२६ पौष, काठमाण्डौं - चालु आर्थिक वर्षको ५ महिनामै विदेशी विनियम सञ्चिति करिब २ खर्ब २८ अर्बले बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा आउँदा १४.८८ प्रतिशतले बढेर १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा नेपाली मुद्रामा करिब १५ प्रतिशतले वृद्धि देखिएको विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा भने १३.६ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा १३ अर्ब ३१ करोड डलर पुगेको…
२ पुष, काठमाण्डौं — चालु आर्थिक वर्ष २०८०÷८१ को शरुवाती पाँच महिनामा सरकारी वित्त करिब ६९ अर्ब ७ करोड रुपैयाँले घाटामा रहेको छ । गत पाँच महिनाको अवधिमा आर्जन भएको सरकारको आम्दानीभन्दा सोही अवधिमा भएको खर्च बढी हुँदा यस्तो अवस्था आएको हो । मंसिर ३० सम्म सरकारको कुल आम्दानी ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ छ । सोही अवधिमा सरकारको कुल खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ छ । यसका आधारमा मंसिर मसान्तसम्म सरकारी वित्त करिब ६९ अर्बले घाटामा देखिएको हो । चालु आर्थिक वर्षको पाँच महिनामा सरकारको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । महालेखा नियन्त्रक…
गाजा, २७ मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
काठमाडौँ, १३ मङ्सिर । मलेसियाको आजियाटा कम्पनीले एनसेलको सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको छ । एनसेलको ८० प्रतिशत सेयर हिस्सा रहेको आजियाटाले आफ्नो सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको हो। सञ्चालक समितिको बैठकले एनसेलको सबै सेयर बिक्रीमा राख्ने र बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताए । सात वर्षअघि टेलिया सोनेरासँग एनसेलको सेयर किनेको आजियाटाले एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि नेपाल छाड्न लागेको अनुमान गरिएको छ । सात वर्ष अघि देखिको एनसेल करको विवाद कायम रहेका बेला आजियाटाले नेपाल छाड्न लागेको हो ।
१३ मंसिर,काठमाडौं । केही दिनयता निरन्तर सुनको भाउ उकालो लागेको छ । गत सोमबारबाट उकालो लागेको सुनको भाउ बुधबारसम्म आइपुग्दा तोलाको १ लाख २० हजार नजिक पुगेको छ । निरन्तर नयाँ रेकर्क बनाउँदै सुनको भाउ बढिरहेको छ । बुधबार १ हजार ६०० रुपैयाँले बढेको सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ र सोमबार ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा प्रतितोला छापावाला सुनको कारोबार भएको थियो । बुधबार तेजाबी सुन तोलामा…
मंसिर ११, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य सोमबार हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो। आइतबार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको मूल्यले गत कात्तिक ११ गतेको उच्च रेकर्ड तोडेको हो । ११ कात्तिकमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार नयाँ रेकर्ड कायम भएको हो । ११ कात्तिकमा छापावाला सुन…
मंसिर ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ १० पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ…
मंसिर १०, काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्नेगरी तयारी थालेको छ । ९ र १० वैशाखमा हुने ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा समिति बनाइएको छ । अर्थमन्त्री महत अध्यक्ष रहेको तयारी समितिको बैठक पनि बसेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा आइतबार समितिको बैठक बसेको हो ।
मंसिर ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९२ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ…