सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ११ आँप घाटमा नयाँ लघु उद्यमी समुहका सहभागीहरूको लागि एक दिने लघु कर्जामा पहुँच तथा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रमको आयोजना गरिएको छ । कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखा मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षीक कार्यक्रम अनुसार नयाँ लघु उद्यमी समुहका सहभागीहरूको लागि एक दिने लघु कर्जा मा पहुँच तथा वित्तिय साक्षरता सम्बन्धी अभिमुखी कार्यक्रमको आयोजना गरिएको हो । बिहिबार कमलामाई नगरपालिका ११ नम्बरका वडा अध्यक्ष राम बहादुर थिङको अध्यक्षतामा उक्त कार्यक्रमको अयोजना गरिएको हो । कार्यक्रममा वडा सदस्यहरु, राष्ट्रिय बणिज्य बैकंका ऋण अधिकृत…
काठमाडौँ । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाएको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ । बैठकले परिषद्लाई थप व्यवस्थित गर्नका निम्ति डिजिटलाइजेशनमा लैजाने प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशमा लैजान यसअघि…
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा कार्यरत नगर प्रहरीहरुलाई सेवा सम्बन्धी पुनर्ताजगी तालिम दिइएको छ । बिहीबार कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षता तथा उपप्रमुख मन्जु देवकोटा र प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको समेतक उपस्थितिमा नगर प्रहरीहरुलाई प्रशिक्षण सुरु गरिएको हो । उक्त कार्यक्रममा कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले सुरक्षा अवधारणा तथा नगर प्रहरीको काम, कर्तव्य र अधिकारका विषयमा सहभागी नगर प्रहरीहरूलाई प्रशिक्षण दिएका छन । नगरका लेखा अधिकृत टेकेन्द्र कुमार कार्कीले राजस्व संकलन र व्यवस्थापनमा नगर प्रहरीको भूमिका विषयमा जानकारी दिएका थिए भने प्रहरी नायव निरिक्षक प्रकाश भण्डारीले नगरप्रहरीको शारिरिक तथा मानशिक तन्दुरुस्तीका विषयमा…
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनकोशी गाँउ कमिटीले सुनकोसी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले सुनकोसी गाउँ कमिटिले बिहिबार गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल लगायत गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलाई सामुहिक रुपमा ध्यानाकर्षण पत्र बुझाएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ल्याउने बजेटमा सामबेश गर्नुपर्ने विभिन्न शिर्षकका कार्यक्रम तथा योजनाहरु सहितको ध्यानाकर्षण गराइएको नेकपा एमाले सुनकोशी गाउँ कमिटिका अध्यक्ष गोरख खड्काले जानकारी दिए । ध्यानाकर्षण पत्रमा स्वास्थ्य, शिक्षा, कृषि, वन तथा वातावरण, पर्यटन, भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, रोजगार लगायतका शिर्षकमा गाउँपालिकाको भुगोल, त्यहाँको आवश्यकता अनुसारको कार्यक्रम र बजेट व्यवस्थापन गर्न माग गरिएको छ । समृद्ध…
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा भएको घोषणा गरिएको हो । विद्यालय भन्दा बाहिर रहेका नगरका चार देखी १३ वर्ष उमेर समुहका दुई सय ८१ जना र विशेष आवश्यकता भएका २६ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएपछि नगरलाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएको पालिकाको रुपमा घोषणा गरिएको हो । यो संगै अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा पालिका मध्ये कमलामाई दोस्रो भएको छ । यस अघि गत जेठ ३० गतेका दिन जिल्लाको मरिण गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको थियो । जिल्लामा दुई नगरपालिका…
सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिले व्यावसायिकरुपमा कृषि व्यवसाय गर्दै आएका कृषकहरुलाई कृषियन्त्र उपहार स्वरुप प्रदान गरेको छ । गाउँपालिकाको वार्षीक कार्यक्रम अनुसार पालिकाका १७ जना अगुवा कृषकहरुलाई कृषि सामाग्री मिनि पावर टेलर प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाका अनुसार तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपाल सिन्धुलीको सहजिकरणमा गाउँपालिकाका विभिन्न वडाका १७ जना कृषकहरुलाई ५० प्रतिसत अनुदानमा कृषि यन्त्र प्रदान गरिएको हो । ‘तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल विच भएको समजदारी अनुसार पालिकामा गठन गरिएका कृषि समुहका सदस्यहरुलाई तरकारी खेती तथा कृषि प्रयोजनको लागि मिनि पावर टेलर प्रदान गरिएको…
सिन्धुली । महिला तथा किशोरी माथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने भन्ने ज्ञानका लागि सिन्धुलीको हरिहरपुरगढीका किशोरीहरु आत्मरक्षा तालिम लिन थालेका छन् । दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन र प्रतिरोध गर्नका लागि आत्मरक्षा तालिममा सहभागि भएको किशोरीहरुको भनाई छ । मंगलबारबाट सुरु भएको तालिममा हरिहरपुरगढीका विभिन्न विद्यालयका २५ बढी किशोरीहरु सहभागि छन् । उनिहरुलाई वागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय जिल्ला युवा समिति सिन्धुलीले तालिमको आयोजना गरेको हो । महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने…
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका १४ का तबल सिं राईले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई निशुल्क जग्गा प्रदान गरेका छन । उनले एमाले वडा कमिटिको भवन निर्माणका लागी दुधौली नगरपालिका १४ मा दश धुर जग्गा निशुल्क उपलब्ध गराएका हुन् । राईले पार्टी कार्यालय निर्माणका लागि दश धुर जग्गा मालपोत कार्यालय सिन्धुलीमा रजिष्ट्रेशन पास गराएर दिएका हुन् । उता पार्टीलाई नशिुल्क जग्गा उपलब्ध गराउने राईलाई नेकपा एमाले सिन्धुलीले सम्मान गरेको छ । बुधबार नेकपा एमाले सिन्धुलीले आजाद स्मृति भवनमा राईलाई दोशल्ला र सम्मान पत्रले सम्मान गरेको हो । नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले राईले पार्टी कार्यालयका लागि जग्गदान गरि कम्युनिस्ट आन्दोलनमा…
सिन्धुली । लेदो सहितको पहिरो खस्दा अबरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी संचालनमा आएको छ । मध्यपहाडी लोक मार्गको खुर्कोट –घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर १ कुँडुलेमा पहिरो खस्दा बुधबार बिहानदेखि अवरुद्ध लोकमार्ग दिउँसो बाट एकतर्फी संचालनमा आएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सडकमा खसेको पहिरो पन्छाएर झण्डै ८ घण्टापछि लोकमार्ग एकतर्फी संचालनमा ल्याएको हो । लगातार परेको वर्षाका कारण मध्य पहाडी लोकमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका ६ अक्करेभिर, वडा नम्बर ३ को काली आँप डाँडा, फिक्कल गाउँपालिका २ सुम्नामबेसीमा समेत पहिरो खस्दा सडक अबरुद्ध भएको थियो । अबरुद्ध भएको तिनै स्थानमा गोलन्जोर गाउँपालिका र यान्त्रिक कार्यालय मूलकोटको सहयोगमा एक्स्काभेटर…
सन्जिब दुलाल भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई काँग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, शिक्षा, स्वास्थ्य। सहकारीलगायतका १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाएपछि नगर समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस सूर्यविनायक नगर सभापति निशान ढुङ्गेलले नगरले गरेका राम्रा कामको प्रशंसा गर्दै नगरलाई व्यवस्थित गर्न र नगरवासीको सहज र सरल तरिकाले सेवा सुविधा प्राप्त गर्न पाउने अधिकारलाई ध्यानमा…