Sindhul Dainik

राजनीति

मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा सुधार

मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा सुधार

सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल अस्वस्थ सुधार आएको छ । काठमाण्डौं स्थित नर्भिक अस्पतालमा उपचाररत मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरुले जनाएका छन । खानेपानी उद्घाटनका लागी काठमाण्डौंबाट रामेछाप तर्फ आउँदै गरेका मुख्यमन्त्री जम्कट्टेलको समस्या देखिएपछि मंगलबार सिन्धुलीको सुनकोसी गाउँपालिकाबाट हेलिकप्टर मार्फट काठमाण्डौं लगिएको थियो । मुख्यमन्त्री जम्कट्टेलको प्रेसर र सुगरको लेवल घटेपछि थप उपचारका लागि काठमाण्डौं लगिएको हो । अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको बताइएको छ । मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य समस्या भएको जनाएपछि सुनकोसी थाउँपालिका ७ स्थित आत्मीय सामुदायिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो । उनलाई अस्पतालका डाक्टरले काठमाण्डौं लैजान सुझाव दिएपछि हेलिकप्टर मार्फत काठमाण्डौं पठाइएको…
Read More
प्रधानमन्त्री प्रचण्ड सिन्धुलीको सुनकोसीमा

प्रधानमन्त्री प्रचण्ड सिन्धुलीको सुनकोसीमा

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सिन्धुली आइपुग्नु भएको छ । सुनकोसी–मरिण डाइभर्सन सुरुङ मार्गको बुधबार हुने ‘ब्रेक थ्रु’ का प्रधानमन्त्री दहाल मंगलबारनै सिन्धुली आइपुग्नु भएको हो । नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलबार मध्यान्न सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोट आइपुग्नु भएका प्रधानमन्त्री प्रचण्ड आज यही बस्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डसंग विभागीय मन्त्री तथा सचिवहरुको समेत सहभागिता रहेको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनीधि सभा सदस्य राजन दाहाल, सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बाहोरा दालहा लगायत स्वागत गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्ड मुलकोट स्थित क्वालिटी विच रिसोर्टमा मंगलबार राती बास बस्ने र बुधबार बिहान ११ बजे सुनकोसी गाउँपालिका ७ स्थित…
Read More
मरिणको गर्दुवा–खलंगा–कात्तिके सडक खण्डमा पक्की ढलान

मरिणको गर्दुवा–खलंगा–कात्तिके सडक खण्डमा पक्की ढलान

सिन्धुली। यहाँको मरिण गाउँपालिका २ बाट वडा नम्बर १ जोड्ने ग्रामिण सडक पक्की निर्माण गरिएको छ । बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको साझेदारीमा कुल १ करोड ५ लाख ३४ हजार ५३५ रुपैयाँ लागतमा ८ सय ४५ मिटर पक्की सडक निर्माण गरिएको हो । मरिण गाउँपालिका २ स्थित ठुलो गर्दुवाबाट खलंगा हुदै वडा नम्बर १ को कात्तिकेसम्म पुग्ने ग्रामिण सडकको ८ सय ४५ मिटर पक्की ढलान गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिनु भयो । यो सडक हेटौंडा सिन्धुली चतरा स्थित मदन भण्डारी राजमार्गसंग जोडिएको सडक हो । ‘बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको साझेदारीमा कुल १…
Read More

बागमतीमा अब नेपाल र तामाङ भाषा सरकारी कामकाजीको भाषा

सिन्धुली । वागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले प्रदेशमा अब सरकारी कामकाजी भाषाको रुपमा नेपाल र तामाङ भाषालाई भोली २४ गते सोमबार गतेदेखि प्रयोगमा ल्याइने बताएका छन । सोमबार वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसंगै वाग्मतीमा नेपाल र तामाङ भाषा अब सरकारी कामकाजी भाषाका रुपमा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने श्रेष्ठले जानकारी दिए । उक्त भाषाको सुभारम्भ समारोहमा सोमबार काठमाडौँको वसन्तपुरमा बिहान ७ बजे विभिन्न वेषभूषा र झाँक्रीसहित ¥याली सहित काठमाडौँ नगरको परिक्रममा गर्ने कार्यक्रम तय गरिएको समेत बताए । यस्तै प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको…
Read More
आगलागीमा ज्यान गुमाएका परिवारलाई बागमती प्रदेश सरकारले १ लाख राहत दिने

