Sindhul Dainik

समाचार

प्रतिनिधिसभा बैठक बस्दै, बिधुत विधेयक पेस गरिने

प्रतिनिधिसभा बैठक बस्दै, बिधुत विधेयक पेस गरिने

काठमाडौँ, १८ असोज । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत विधेयक २०८० पेस गर्नेछन् । सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पूर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
Read More
एमसीसीमा लागत भन्दा बढी मूल्यको ठेक्का प्रस्तावले समस्या: अर्थमन्त्री

एमसीसीमा लागत भन्दा बढी मूल्यको ठेक्का प्रस्तावले समस्या: अर्थमन्त्री

  काठमाडौँ, १८ असोज । अर्थमन्त्री डा. प्रकाश शरण महतले एमसिसी परियोजना नेपालको विकासका लागि महत्त्वपूर्ण परियोजना रहेको बताएका छन् ।   मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको शुभारम्भ उत्सवमा बोल्दै मन्त्री महतले भने,  ‘यो आयोजनामार्फत विद्युत् आयात निर्यातका लागि ट्रान्समिसन लाइन निर्माण र प्रविधियुक्त सडक निर्माण हुनेछ । विशेषतः विद्युत् व्यापारका लागि ट्रान्समिसन लाइन हाम्रा लागि महत्त्वपूर्ण छ । यो विभिन्न मन्त्रालयसँग जोडिएको छ । मन्त्रीहरू बोर्ड सदस्य हुनुहुन्छ, उहाँहरूले पनि यसलाई गम्भीरताका साथ लिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’ एमसिसी अमेरिकी सरकारले सञ्चालन गरेको अनुदानको आयोजना मात्र नभएर लगानीको हिसाबले पनि नेपाल सरकारको पनि ठुलो योगदान रहने…
Read More
सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

    काठमाडौँ, १७ असोज । भेपमार्फत् ९ सुन तस्करी प्रकरणमा एक जना थप एक जना पक्राउ परेका छन् । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
Read More
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

विराटनगर, १७ असोज । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रवार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् ।   कार्य व्यवस्था परामर्श समितिको बैठकमा  उनले १९ असोज शुक्रवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल भएको छ ।   २२ भदौमा प्रदेशसभाको ठुलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।
Read More
धादिङमा ट्रकको ठक्करबाट दुई बिथार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

धादिङमा ट्रकको ठक्करबाट दुई बिथार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

धादिङ, १७ असोज । ट्रकको ठक्करबाट धादिङमा दुई विद्यार्थीको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्के खोलामा आज बिहान ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार ट्रकको ठक्करबाट दुवै विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको हो । उनका अनुसार ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका आफन्तले यतिखेर पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका छन् । काठमाण्डौमा समान पुराएर मुस्लिनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख  ६४१३ नम्बरको ट्रकले उनीहरूलाई आज बिहान ठक्कर दिएको प्रहरीले जनाएको छ । धादिङ प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका– ६ का…
Read More
तस्करीको अखडा बन्दै सिराहा, एक हप्तामा दुई करोडको कपडा बरामद

तस्करीको अखडा बन्दै सिराहा, एक हप्तामा दुई करोडको कपडा बरामद

मुकेश कुमार यादव सिराहा १६ असोज । पछिल्लो समय सिराहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ। आन्तरिक राजश्व विभागले निरन्तर रूपमा ठुलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा व्यापक तस्करी भइरहेको स्थानीयले बताएका छन् । जिल्लाको ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौँ स्थानमा प्रहरी विट र त्यसमार्फत सयौँ प्रहरी परिचालित छन् तर सीमा क्षेत्रमा दिनरात प्रहरी परिचालन गरिएको भए पनि तस्करी भने कुनै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो एक सातामा मात्र राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिराहाबाट २ करोडभन्दा बढीको तस्करीका कपडाहरू बरामद गरेको छ । राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न…
Read More
आजको मौसम: पाँच प्रदेशमा भारी वर्षा हुने

आजको मौसम: पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ, १७ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कोसी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…
Read More
भूकम्पपछिको पहिरोमा परेर बझाङकी एक महिला बेपत्ता

भूकम्पपछिको पहिरोमा परेर बझाङकी एक महिला बेपत्ता

धनगढी, १६ असोज । बझाङकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखलीकी एक महिला बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ४० वर्षीय गुनमति धामी टिमुर टिप्न जङ्गल गएकी थिइन्। उनी घर नफर्किएपछि खोजी गर्दा उनी रहेको भू–भागमा पहिरो गएको छ। धामीको अवस्था अज्ञात रहेको छ। भूकम्पपछिको पहिरोमा परेर धामी बेपत्ता भएकी हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उक्त क्षेत्रमा खोजीका लागि प्रहरी परिचालन गरिएको छ। मङ्गलवार दिउँसो ६ दशमलव ३ म्याग्निटिउडको भूकम्प गएको थियो। जिल्लामा भूकम्पका कारण १३ जना घाइते भएका छन्। बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ। जयपृथ्वी…
Read More
दसैँको टिकाको शुभ साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​

दसैँको टिकाको शुभ साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​

काठमाडौँ, १६ असोज । पञ्चाङ्ग निर्णायक समितिले दसैँको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ।​ पञ्चाङ्ग निर्णायक समितिले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैँको शुभ साइत सार्वजनिक गरेको हो।​​ घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने उल्लेख छ।
Read More
महिलाको हत्या अभियोगमा  तीन जना पक्राउ

महिलाको हत्या अभियोगमा तीन जना पक्राउ

  पर्सा, १६ असोज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी ५६ वर्षीय कान्तिदेवी विनको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत असोज १ गते रातको पौने १२ बजेतिर कान्तिको घरमै घाँटी रेटी रड प्रहार गरेर हत्या गरेको अवस्थामा विनको शव फेला परेको थियो। उनको हत्या अभियोगमा स्थानीय तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मृतकका देवर पर्ने ३६ वर्षीय लालबाबु राउत विन, जेठाजु पर्ने ५६ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिरिका राउत विन रहेको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। पर्सा प्रहरीका अनुसार वैदेशिक रोजगारीमा रहेका मृतक कान्तिका छोराले पठाउँदै आएको रकम चोरी गर्ने उद्देश्यले…
Read More