कात्तिक २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने देशको सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा…
कात्तिक २२, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित कहाँ अझै पनि राहत सामग्री पुग्न सकेको छैन । भूकम्पको केन्द्रविन्दु जाजरकोटको रामीडाँडा तथा अन्य ग्रामिण स्थान र रुकुम पश्चिमका पनि ग्रामिण बस्तीमा अझै सम्म पनि राहत सामग्री पुग्न नसकेको हो । शुक्रबार भूकम्प गएपछि भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितलाइ भेट्न जाजरकोट पुगेका थिए र राहतको काम दु्रत गतिमा गर्ने प्रतिवद्धता जनाएका थिए । सरकारले राहत वितरणको कामलाइ व्यवस्थित बनाउने भन्दै एकद्वार प्रणाली पनि लागू गर्यो । तर तर भूकम्प गएको एक साता हुनै लाग्दा समेत प्रभावितले राहत सामग्री पाएका छैनन् । सामान्य टेन्टको समेत उपलब्धता नभएपछि प्रभावितहरु…
कात्तिक २०, काठमाडौँ । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ मा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहने पनि समितिले जनाएको छ । तर साइत नै खोज्नेका लागि भने १०ः५१ उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ ।
कात्तिक २०, काठमाडौँ । शुक्रबारको भूकम्पले ठूलो रुपमा जनधनको क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिममा परकम्प जाने क्रम रोकिएको छैन । सोमबार अपरान्ह ४ः३१ मा पनि जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको छ । जसका कारण जाजरकोटमा यसअघिको भूकम्पले हल्लाएका घर तथा संरचनाहरु भत्किएका छन् । सोमबारको परकम्पमा केही घाइते समेत भएका छन् । सोमबारै ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको अर्को परकम्प गएको छ । यसरी बारम्बार भूकम्पका झट्का महसुस भइरहदा भूकम्प प्रभावित नागरिक थप त्रसित बनेका छन् । यसैपनि घरबार बिहिन भएर बाहिर बसिरहेका भूकम्प प्रभावितहरु बारम्बारको…
काठमाडौँ, १८ कार्तिक । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘पुतली बाजे’को निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । नेपालका पुतलीहरूको बारेमा लामो अनुसन्धान गरेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको निधनमा गहिरो दुःख व्यक्त गरेको हुन । ‘पुतली बाजे’ले चर्चित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथको आज बिहान पोखरामा निधन भएको थियो । उनले यसरी सम्झिए: मेरा आदरणीय गुरु तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतली विज्ञ कोलन स्मिथ, जसलाई स्नेह भावका साथ ‘पुतली बाजे’ भनिन्थ्यो, को आज कार्तिक १८का दिन पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु। केही वर्ष पहिले पोखरामा वहॉसंग भेट हुँदा मैले सोधेको थिएँ- ‘तपाईँलाई के इच्छा छ, सर,मैले के गर्न सक्छु…
काठमाडौँ, १७ कार्तिक । नेपाल प्रहरीले ठुलो सङ्ख्यामा जागिर खुलाएको छ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको मानव श्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको जनाउँदै निवेदन माग गरेको हो । नेपाल प्रहरीका अनुसार माग गरेका पदमा योग्यता पुगेका नेपाली नागरिकले आगामी मङ्सिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।
विशाल बस्नेत / न्युज कारखाना महोत्तरी, १६ कात्तिक । प्याट्रोलिङ्गको क्रममा बर्दिबासमा प्रहरीले भेटाएको ९ लाख रुपैयाँ जिम्मा लगाइएको छ । अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पसलका सञ्चालक जगदीश महतोको यकिन भएपछि महतोलाई हस्तान्तरण गरिएको हो । उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष विष्णु खडका, व्यवसायीहरू गुन्ज कार्की, ज्ञान बहादुर राउत, पत्रकार लगायतको रोहवरमा महतोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । कालो झोलाभित्र रहेको ९ लाख ५ सय ६२ रुपैयाँ महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए । कसरी फेला परेको थियो ? गत ३ असोजको राती इलाका प्रहरी कार्यालय गौरिडाडाको प्रहरी विट भोला वसन्त चोकबाट प्रहरी जवान अजय…
काठमाडौँ, १४ कात्तिक । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीय यम कुमारी पुन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौँकै तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…
काठमाडौं, १३ कात्तिक । आफूलाई अभियन्ता बताउने तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको छ । ललितपुर महालक्ष्मी नगरपालिकाका बलाराम बोगटीले आफू विरुद्ध अनर्गल प्रचार गरेर बेइज्जती गरेको भन्दै बरालविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । टिका योगी वारेसमार्फत सिएन १५५९ दर्ता गराएको गाली बेइज्जती रिट निवेदनमा बोगटीले उल्लेख गरेका छन्, ‘विपक्षीलाई अरूको मान सम्मान र प्रतिष्ठामा आँच आउने गरी बोल्न लेख्न हुँदैन, गाली गर्नु हुँदैन र झुटा आरोप लगाउनु हुँदैन भन्ने थाहा छ तर, म एक महिला अभियन्ताको भएको मलाई कसैले केही कारबाही गर्न सक्दैन, म प्रहरी प्रशासनसँग डराउन्न भनी म जस्तो प्रतिष्ठित महिला उपर…
हेमन्त केसी सुर्खेत, ११ कार्तिक । मुगुको मुन्दु गाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका–६ को मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा कर्णाली प्रदेशको सुर्खेत कार्यालयबाट एक वटा तालिम प्राप्त कुकुरसहित तीन जना प्रहरी सायक निरीक्षकको टोलीसहित अनुसन्धानका लागि घटना स्थलमा आइपुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनामा संलग्न व्यक्ति नउम्किउन् भनेर प्रहरीले सतर्कता अपनाएको बताए । उनका अनुसार घटना संलग्नहरू भाग्न सक्ने…