Sindhul Dainik

समाज

सुनकोसीको रामटारमा साप्ताहिक कृषि हाटबजार सुरु

सुनकोसीको रामटारमा साप्ताहिक कृषि हाटबजार सुरु

सिन्धुली  । सिन्धुलीको सुनकोसी गाउँपालिकामा पहिलो पटक साप्ताहिक कृषि हाटबजार सुरु भएको छ । स्थानीय कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको बजारीकरणको लागि स्थानीय स्तरमै साप्ताहिक हाटबजार सुरु गरिएको हो । लिबर्ड रेरास र सुनकोशी गाउँपालिकाको समन्वयमा वडा नम्बर ५ को रामटारमा हाटबजार सुरु भएको हो । हरेक बुधबार लाग्ने गरी सुरु गरिएको साप्ताहिक हाटबजारको उद्घाटन सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल,उपाध्यक्ष कपिल कुमार कोइरालाले संयुक्त रुपमा गरेका छन् । साप्ताहिक हाटमा स्थानिय उत्पादित साग, कागती, काक्रा, चिचिन्डा, निगुरो, फर्सीको मुन्टा, स्कुसको मुन्टा, बोडी, राजमा, ड्राईगनफ्रुड, अनार, लत्ताकपडा, लगाएतका सामाग्रीहरु विक्रीको लागि राखिएको छ । स्थानीय कृषकको थोरै भएपनि उत्पादनले बजार…
Read More
सुत्केरी महिलालाई मरिण गाउँपालिकाको आर्थिक सहयोग

सुत्केरी महिलालाई मरिण गाउँपालिकाको आर्थिक सहयोग

सिन्धुली । मरिण गाउँपालिका ७ नयाँ बस्तिकी दुई दिनकी सुत्केरी महिला सुस्मा थामीलाई मरिण गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । विपन्न थामीलाई आर्थिक अभाव हुँदा खाँन समेत समस्या भएपछि गाउँपालिकाले घरमै पुगेर आर्थिक सहयोग गरेको हो । मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी र वडा नम्बर ७ वडाअध्यक्ष चन्द्र बहादुर थिङलगायतले घरमै पुगेर विपन्न सुत्केरी थामीलाई १० हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । श्रीमानवे बेवास्था गर्दा दुई दिनकी सुत्केरी खानेकुराको अभावमा जाउलो र पानीको भरमा बसेको खपार पाएपछि तत्कालै गाउँपालिकाको टोली घरमै पुगेर आर्थिक सहयोग गरेको अध्यक्ष मोक्तानको भनाई छ । ‘७ नम्बरका…
Read More
३० औं विश्व आदिवासी जनजाती दिवसमा मरिणका विद्यार्थी र खेलाडी सम्मानित

३० औं विश्व आदिवासी जनजाती दिवसमा मरिणका विद्यार्थी र खेलाडी सम्मानित

सिन्धुली । ३० औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा सिन्धुलीको मरिण गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । शनिवार नेपाल आदिवासी जनजाती महासंघ मरिण गाउँपालिका समन्वय परिषदको आयोजनामा आदिवासी जनजाती सांस्कृति प्रबद्र्धन तथा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा आदिवासी जनजातीको मौलिक कला तथा संस्कृतिको समेत प्रदर्शन गरिएको छ । यस्तै मरिण गाउँपालिका अन्तरगत कपिलाकोट मावि र मावि मरिण खयरसालबाट गत वर्षको परिक्षामा सम्मीलित भई कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने चार जना छात्र तथा छात्राहरुलाई सम्मान समेत गरिएको मावि मरिण खयरसालका प्रध्यानध्यापक मानध्वज बम्जनले…
Read More
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका(१ बालुवामा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही चक्रघट्टा गाउँपालिका(५ का ३५ वर्षीय गणेश राय रहेको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमााडौं जाँदै गरेको रायले चलाएको प्रदेश २–०३–००६प–३७५५ नम्बरको मोटरसाइकलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१च–०४८७ नम्बरको भ्यानले ठक्कर दिएको थियो । रायको धुलिखेल अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार घाइते ३३ वर्षीय धीरेन्द्र ठाकुरको उपचार भइरहेको छ । ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिइएको सिन्धुली प्रहरीका प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए ।
Read More
सिन्धुलीमा अबैध सामान सहित ट्रक नियन्त्रणमा