आगलागीमा ज्यान गुमाएका परिवारलाई बागमती प्रदेश सरकारले १ लाख राहत दिने

बागमती प्रदेश सरकारले आगलागीमा परेर मृत्यु भएका परिवारका लागि १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मृतकको परिवारलाई १ लाख रुपैंया राहत उपलब्ध गराउने निर्णय गरेको हो। ‘यसवर्ष आगलागीमा परेर ज्यान गुमाएका परिवारलाई एक÷एक लाख रुपैयाँ राहतस्वरुप प्रदेश सरकारले उपलब्ध गराउने क्याबिनेटले निर्णय गर्यो,’ आन्तरिक मामिला तथा कानुन मन्त्री एवंम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले भने। यस्तै, प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने समेत निर्णय पनि भएको उनले बताए। प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको उनले जानकारी दिए। ‘ऐनको दफा १३…
Read More
जसपा नेपाल फुट्यो, अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन

जसपा नेपाल फुट्यो, अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन

काठमाडौं । पार्टी एकता भएको ९ वर्षपछि उपेन्द्र यादव र अशोक राईले छुट्टाछुट्टै पार्टीको नेतृत्व गर्ने भएका छन्। २०७२ जेठ ३२ गते यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच पार्टी एकता भएको थियो। एकतापछि नयाँ पार्टीको नाम संघीय समाजवादी फोरम, नेपाल राखिएको थियो। पार्टीका अध्यक्ष थिए, यादव अनि वरिष्ठ नेता थिए राई। समयक्रमसंगै हाल यादव नेतृत्वको पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल९जसपा० छ। यादव र राईबीच वर्तमान सरकारमा रहने वा नरहने बीच विवाद चर्किदा जसपा नेपाल दोस्रो पटक फुटेको हो। असन्तुष्ट पार्टीका वरिष्ठ नेता राईको समूहले पार्टी फुटाएका हुन्। हाल संघीय संसदमा १२ जना…
Read More
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा प्रधानमन्त्री दाहालले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ प्रधानमन्त्री दाहालले भने, निकै ठूलो मिहेनत र संघर्षबाट प्राप्त भएको नागरिकको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ । गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २ हजार ८ सय शय्या निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पाठेघरको…
Read More
रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा राखेको छ। रूसको सरकारी समाचार एजेन्सी तासका अनुसार जेलेन्स्कीलाई गृह मन्त्रालयको अभिलेखमा ‘मस्ट वान्टेड’ सूचीमा राखिएको छ। उनीविरूद्ध रूसको फौजदारी संहिता अनुसार मुद्दा चलाइएको भन्ने बाहेक तासले अरू केही विस्तृत जानकारी दिएको छैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्दा सुरूमै जेलेन्स्कीको हत्या गर्ने योजना बनाएका थिए भनिन्छ। केही दिनमै पूरै युक्रेन कब्जा गर्ने विश्वास गरेका पुटिनले जेलेन्स्कीको हत्या गरेर उनको ठाउँमा रूस(मैत्री व्यक्तिलाई राष्ट्रपति बनाउन चाहान्थे। त्यही बुझेर नै अमेरिकाले रूसी आक्रमण अगाडि नै जेलेन्स्कीलाई युक्रेनबाट भगाउने प्रस्ताव गरेको थियो। तर जेलेन्स्कीले ‘मलाई लिफ्ट…
Read More
बझाङमा एमालेका दमन भण्डारी विजयी

बझाङमा एमालेका दमन भण्डारी विजयी

सिन्धुली । बझाङमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै विजयी भएका हुन । एमालेका दमन भण्डारी ११ हजार ६१२ मतसहित निर्वाचन भए । बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला एक्लै निर्वाचनमा होमिएका थिए । भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । यसैगरी माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरे । एकीकृत समाजवादीले २ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्षसमेत रहेका भण्डारी प्रदेश सभा (क) मा…
Read More
नक्कली भुटानी शरणार्थी प्रकरणस् पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामा पठाउने सर्वोच्चको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणस् पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामा पठाउने सर्वोच्चको आदेश

सिन्धुली । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ। न्यायाधीश कुमार रेग्मी र टेक प्रसाद ढुंगानाको इजलासले अभियुक्त आङटावा शर्पालाई ३० लाख धरौटीमा छोडेको छ भने समशेर मियाँलाई साधारण तारेखमा राखेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए। गोविन्द कुमार चौधरीलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको उनले बताए। केशव प्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सानु भण्डारीलाई उच्च अदालतले थुनामा नै पठाउने निर्णय सदर गरेको उनले बताए।
Read More