

  काठमाडौँ, २४ असोज । सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर गरेको छ । इलेक्ट्रिक चुरोट (भेप)भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चार जना विरुद्ध बुधवार मुद्दा दायर गरेको हो । चार जना प्रतिवादीमध्ये तीन जना पक्राउ परेका छन् भने एक जना फरार छन् । पक्राउ परेका प्रतिवादीहरूमा  राहुल, काठमाडौँको नागार्जुन लोकेन्द्रकुमार पौडेल र  बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरुङ फरार छन्।   उनीहरू विरुद्ध  आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।
Read More
तामाङ र नेवारी (नेपाल भाषा) अब बाग्मती प्रदेशको सरकारी कामकाजीको भाषा

तामाङ र नेवारी (नेपाल भाषा) अब बाग्मती प्रदेशको सरकारी कामकाजीको भाषा

मकवानपुर, २४ असोज । बाग्मती प्रदेशमा नेवारी (नेपाल भाषा) तथा तामाङ भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाएको छ । मङ्गलवार बसेको प्रदेशसभा बैठकले नेपालीसहित नेवारी (नेपाल भाषा) र तामाङ भाषाले सरकारी कामकाजीको भाषा मान्यता पाउने गरी विधेयक पारित गरेका हुन । यो प्रदेशमा तामाङ र नेवार समुदायको बाक्लो बसोबास रहेको छ, जसअनुसार बागमती प्रदेश सरकारले सो दुई भाषालाई सरकारी कामकाज बनाउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो, जसलाई हिजो पारित गरे सँगै अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाएका हुन ।
Read More