सिन्धुलीमा अबैध सामान सहित ट्रक नियन्त्रणमा

सिन्धुली  । सिन्धुली प्रहरीले ४२ लाख रुपैयाँ बढीको अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ९ स्थित इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीको टोलिले बिल बिजक भन्दा अतिरिक्त अबैध सामानहरु ओसार पसार गर्ने म.प्र.०३–००२ख०३०६ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सर्लाही जिल्लाबाट विपी राजमार्ग हुँदै काठमाण्डौतर्फ जाँदै गरेको उक्त ट्रक भित्र बिल बिजक भन्दा अतिरिक्त र अबैध सामान भएको पाइएपछि नियन्त्रणमा लिइएको हो । काफ्लेका अनुसार ट्रकमा ६ लाख ७५ हजार मुल्यको १ सय ५० बोरो चिनी, ८ लाख मुल्य बराबरको २० बोरा काजु, १ लाख ६५ हजार मुल्य बराबरको ११…
Read More
राष्ट्रिय  युवा संघ सिन्धुलीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय  युवा संघ सिन्धुलीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२४ साउन, सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा युवा संघ सिन्धुलीले  नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनका जिल्ला अध्यक्ष अरुण कुमार पाख्रीनको अध्यक्षता तथा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष पुष्पराज श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य प्रदिप कटुवाल, नेकपा एमाले जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, जिल्ला पार्टी पदाधिकारी, नेता, कार्यकर्ता, बुद्दिजिवी, शुभचिन्तक, युवा, विद्यार्थी , महिला, कर्मचारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । जिल्लामा रगत अभावका कारण कसैले अनाहकमा ज्यान गुमाउनु नपरोस तथा अत्यावश्यक रगतको कमि नहोस भन्ने हेतुले…
Read More
सिन्धुलीमा धान रोप्न गएकी सोभाको निधन

सिन्धुलीमा धान रोप्न गएकी सोभाको निधन

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा धान रोप्न भएकी एक महिलाको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका ६ दारिमबोटे भन्ने स्थानमा धान रोप्न गएकी शोभा सार्कीको निधन भएको हो । घरबाट धान रोप्नको लागी दारिम बोटे मेला गएकी ५२ वर्षकी सोभा सार्कीको उपचारका क्रममा मृत्यु भएको हो । धान रोप्न जाँदा एक्कासी टाउको दुख्यो भनेर बेहोस भएपछि उपचारको लागी सुनकोसी सामुदायिक अस्पताल खुर्कोट पु¥याउँदा अस्पताले मृत घोषणा गरेको वडा अध्यक्ष रविन श्रेष्ठले बताए । सार्कीको अत्याधिक गर्मीका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
Read More
सिन्धुलीमा खोलाले बगाउँदा बालकको मृत्यु

सिन्धुलीमा खोलाले बगाउँदा बालकको मृत्यु

सिन्धुली  । सिन्धुलीमा खोलाले बगाउँदा एक जना बालकको मृत्यु भएको हो । जिल्लाको तीनपाटन गाउँपालिका ११ मा रहेको हाँडीखोलाले बगाउँदा सोही गाउँपालिका ४ लुभु बस्ने कमल तामाङको अन्दाजी चार वर्षका छोरा मन्जिल तामाङको मृत्यु भएको हो । हाँडिखोलाले बगाएर बालकलाई हाँडी खोलाको दोभानमा ल्याई ढुङ्गामा अडकी रहेको अवस्थामा स्थानीय सेतीमाया अछामी मगरले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलाबाट उद्धार गरी लाम्पान्टार स्वास्थ्य केन्द्रमा पु¥याइएको भएपनि चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । मृतक बालकको शव अनुशन्धानपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
Read More
मरिणका १७९ छात्रालाई साइकल

मरिणका १७९ छात्रालाई साइकल

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले पालिका भित्र ‘प्लस टु’ अध्ययनरत १ सय ७९ जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका रहेका दुईवटा सामुदायिक विद्यालयको कक्षा ११÷१२ मा अध्ययनरत १ सय ७९ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो । बुधबार मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ को अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा छात्राहरुलाई साइकल वितरण गरिएको हो । छात्राहरुलाई साइकल वितरण गर्दै सांसद दाहालले शिक्षाले नै समाजलाई परिवर्तन गराउने भएकाले छात्राहरुलाई यसरी गरिएको प्रोत्साहनले व्यक्तिको शारिरिक, मानसिक तथा सामाजिक वृद्धि विकासमै मद्धत पुग्ने बताउनु भयो । उच्च शिक्षा अध्ययनका…
Read More
सिन्धुलीको खुर्कोटमामा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

सिन्धुलीको खुर्कोटमामा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

सिन्धुली । विपी राजमार्ग अन्तरगत सिन्धुलीको सिन्धुलीको सुनकोसी गाउँपालिका ७ खुर्कोट नजिकै कानढुङ्ग्रीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाण्डौं तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१३२ नम्बरको माइक्रोबास शुक्रबार दिउँसो अनियन्त्रीत भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्द राज काफ्लेका अनुसार दुर्घटना वीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका ७ कानढुङ्ग्री नजिक सुनकोशी मरिण डाइभर्सनको बाँध स्थलमा दुर्घटना भएको हो । माइक्रोबस दुर्घटना हुँदा घाइते हुनेहरुमा माइक्रोबसका चालक बागमती नगरपालिका २ सर्लाहीका वर्ष ३८ का रुपराज राउत, सोही ठाउँका वर्ष ३८ को महेश कुमार थापा, कृष्णकुमार केसी, लालबन्दी नगरपालिका २ सर्लाही वस्ने…
Read More