Sindhul Dainik

समाज

हरिहरपुरगढीका शिक्षकहरुलाई मनोसामाजिक स्वास्थ्य सहयोग तालिम

हरिहरपुरगढीका शिक्षकहरुलाई मनोसामाजिक स्वास्थ्य सहयोग तालिम

सिन्धुली । सिन्धुलीको हरिहरपूरगढी गाउँपालिकाका शिक्षकहरुलाई मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिमको आयोजना गरिएको छ । आइतबारबाट गाउँपालिकाको आयोजना र बहुसांस्कृतीक मनोसामाजिक संस्था नेपाल (टिपिओ) को प्राबिधिक सहयोगमा १५ वटा सामुदायीक बिद्यालयका शिक्षकहरुलाई दोस्रो चरणको तिन दिवसिय मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिमको शुभारम्भ गरिएको हो । हरिहरपूरगढी गाउँपालिका क्षेत्रमा ब्याप्त रहेको मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याहरु न्यूनिकरण तथा आत्महत्या रोकथामका लागि सहयोग पुग्ने अपेक्षा सहित विद्यालयका शिक्षकहरुलाई उक्त तालिमको आयोजना गरिएको शिक्षा शाखा प्रमुख यमकुमार अछामीले बताउनु भयो । तालिमबाट विद्यलयमा छात्र तथा छात्रहरु विहोस हुने समस्या अर्थात मास कन्भर्जन डिसअर्डर र बालबालिका तथा किशोरकिशोरीहरुमा हुने मनोसामाजिक तथा मानसिक…
Read More
लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित

लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो । यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो । क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् । क्रिकेटर लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् भने पीडित गौशाला २६ ले आफूलाई बालिग ठहर गरी लामिछानेलाई…
Read More
ग्रिल निर्माण तालिमको नगर उपप्रमुख देबकोटाद्धारा उद्घाटन

ग्रिल निर्माण तालिमको नगर उपप्रमुख देबकोटाद्धारा उद्घाटन

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोग तथा दलित सेवा संघ सिन्धुलीको आयोजनामा सिन्धुलीमा ग्रिल निर्माण सम्बन्धी दश दिने तालिम सुरु भएको छ । दलित समुदायका लागि सिप विकास तालिम अन्तरगत नगरपालिकाको सहयोगमा नगरका १४ वटै वडाका सहभागिलाई दश दिने तालिमको आयोजना गरिएको हो । आइतबार बाट सुरु भएको तालिमको नगर उपप्रमुख मन्जु देबकोटाले एक कार्यक्रमका विच शुभारम्भ गर्नु भएको छ । तालिको उद्घाटन गर्नुहुँदै नगर उपप्रमुख देबकोटाले तालिमले नागरीकहरुमा सिपको विकास गर्दै स्वरोजगार बन्न सहयोग पुग्ने बताउँनु भयो । उहँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवसाय गर्न सके आर्थिक हिसावले समेत सवल बन्न सकिने भन्दै तालिममा सक्रिय सहभागिता हुन…
Read More
सिन्धुलीका पत्रकार शेषराज दाहाललाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान

सिन्धुलीका पत्रकार शेषराज दाहाललाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहाल प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानीत हुनुभएको छ । नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय महाधिवेशन तथा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमान्डौमा दाहाल सम्मानित हुनु भएको हो । केन्द्रीय कमिटीको विहिबार बसेको बैठकले दाहाललाई सम्मान गर्ने निर्णय गरेको थियो । दाहालको उक्त सम्मान दाहालका पुत्र तथा नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्ष पत्रकार सञ्जय कुमार दाहालले ग्रहण गर्नु भएको हो । दाहाललाई नेपाल पत्रकार महासंघको २७ औं केन्दीय महाधिवेशनको उद्घाटन सत्रको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र प्रदान गर्नु भएको हो । नेपाली पत्रकारीता क्षेत्रमा योगदान दिएको साथै…
Read More
रेडक्रसद्धारा सिन्धुलीमा १ करोड ६२ लाखको अक्षयकोष स्थापना

रेडक्रसद्धारा सिन्धुलीमा १ करोड ६२ लाखको अक्षयकोष स्थापना

सिन्धुली । सिन्धुली जिल्लाका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने उद्देश्यका साथ सिन्धुलीमा १ करोड ६२ लाखको अक्षयकोष स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले जिल्लाका नागरीकहरुका लागि उपचारका क्रममा आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने गरी उक्त अक्षयकोषको स्थापना गरेको हो । झण्डै एक वर्ष अघि एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्न भनि रेडक्रसले सहयोग संकलन अभियान चलाएको थियो । उक्त अभियान अन्तरगत आइतबार सम्ममा १ करोड ५० लाख ५१ हजार रुपैयाँ रकम जम्मा भएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए । ‘उक्त कोषमा जिल्लाका विभिन्न तिनवटा गाउँपालिकाहरुले १२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सहित…
Read More
सिन्धुलीको खुर्कोटमा बेवारिसे शव फेला

