सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले आइतबार आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । सुनकोसीको दोस्रो गाँउसभाको १७ औं अधिबेशनको ३५ औं बैठकमा गाँउपालिकाको अध्यक्ष दाहालले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाले ‘कृषिमा आत्मर्भिर, गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई अगाडी बढाउँदै एक वडा एक उत्पादन कार्यक्रमलाई संचालन गरिने नीति लिएको छ । अग्र्यानिक तरकारी उत्पादन, जैविक विविधता, ‘घरमै रोजगार गोठमै ब्यापार’ कार्यक्रम संचालन गरी व्यावसायिक पशुपालनलाई प्रथाकिता दिइने…
सिन्धुली । नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीको चौथो पूर्ण बैठक जिल्लाको दुधौली नगरपालिकामा सुरु भएको छ । नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षता तथा नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको हो । दुधौली नगरपालिका ९ स्थित सभा हलमा आयोजित बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु गणेश पहाडी, मनोजजंग थापा, कमलाजंग राई, विषमलाल अधिकारी, उमा कोइराला, सुवास देबकोटा, निरुकुमारी कुवर लगायत केन्द्र, प्रदेश र जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा एमालेका जिल्ला कमिटि पदाधिकारी तथा सल्लाकार परिषद समिति, लेखा समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको छ । बैठकमा…
सिन्धुली । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेकपा माओवादी केन्द्र समेतको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । बिहिबार सिन्धुलीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गौतमले नेकपा माओवादी केन्द्र सहितको राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका हुन् । उनले भने, ‘संविधान संशोधनको विषय एमाले वा कांग्रेसको मात्र चाहेर सम्भावना छैन । यसका लागि सबैको साझा धारणा चाहिन्छ । नेकपा माओवादी केन्द्रले उठाएको प्रतक्ष निर्वाचित कार्यकारीको विषयमा समेत बहस गरेर साझा धारणा बनाएर सबैको साझा सहमतिका आधारमा संविधान संशोधन गरिन्छ ।’ पछिल्लो समय नेकपा माओवादीले संविधान संशोधन गर्दा समावेशी समानुपातीक सहभागिता सहित प्रतक्ष निर्वाचित कार्यकारीको…
सिन्धुली । ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन– तिन, २०२४ बाट उत्कृष्ट अवार्ड पाएसंगै मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको चर्चा चुलिएको छ । सुशासन तथा गुणस्तरीय सेवा प्रवाह गर्ने पालिकामध्ये देशैभरबाट पहिलो पालिका बनेपछि अध्यक्ष मोक्तानलाई ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन– तिन २०२४ वाट सम्मान गरिएको थियो । स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रवाह, वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९७ दमलव ५ अंक प्राप्त गरी न्यून वित्तीय जोखिम र स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा ९४ दशमलव ७५ अंक प्राप्त गरी मरिण देश भरका गाउँपालिका मध्येबाट उत्कृष्ट बनेको थियो । यो अवार्ड प्राप्त गरेसंगै अध्यक्ष मोक्तानलाई बधाईको ओइरो आउन थालेको छ । सोही क्रममा अध्यक्ष…
सिन्धुली । नेकपा माओवादी केन्द्र सिन्धुलीका जिल्ला कमिटि सदस्य नरबहादुर रजनमगर एमाले पार्टीमा प्रवेश गरेका छन् । बुधबार सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रमका विच रजनमगर एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र सिन्धुलीका नेता रजनमगरलाई एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको हातबाट टिका ग्रहण गर्दै एमालेमा प्रवेश गराइएको हो । रजनमगर माओवादी केन्द्र सिन्धुली जिल्ला कमिटी सदस्य तथा सहिद दलबहादुर रजनमगरको छोरा हुन् । यस्तै राप्रपा नेपाल पार्टीका फडिन्द्र बहादुर ठकुरी पनि एमाले प्रवेश गरेका छन् । तीनकन्याका ठकुरीले राप्रपा नेपाल परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमालेमा प्रवेश गराउँदै कार्यक्रमका प्रमुख अतिथि…
हेटौँडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रालयका सम्पूर्ण सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने बताएकी छिन् । मन्त्रालयको पहिलो वार्षिकोत्सवको अवसरमा मन्त्रालयको सेवासम्बन्धी जानकारीमूलक डिजिटल डिस्प्ले उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । उनले मन्त्रालयको कार्य जिम्मेवारी अनुरूप सम्पादन गर्नुपर्ने कार्यहरूलाई आर्थिक अनुशासन कायम गर्दै सर्वसाधारणले पाउनुपर्ने सेवा सुबिधा छिटो, छरितो एवम् प्रभावकारी र कुशलतापूर्वक सञ्चालन गर्न उत्साहजनक सहभागिता र सहयोगका लागि उनले कर्मचारीको प्रशंसा गरिन् । व्यापार र उद्योगको क्षेत्रमा, व्यापार सम्बन्धि नीति, कार्यक्रम, कानुन, मापदण्ड, योजना तर्जुमा र कार्यान्वयनका लागि प्रचलित ऐन नियमको परिधिमा रही मन्त्रालय र अन्तर्गत कार्यालयहरूमा कार्यरत जनशक्तिबाट संरचनागत…
सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका ११ लवाहमा ३५ जनाले कांग्रेस र एमाले परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य राजन दाहालले नवप्रवेशीहरुलाई माओवादी केन्द्रमा स्वागत गर्नु भएको छ । नेकपा माओवादी केन्द्रका स्थानीय नेता अनिल दियालीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गर्ने स्थानीय नेताहरुलाई माननिय दाहालले अविर र खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका कार्यालय सचिव रामजी काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार नेपाली कांग्रेस र एमाले पार्टी परित्याग गर्दै माओवादी…
२४ साउन, सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा युवा संघ सिन्धुलीले नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनका जिल्ला अध्यक्ष अरुण कुमार पाख्रीनको अध्यक्षता तथा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष पुष्पराज श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य प्रदिप कटुवाल, नेकपा एमाले जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, जिल्ला पार्टी पदाधिकारी, नेता, कार्यकर्ता, बुद्दिजिवी, शुभचिन्तक, युवा, विद्यार्थी , महिला, कर्मचारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । जिल्लामा रगत अभावका कारण कसैले अनाहकमा ज्यान गुमाउनु नपरोस तथा अत्यावश्यक रगतको कमि नहोस भन्ने हेतुले…
सिन्धुली । कमलामाई नगरपालिकाले गरेको सरकारी विद्यालयमा पढाउनु पर्ने नियम अव लागू नहुने भएको छ । सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने कमलामाई नगरपालिकाको निर्णयमा ठेस लागेको छ । अव यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनमा परेको रिट माथिको आज भएको सुनुवाईमा रिट जारी हुने फैसला भएको हो । यो सँगै नगरपालिकाको आदेश कार्यान्वयन नहुने अधिबक्ता लोकहरि आचार्यले बताउनु भयो । नगरपालिकाले शैक्षिक सत्र २०८१ देखि अनिवार्य रुपमा सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा नपढाए कार्वाही हुने भन्दै सूचना जारी गरेको थियो । आज भएको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। संसद बैठक सकिएलगत्तै प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न महाराजगन्ज पुगेका हुन्। माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे राष्ट्रपति पौडेललाई रिपोर्टिङ गर्ने बताए। संविधानको धारा ७६९३० बमोजिम सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिने उनको भनाइ छ। ुप्रधानमन्त्रीजी राष्ट्रपतिकहाँ जानुभएको छ। उहाँले राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गर्नुहुन्छ। संवैधानिक व्यवस्था जे छ, त्यहीअनुसार सरकार गठन आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्नुहुन्छ। हामीलाई आशा छ, राष्ट्रपतिले संविधान मिच्नुहुन्न,ु उनले भने। प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका थिए। विश्वासको मतको पक्षमा ६३ मत मात्रै खसेको थियो। विपक्षमा…