सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गोलन्जोर गाउँ सभाको १५ औं अधिवेशनबाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले गाउँ सभाको १५ औं अधिवेशनमा उक्त अनुमानित बजेट सार्वजनिक गरेका हुन् । बजेटमा गाउँपालिकालाई कृषि तथा फलफुल र पशुपंक्षिमा आत्मनिर्भर बनाउने देखि रोजागर, पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । बजेटमा संघिय सरकारको वित्तीय समानीकरण, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान ३३ करोड ५ लाख २४ हजार, प्रदेश सरकारको…
स्थानीय सरकारको निति तथा कार्यक्रम : सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गाँउपालीकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए । अध्यक्ष प्रख्यातद्धार प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ । ‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गोलन्जोर गाउँ सभाको १५ औं अधिवेशनबाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले गाउँ सभाको १५ औं अधिवेशनमा उक्त अनुमानित बजेट सार्वजनिक गरेका हुन् । बजेटमा गाउँपालिकालाई कृषि तथा फलफुल र पशुपंक्षिमा आत्मनिर्भर बनाउने देखि रोजागर, पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । बजेटमा संघिय सरकारको वित्तीय समानीकरण, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान ३३ करोड ५ लाख २४ हजार, प्रदेश सरकारको…
सिन्धुली । सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको १४ औं गाउँ सभामा अध्यक्ष कर्णबहादुर थापाले वार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष धनबहादुर पुलामी (अशोक) ले बजेट सार्बजनिक गरेका हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्ष कृषि, पशुपंक्षि, सिप विकास र रोजगार, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ । यस्तै पूर्वाधार विकास संगै आयुर्वेद, बहुक्षेत्रीय पोषण प्रवद्र्धन र सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण, विपद व्यवस्थापन, संथागत विकास तथा सेवा प्रवाहलाई समेत कार्यक्रममा प्राथमिकता राखिएको अध्यक्ष थापाको भनाई…
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनकोशी गाँउ कमिटीले सुनकोसी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले सुनकोसी गाउँ कमिटिले बिहिबार गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल लगायत गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलाई सामुहिक रुपमा ध्यानाकर्षण पत्र बुझाएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ल्याउने बजेटमा सामबेश गर्नुपर्ने विभिन्न शिर्षकका कार्यक्रम तथा योजनाहरु सहितको ध्यानाकर्षण गराइएको नेकपा एमाले सुनकोशी गाउँ कमिटिका अध्यक्ष गोरख खड्काले जानकारी दिए । ध्यानाकर्षण पत्रमा स्वास्थ्य, शिक्षा, कृषि, वन तथा वातावरण, पर्यटन, भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, रोजगार लगायतका शिर्षकमा गाउँपालिकाको भुगोल, त्यहाँको आवश्यकता अनुसारको कार्यक्रम र बजेट व्यवस्थापन गर्न माग गरिएको छ । समृद्ध…
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका १४ का तबल सिं राईले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई निशुल्क जग्गा प्रदान गरेका छन । उनले एमाले वडा कमिटिको भवन निर्माणका लागी दुधौली नगरपालिका १४ मा दश धुर जग्गा निशुल्क उपलब्ध गराएका हुन् । राईले पार्टी कार्यालय निर्माणका लागि दश धुर जग्गा मालपोत कार्यालय सिन्धुलीमा रजिष्ट्रेशन पास गराएर दिएका हुन् । उता पार्टीलाई नशिुल्क जग्गा उपलब्ध गराउने राईलाई नेकपा एमाले सिन्धुलीले सम्मान गरेको छ । बुधबार नेकपा एमाले सिन्धुलीले आजाद स्मृति भवनमा राईलाई दोशल्ला र सम्मान पत्रले सम्मान गरेको हो । नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले राईले पार्टी कार्यालयका लागि जग्गदान गरि कम्युनिस्ट आन्दोलनमा…
सन्जिब दुलाल भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई काँग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, शिक्षा, स्वास्थ्य। सहकारीलगायतका १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाएपछि नगर समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस सूर्यविनायक नगर सभापति निशान ढुङ्गेलले नगरले गरेका राम्रा कामको प्रशंसा गर्दै नगरलाई व्यवस्थित गर्न र नगरवासीको सहज र सरल तरिकाले सेवा सुविधा प्राप्त गर्न पाउने अधिकारलाई ध्यानमा…
सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिकामा अनिवार्य तथा निशुल्क शिक्षा घोषण गरिएको छ । बुधबार एक कार्यक्रमका विच बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गाउँपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको घोषणा गरेकी हुन् । बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको सहकार्यमा पालिकामा विद्यालय बाहिर रहेका ४ वर्ष देखि १३ वर्ष उमेर समुहका ८९ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराएर उक्त कार्यक्रमको घोषणा गरिएको हो । यो संगै मरिण सिन्धुलीका दुई नगरपालिका सहित नौ वटा स्थानीय तह मध्ये अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन गर्ने पहिलो गाउँपालिका भएको छ । कार्यक्रममा मन्त्री मोक्तानले बागमती प्रदेश सरकारले प्रदेशका सबै पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा…
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भोली हामी पनि ज्येष्ठ बन्छौँ भन्ने कुरा कसैले भुल्न नहुने बताउनुभएको छ । रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशले राष्ट्रिय युवा परिषद् भक्तपुरसँगको समन्वय तथा गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाको सहयोगमा वैदेशिक रोजगारमा गएका युवाहरूको घरपरिवारका दिदीबहिनीहरूको उद्यमशीलता विकासका लागि आयोजना गरेको एक महिने ब्युटिसियन तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै । नवलपरासी पूर्वको कावासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो आमाबुवाप्रतिको दायित्व कुनैपनि सन्तानले भुल्न नहुने बताउनुभयो । ‘ज्येष्ठ नागरिक हामी सबैको पूजनीय आमा, बुवा हुन् । तर अहिलेको अवस्थामा सन्तानले आफ्नो बुवा आमालाई बिर्सेर केयर होम तथा वृद्धाश्रममा लैजाने प्रवृत्ति बढेको…
सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले नेपालमा संघियताको औचित्य नदेखिएको बताउनु भएको छ । मंगलबार सिन्धुलीमाढीमा संचारकर्मीहरु माझ संछिप्त धारण राख्दै सांसद घिमिरेले यस्तो बताउँनु भएको हो । उहाँले केही दलहरुको लहडमा ल्याईएको संघियता देशले थेग्नै नसक्ने बताउँदै खारेज गर्नुपर्ने उल्लख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अन्य देशमा टुक्रिएको देशलाई एकठाउँमा ल्याउनका लागि संघियताको अवधारणा ल््याईएको थियो तर, नेपाललाई संघियताका नाममा टुक्राउने काम भएको छ । यो अन्यदेशको अनुभव र नेपालको आर्थिक र सामाजिक भौगोलिक दृष्टिकोणले पनि उपयुक्त देखिएन । यसलाई खारेज गरेर नयाँ ढंगबाट संरचना तय गरिनु पर्दछ ।’ नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना…