बारा, २६ असोज । भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्धार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो। भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्य व्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए। सोही क्रममा भारतीय युवक पालबाट बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो। गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरी ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए।…
काठमाडौं, २५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमि गुन्जीको भ्रमणबारे नेपाल सरकारसँग जवाफ मागेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भारतीय मोदीको गुन्जी भ्रमणबारे ध्यानाकर्षण गराउँदै नेपाल सरकारसँग जवाफ मागेका हुन् । मोदीको गुन्जी भ्रमणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने उनको माग छ । ‘म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भूमिमा, छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम…
काठमाडौँ, २५ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधवार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन् । निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ ।
काठमाडौँ, २५ असोज । इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिवादी समूह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन । इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गए राति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली विद्यार्थीसहित युद्धमा घाइतेहरूलाई नेपाल ल्याउँदै छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरूलाई लिन गएको विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।
काठमाडौँ, २४ असोज । सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा राहुल महरासहित चार जना विरुद्ध मुद्दा दायर गरेको छ । इलेक्ट्रिक चुरोट (भेप)भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चार जना विरुद्ध बुधवार मुद्दा दायर गरेको हो । चार जना प्रतिवादीमध्ये तीन जना पक्राउ परेका छन् भने एक जना फरार छन् । पक्राउ परेका प्रतिवादीहरूमा राहुल, काठमाडौँको नागार्जुन लोकेन्द्रकुमार पौडेल र बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरुङ फरार छन्। उनीहरू विरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।
मकवानपुर, २४ असोज । बाग्मती प्रदेशमा नेवारी (नेपाल भाषा) तथा तामाङ भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाएको छ । मङ्गलवार बसेको प्रदेशसभा बैठकले नेपालीसहित नेवारी (नेपाल भाषा) र तामाङ भाषाले सरकारी कामकाजीको भाषा मान्यता पाउने गरी विधेयक पारित गरेका हुन । यो प्रदेशमा तामाङ र नेवार समुदायको बाक्लो बसोबास रहेको छ, जसअनुसार बागमती प्रदेश सरकारले सो दुई भाषालाई सरकारी कामकाज बनाउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो, जसलाई हिजो पारित गरे सँगै अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाएका हुन ।
काठमाडौँ, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूमाथि कालो मोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाएका छन्। प्रसाईँले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालो मोसो दलेका थिए। प्रसाईँले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन्। आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ छ। देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रङ्ग-पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनको आरोप छ। प्रसाईँ आफैँले गत वर्ष फागुनमा बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालो मोसो दल्ने…
धनगढी, २१ असोज । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले 'भीम रावल जिन्दाबाद' भन्दै नारा लगाएका छन् । ओली बोल्ने क्रममा फ्लोरबाट 'भीम रावल जिन्दाबाद' भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागीले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लगेका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरू’ भन्दै धम्काउने प्रयास गरेका थिए । त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षमा गर्ने र काममा फर्काउन सकिने बताए । तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । अध्यक्ष ओलीले…
काठमाडौँ, आश्विन २० । दक्षिणतर्फबाट कुनै बाबा आयो भने आँखा चिम्लेर दौडिहाल्ने नेपाली संस्कृति बढ्दै गएको छ । त्यो दौडमा नेता, मन्त्री देखि लिएर अत्यधिक सर्वसाधारण पनि समावेश हुने गर्दछन् । ‘त्यस प्रकारका बाबाहरूको चटकी पाखण्डीपन बाहेक अरू केही नभएको’ बताउँछन् भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक । आश्विन २० गते शनिवार, नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार ग्रहण गर्न काठमाडौँ आएका अभियन्ता नायकले ‘आफ्नो अरबौँ रुपैयाँको सम्पत्ति पुरस्कार घोषणा गरेको’ बताउँछन सोच नेपालका उत्तम निरौला । ‘साईबाबा, श्री रविशंकर, रामदेव लगायत कुनै बाबाले आफ्नो चटकी अथवा कुनै अलौकिक सत्ता प्रमाणित गरेमा त्यो पुरस्कार पाइने रहेछ । भारतको अतिवादी…
काठमाडौँ, आश्विन २० । 'अन्धविश्वासका विरुद्ध सङ्घर्ष गर्दा कार्ल मार्क्स पनि एक्लै थिए’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले भने,- ‘त्यस प्रकारको सङ्घर्षमा लाग्दा उनले आफ्नो देशको नागरिकता समेत त्याग्नुपरेको थियो तर पनि अन्तमा जित, सत्य र न्यायको नै भयो ।’ आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता के.सी.ले ‘मानव जातीको ठुलो सङ्ख्या, अन्धविश्वासमा लागेको र त्यसको फाइदा केही टाठा बाठाले ग्रहण गरेको’ बताउँदै, – ‘वैज्ञानिक दृष्टिकोणको लागि निरन्तर लागिरहनुपर्ने’ भने । अन्धविश्वास कुरीति एवम् कुसंस्कारका विरुद्ध वैज्ञानिक र मानवतावादी चेतनाका पक्षमा क्रियाशील रहेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह ‘वंश रत्न मानवतावादी…