Sindhul Dainik

समाचार

शितल निवास र वालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा,सुरक्षा सर्तकता बढाइयो

शितल निवास र वालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा,सुरक्षा सर्तकता बढाइयो

मंसिर ६, काठमाडौं । मंसिर ७ गते अर्थात भोली युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले छुट्टाछुट्टै शक्ति प्रदर्शनको गर्ने तयारी गरिरहदा सरकारले बिभिन्न स्थानलाइ निषेधित क्षेत्र घोषणा गरिरहेको छ । सरकारले माइती घर, शितल निवास, पधानमन्त्रीको सरकारी निवास वालुवाटर, ललितपुरको पुलचोक स्थित मन्त्री क्वाटर जस्ता संभावित प्रर्दशन स्थान वरपरलाइ सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा भन्दै शितलनिवास र बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६…
Read More
विश्वकप फुटबलको छनोटमा अर्जेन्टिनासँग ब्राजिल पराजित

विश्वकप फुटबलको छनोटमा अर्जेन्टिनासँग ब्राजिल पराजित

मंसिर ६, काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले १–० को जित निकालेको हो । विश्वकप फुटबलको छनोटमा ब्राजिलको यो लगातार तेस्रो हार हो । उरुग्वे विरुद्धको खेलमा स्टार फरवार्ड नेयमार चोट बोकेर मैदान बाहिरिएपछि ब्राजिल तीनै वटा खेलमा पराजित बनेको छ । ब्राजिलले उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग लगातार तीन खेल हार ब्यहोरेको हो । तनावपूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ६३ औं मिनेटमा विजयी गोल गरेका थिए । कर्नरबाट प्राप्त बलमा उनले हडमार्फत गोल गर्न सफल भएका थिए । विश्वकप छनोटमा ब्राजिल पहिलो पटक घरेलु मैदानमा…
Read More
प्रतिबन्धित टिकटक अझै चलाइँदै, भिपिएन र डिएनएसबाट टिकटक नचलाउन प्रहरीको आग्रह

प्रतिबन्धित टिकटक अझै चलाइँदै, भिपिएन र डिएनएसबाट टिकटक नचलाउन प्रहरीको आग्रह

मंसिर ६, काठमाडौं । नेपालमा सरकारले टिकटक बन्द गरेको भएपनि नेपालीहरुले टिकटक चलाइरहेका छन् । सामाजिक सञ्जाल टिकटकबाट सकारात्मक भन्दा नकारात्मक सुचना धेरै फैलिएको, सामाजिक सद्भाव बिथोलिएको, किशोरकिशोरीहरु अनावश्यक लतमा फसेको लगाएत कारण देखाउदै नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयले टिकटकलाइ पूर्णरूपमा बन्देज गरेको थियो । तर सरकारले प्रतिबन्ध लगाएपनि युवाहरुले भिपिएन, डिएनएस जस्ता एपबाट नेपालमा टिकटक चलिरहेको छ । चर्चित टिकटकरहरुले टिकटकमाथीको प्रतिवन्ध खुलाउन आन्दोलन मात्र गरिरहेका छैनन्, यस्ता माध्यमबाट टिकटक कसरी चलाउँने भन्दै सामाजिक सञ्जालमा नै पोष्ट समेत गरिरहेका छन् । तर सरकारले भने यसरी अबैध तरिकाबाट टिकटक नचलाउन बारम्बार आग्रह गरिरहेको छ । टिकटक चलाउनका…
Read More
टिकटकमाथि प्रतिबन्ध गरिनुहुँदैन: आचार्य

टिकटकमाथि प्रतिबन्ध गरिनुहुँदैन: आचार्य

टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालहरूमाथि नियमन गर्नुपर्ने तर प्रतिबन्ध गर्नै नहुने भन्दै भन्दै वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले ट्विट जारी गरेका छन् । उनी लेख्छन्, 'सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको छ । म आफू टिकटकको प्रयोगकर्ता होइन। तर आमसञ्चार एवम् सामाजिक सञ्जालहरू संविधानले प्रत्याभूत गरेको फ्री स्पीचका सशक्त माध्यम हुन। फ्री स्पीचलाई भिन्न मतको स्वतन्त्रता मानिन्छ। यी स्वतन्त्रताहरू नियमन हुन सक्छन्, प्रतिबन्धित नै हुन सक्दैनन्।'
Read More
नेपालकी रुक्साना कपाली बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा

नेपालकी रुक्साना कपाली बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा

काठमाडौँ, ५ मङ्सिर । विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बिबिसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि परेकी छन् ।   प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बिबिसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको हो । रुक्साना कपालीले फरक लैङ्गिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् ।
Read More
अमेरिकी नौ सेनाको बिमान समुन्द्रमा डुब्यो

अमेरिकी नौ सेनाको बिमान समुन्द्रमा डुब्यो

मंसिर ५, वासिंगटन डिसी ।अमेरिकी नौसेनाको एउटा ठूलो विमान मरीन कोर्प्स बेस हवाईमा रनवे ओभरशुट गरेपछि कानोहे खाडीमा दुर्घटनाग्रस्त भएको छ । विमानमा नौ जना सवार रहेको र सबैजना सकुशल किनारमा पुगे पनि विमान भने समुन्द्रमा डुबेको छ । स्रोतका अनुसार घाइते सबैलाई सामान्य चोट लागेको छ । उनीहरु आफै पौडी खेलेर किनारमा पुगेका हुन् । यूएस मरीन कोर्प्सका प्रवक्ता गनरी सार्जेन्ट ओर्लान्डो पेरेजले समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई भने कि यो सैन्य निगरानीको लागि प्रयोग गरिएको टोही विमान हो। उक्त विमानको नाम बोइङ पी८ पोसाइडन हो । पी-८ पोसाइडन प्रायः पनडुब्बीहरू निगरानी र आक्रमण गर्न प्रयोग गरिन्छ। यस बाहेक यो…
Read More
विवश्वकप छनोटः कस्तो छ नेपाल र यमनबीचको हेड टू हेड ?

विवश्वकप छनोटः कस्तो छ नेपाल र यमनबीचको हेड टू हेड ?

मंसिर ५, काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ ।  नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो । नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो ।  सो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले…
Read More
बिदेशी मुद्राको बिनिमय दरः कति पुग्यो डलर र युरोको भाउ ?

बिदेशी मुद्राको बिनिमय दरः कति पुग्यो डलर र युरोको भाउ ?

मंसिर ५, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसामा कारोबारको अनुमति दिएको छ । गत सातासम्म युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर…
Read More
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हिमपातको सम्भावना

मंसिर ५, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी…
Read More
माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्र निषेधित घोषणा

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्र निषेधित घोषणा

मंसिर ४, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बस्नेतले पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरेका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतको आदेशमा उल्लेख छ ।
Read More