काठमाडौँ, कार्तिक ८ । बेलायतमा रहेको मानवअधिकार सङ्गठन एमनेस्टी इन्टरनेशनलले इजरायली अधिकारीहरूले गाजामा जबरजस्ती 'निकासी' आदेशहरू खारेज गर्नुपर्ने तथा नागरिकहरूमा डर र त्रास सिर्जना गर्ने धम्कीहरूको अन्त्य गर्नुपर्ने बताएको छ । एमनेस्टी इन्टरनेशनलका वरिष्ठ सङ्कट प्रतिक्रिया सल्लाहकार डोनाटेला रोभेराले एक विज्ञप्तिमा भनेका छन्, 'पूरै सहर वा क्षेत्रलाई सैन्य क्षेत्र घोषणा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानुनको विपरीत हुन्छ, आक्रमण गर्नेहरूले सधैँ नागरिक र लडाकुबिचको बिचको भिन्नता छुट्टाउनुपर्छ।' 'नागरिकहरूलाई निशाना बनाएर वा नागरिकहरूलाई मार्ने वा घाइते बनाउने अन्धाधुन्ध आक्रमणहरू गरेर मानवअधिकारको उल्लङ्घन गर्नु युद्ध अपराध हो,' उनले थपे। यसबाहेक, मानव अधिकार समूहले इजरायली सेनाले छोडेको पर्चाहरू, बासिन्दाहरूलाई खाली गर्न आदेश दिँदै, इजरायलले उत्तरी गाजाका…
काठमाडौँ, कार्तिक ६ गते । । काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले युएईलाई ५ विकेटले हराएको छ । युएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालको जितमा आसिफ शेखले शानदार ६२ रन बनाए । रोहितले ४७ रनको योगदान गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा अविजित ४० रनको योगदान गरे । यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । नेपालका सोमपाल कामी र अविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १…
काठमाडौँ । गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ । प्यालेस्टिनी पत्रकार रुस्दी सरराजको गाजामा रहेको उनको घरमा इजरायली हमलामा मृत्यु भएको स्थानीय पत्रकार र सहकर्मीहरूले बताएका छन्। ' मेरो नजिकको साथी, रुस्दी सरराज, उनको घरमा इजरायली बम बारीमा मारिए। उहाँ एक प्रतिभाशाली फोटो पत्रकार र निर्देशक हुनुहुन्थ्यो ।' अन्तर्राष्ट्रिय फोटो पत्रकार विसाम नस्सरले इन्स्टाग्राममा भनेका छन् । आइतबार सरराजको मृत्यु भएको खबर अन्य धेरै स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा दिएका छन्।
काठमाडौँ, कार्तिक ५ । गोरखाको आबुखैरेनी केन्द्रबिन्दु भएर दोस्रो भूकम्प आएको छ । भूकम्पको गहिराई ५.२ मेग्नीच्युडको थियो । काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ । धक्काले दसैँको रमझममा रहेकाहरूलाई झस्काएको छ । यसअघि वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौँ, कार्तिक ४ । घरेलु मैदानमा जारी युएई सम्मिलित त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले हंगकगलाई ७९ रनले पराजित गरेको छ । यसअघि कुशल मल्लको विस्फोटक ब्याटिङले नेपालले हङकङ समक्ष २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । उनले ४१ बलमा ३ चौका र ९ छक्काको मदतले ९२ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ५७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । नेपालका लागि करन के.सी., ललित राजवंशी र सोमपाल कामीले २ / २ विकेट लिएका थिए । आइतबार हङकङ र युएईबिच प्रतिस्पर्धा हुँदै छ भने सोमवार नेपाल र युएई तथा बुधवार हङकङ र युएई भिड्दै छन्। अङ्क…
काठमाडौँ, कार्तिक ३ गते । । एसीसी यु—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई हराउन सके यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा प्रवेश गर्नेछ । मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा शनिवार नेपालले जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रिमियर कपमा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपमा छनोट हुने प्रावधान छ । शनिवारको खेलमा जापानलाई हराउन सके नेपाल फाइनलमा प्रवेश गर्नुका साथै एसिया कपको समूह ‘ए’ मा रहेको भारत र पाकिस्तान सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अर्को सेमिफाइनल खेल पनि शनिवार नै संयुक्त अरब इमिरेट्स (युएई) र सिंगापुरबिच खेलिने छ । छनोट…
काठमाडौँ, २ कात्तिक । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा ग¥यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अविनाश बोहराले २-२ विकेट लिए। यसअघि नेपालले बुधवार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिवार हङकङ र सोमबार युएईसँग…
काठमाडौँ, २ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुदैँछ । आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समय सीमा…
काठमाडौँ, कार्तिक १ गते । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै महत्त्वपूर्ण जित निकालेको छ । बुधवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नट आउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नट आउट ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए। त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो। युएईका लागि बासिल हमीदले अर्ध शतक प्रहार गरे। उनले ५१…
मुकेश कुमार यादव सिराहा, १ कार्तिक । अन्य समय भन्दा बढी दसैँमा बढी मूल्यमा बिक्री हुने खसी वोकाको मूल्य आर्थिक मन्दीका कारण घटे पछि किसानहरू मर्कामा परेका छन् । अत्यधिक मात्रामा मासुको खपत हुने दसैँमा नै आर्थिक मन्दीका कारण तराई मदेसका बजारहरूमा खसी–बोका खरिद बिक्री कम भएकाले मूल्य सस्तो भए पछि किसानहरू चिन्तित बनेका हुन् । सिराहा धनगढीमाई- १३ का किसान शुक्रलाल लामाले गोल बजारको मङ्गलवारे बजारमा बिक्रीको ल्याएको बोका अन्य बेला २२-२५ हजारमा बिक्री हुने बोका १३ हजारमा बिक्री गरेको बताए। उनले भने, ‘अन्य बेला यही बोका २२-२५ हजारमा बिक्री हुन्थ्यो, आज त १३ हजार मै बिक्री गर्नु पर्यो।’ बजारमा खरिद…