Sindhul Dainik

राजनीति

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, सुमना श्रेष्ठ सहित ३ जना सहमहामन्त्री

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, सुमना श्रेष्ठ सहित ३ जना सहमहामन्त्री

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् । यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्ले सहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् ।
Read More
११ माघमा राष्ट्रिय सभाको निर्वाचन

११ माघमा राष्ट्रिय सभाको निर्वाचन

१३ मंसिर,काठमाडौं । राष्ट्रिय सभाको रिक्त हुने सदस्य चयनका लागि आगामी ११ माघमा निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा रिक्त हुने सदस्य पदका लागि आगामी ११ माघमा निर्वाचन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार निर्वाचन आयोगले दिएको परामर्शका आधारमा राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदै छ ।
Read More
कांग्रेस पदाधिकारी बैठक बुधबारका लागि आह्वान

कांग्रेस पदाधिकारी बैठक बुधबारका लागि आह्वान

१२ मङ्सिर, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बैठक बुधबार दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी बोलाएको हो। बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ। कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ।
Read More
कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने

कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने

१२ मङ्सिर, काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशको सम्मेलन आगामी पुस ५ र ६ गते हुने भएको छ। जनकपुरमा आज बसेको कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठकले पुस ५ र ६ गते पार्टीको प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेस मधेस प्रदेशले जनाएको छ। बैठकले सम्मेलनका लागि समितिहरू गठन गर्ने निर्णय गरेको छ। मधेस प्रदेश सम्मेलनमा राजनीतिक सांगठनिक/आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसममितिहरू गठन गर्ने निर्णय भएको छ।
Read More
रास्वपाको बैठकमा मंगलबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

रास्वपाको बैठकमा मंगलबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

११ मङ्सिर, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आजबाट सुरु भएको छ। बैठक आज दिउँसो १२:३० बजेबाट सुरु भएको हो। आजको बैठकमा केन्द्रीय सदस्यहरू, सांसदहरू, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपा मधेश प्रदेश सभापति र महामन्त्रीलगायतको पनि सहभागीता रहेको थियो। बैठकमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका थिए। महामन्त्रीपछि प्रदेशका सभापतिहरूले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। सोमबार पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ। त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेश गर्नेछन्। आर्थिक व्यवस्थापन विभाग…
Read More
राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ छैनः शेरबहादुर देउवा

राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ छैनः शेरबहादुर देउवा

  मंसिर ११, चिततवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गणतन्त्रको विकल्प नभएको भन्दै कसैले पनि देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका हुन् । गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ । गणतन्त्रविरोधी गतिविधिबाट आफूहरू नअत्तालिएएको भन्दै उनले राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताए ।
Read More
दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा २८ जना घाइते, शुक्रबार काठमाडौँ बन्दको आह्वान

दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा २८ जना घाइते, शुक्रबार काठमाडौँ बन्दको आह्वान

मंसिर ७, काठमाडौं । गणतनत्रको बिरोधी मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको भातृ संगठन युवासंघकाक नेता कार्यकर्ताले बिहिबार काठमाडौंमा छुट्टा छुट्टै प्रर्दशन गरे । प्रसाईंको आन्दोलन दबाउन भन्दै आन्दोलनमा त्रत्रिएको युवा संघ र प्रसार्इं पक्ष दुबैका बराबरी जस्तै प्रर्दशनकारी थिए । तिनकुने क्षत्रेमा प्रर्दशन गरेको युवासंघको आन्दोलन केही व्यवस्थित देखिएको भएपनि बल्खु क्षेत्रमा भएको प्रसाईं नेतृत्वको प्रर्दशनमा प्रर्दशनकारी घाइते समेत भए । बल्खुमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षबीच झडप हुँदा २८ जना घाइते भए । बल्खुमा प्रदर्शनकारी कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । जस क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए । झडपमा प्रहरीसहित २८ जना घाइते…
Read More
शितल निवास र वालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा,सुरक्षा सर्तकता बढाइयो

शितल निवास र वालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा,सुरक्षा सर्तकता बढाइयो

मंसिर ६, काठमाडौं । मंसिर ७ गते अर्थात भोली युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले छुट्टाछुट्टै शक्ति प्रदर्शनको गर्ने तयारी गरिरहदा सरकारले बिभिन्न स्थानलाइ निषेधित क्षेत्र घोषणा गरिरहेको छ । सरकारले माइती घर, शितल निवास, पधानमन्त्रीको सरकारी निवास वालुवाटर, ललितपुरको पुलचोक स्थित मन्त्री क्वाटर जस्ता संभावित प्रर्दशन स्थान वरपरलाइ सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा भन्दै शितलनिवास र बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६…
Read More
माओवादी केन्द्र र नेसपाको एकता प्रक्रिया : नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने

माओवादी केन्द्र र नेसपाको एकता प्रक्रिया : नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने

मंसिर ३ ,काठमाडौं ।  नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको पार्टी एकता वार्ता समितिको बैठकले नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टी एकता संयोजन समिति बैठकले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरेको हो । माओवादी केन्द्र वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टी वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्ति :  
Read More
रबि लामिछाने जनताको घरदैलोंमा (फाेटाेफिचर)

रबि लामिछाने जनताको घरदैलोंमा (फाेटाेफिचर)

काठमाडौं, २ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने जनताको घरदैलोमा पुगेका छन् । गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका हुन् । सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्ने सो पार्टीले जनाएको छ ।  
Read More