सिन्धुलीको खुर्कोटमा बेवारिसे शव फेला

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित सुनकोसी नदीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । शुनकोसी नदी नदि किनारामा नाम, थर, वतन नखुलेको अन्दाजी ३५÷४० वर्षका पुरुषको शव फेला परेको सिन्धुली प्रहरीले जनाएको छ । शव सडे गलेको अवस्थामा छ । शवको दाहिने हातको हत्केलामा जय बगदई माता २ ठाँउमा लेखिएको, दुबै हातको नाडीमा रातो डोरोले बाँधिएको, माथि कपडा नभएको, तल कालो ट्रयाक लगाएकोे अवस्थामा भेटिएको सिन्धुलीका प्रहरी प्रवक्ता अनलि कुमार खड्काले जानकारी दिए । शवलाई घटनास्थलबाट प्रारम्भिक अनुसन्धान गरी पोष्टमार्टमको लागि सिन्धुली अस्पतालमा ल्याइएको छ ।
Read More
नेपालको पहिलो चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन

नेपालको पहिलो चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन

काठमाडौं । नेपालको पहिलो चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन भएको छ । स्वास–प्रस्वासको समस्याका कारण केही दिनदेखि काठमाडौंस्थित अन्नपुर्ण अस्पतालमा उपचारको क्रममा ८६ वर्षको उमेरमा सोमबार निधन भएको हो । गत साता निमोनिया भएपछि लोहनीलाई अन्नपूर्ण अस्पताल भर्ना गरिएको थियो । विगत ६–७ वर्षदेखि अल्जाइमर र पार्किन्सनको समस्याले थलिएका उहाँलाई पछिल्लो समय निमोनिया भएको थियो । सन् १९६६ मा रिलिज भएको नेपालको पहिलो व्यवसायीक चलचित्र माइतीघरमा लोहनीले मुख्य नायकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले बलिउड नायिका माला सिन्हाका पत्नी हुनुहुन्छ । माइतीघर चलचित्रको गीत पनि गाउनु भएका उहाँ प्रखर कलाकार हुनुहुन्छ ।
Read More
५० जिल्लामा फैलियो डढेलो, कहिले पर्छ पानी ?

५० जिल्लामा फैलियो डढेलो, कहिले पर्छ पानी ?

प्रि–मनसुन अवधिमा वर्षा नहुँदा देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ। वैशाख सुरू भएयतामात्रै आगलागीबाट ७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। आगलागीबाट ३० जना घाइते भएका छन्। तीन सय ७१ परिवार प्रभावित भएका छन्। यसअवधिमा भएको आगलागीबाट १६ करोड ७७ लाख बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्यांक छ। बुधबारमात्रै महोत्तरीको मटिहानीमा फैलिएको आगलागी ६ घन्टापछि नियन्त्रणमा आयो। तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे आगलागी भएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। उनकाअनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका थिए। विपन्न र मुस्लिम समुदायको…
Read More
सिन्धुलीमा आगोमा परी वृद्धाको मृत्यु

सिन्धुलीमा आगोमा परी वृद्धाको मृत्यु

सिन्धुली । आफैले लगाएको आगो निभाउने क्रममा जलेर सिन्धुलीमा एकजना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाइ नगरपालिका (१ खारखोला निवासी ८६ वर्षीया कृष्णमाया पौडेल रहेको प्रहरीले जनाएको छ। पौडेलको बिहीबार बिहान करिब साढे एघार बजेतिर आगलागीमा जलेर मृत्यु भएको हो । वडाध्यक्ष नरेश कुमार गोलेका अनुसार घरबाट करिब ५० मिटर पर रहेको आफ्नै पाखोबारीमा सुकेका झारपात,पतिंगर जलाउनका लागि आफैले बालेको आगो शरीरमा सल्किएको थियो । आगलागीबाट पौडेलको घटनास्थलमै मृत्यु भएको हो। आगो अन्यत्र जाने त्रासले वृद्धा आफै निभाउन जाँदा डिलबाट चिप्लिएर आगोमा खसेको अध्यक्ष गोलेको भनाइ छ। वृद्धा घरबाट हराएको भनि परिवारले खोजतलास गर्ने क्रममा जलेको अवस्थामा फेला…
Read More
सिन्धुलीमा बोलेरो दुर्घटना, चालकसहित दुईजना घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना, चालकसहित दुईजना घाइते

सिन्धुली । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बोलेरो सिन्धुलीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । बीपी राजमार्गअन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका (५ मा बा।प्र।०१–०२७ च ६७४७ नम्बरको बोलेरो आफै अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा बोलेरोका चालक रामेछाप सुनापति गाउँपालिकाका प्रशान्त तिमल्सिना र सोही बोलेरोमा सवार भरतपुर महानगरपालिका ६ चितवनका अमृत श्रेष्ठ गम्भीर घाइते भएको सिन्धुलीका प्रहरी प्रवक्ता अनिल खड्काले जानकारी दिएका छन् । घाइतेमध्ये श्रेष्ठको अवस्थ गम्भीर रहेको छ । घाइते दुवैलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । गाडी सडकबाट अन्दाजी तीन सय फिट तल खरेको थियो ।
Read More