सिन्धुली । ३० औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा सिन्धुलीको मरिण गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । शनिवार नेपाल आदिवासी जनजाती महासंघ मरिण गाउँपालिका समन्वय परिषदको आयोजनामा आदिवासी जनजाती सांस्कृति प्रबद्र्धन तथा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा आदिवासी जनजातीको मौलिक कला तथा संस्कृतिको समेत प्रदर्शन गरिएको छ । यस्तै मरिण गाउँपालिका अन्तरगत कपिलाकोट मावि र मावि मरिण खयरसालबाट गत वर्षको परिक्षामा सम्मीलित भई कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने चार जना छात्र तथा छात्राहरुलाई सम्मान समेत गरिएको मावि मरिण खयरसालका प्रध्यानध्यापक मानध्वज बम्जनले…
सिन्धुली । सिन्धुली प्रहरीले जिल्लामा पहिलो पटक लागु पदार्थ सेवन परिक्षण सुरु गरेको छ । बनेपा–सिन्धुली–बर्दीवास (विपी) राजमार्गमा संचालन हुने सवारी साधनका चालक र सहचालकहरुले लागु औषध तथा मादक पदार्थ सेवन गरेको नगरेको परिक्षण सुरु गरिएको हो । शुक्रबारबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको प्राबिधिक सहयोगमा लागुऔषध सेवन परिक्षण सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवाल जानकारी दिए । राजमार्गमा संचालन हुने सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको माध्यमबाट लागु पदार्थ ओसारपसार कार्यलाई रोकथाम गर्ने उद्धेश्य अनुरुप कमलामाई ९…
सिन्धुली । सिन्धुली प्रहरीले ४२ लाख रुपैयाँ बढीको अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ९ स्थित इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीको टोलिले बिल बिजक भन्दा अतिरिक्त अबैध सामानहरु ओसार पसार गर्ने म.प्र.०३–००२ख०३०६ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सर्लाही जिल्लाबाट विपी राजमार्ग हुँदै काठमाण्डौतर्फ जाँदै गरेको उक्त ट्रक भित्र बिल बिजक भन्दा अतिरिक्त र अबैध सामान भएको पाइएपछि नियन्त्रणमा लिइएको हो । काफ्लेका अनुसार ट्रकमा ६ लाख ७५ हजार मुल्यको १ सय ५० बोरो चिनी, ८ लाख मुल्य बराबरको २० बोरा काजु, १ लाख ६५ हजार मुल्य बराबरको ११…
२४ साउन, सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा युवा संघ सिन्धुलीले नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनका जिल्ला अध्यक्ष अरुण कुमार पाख्रीनको अध्यक्षता तथा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष पुष्पराज श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य प्रदिप कटुवाल, नेकपा एमाले जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, जिल्ला पार्टी पदाधिकारी, नेता, कार्यकर्ता, बुद्दिजिवी, शुभचिन्तक, युवा, विद्यार्थी , महिला, कर्मचारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । जिल्लामा रगत अभावका कारण कसैले अनाहकमा ज्यान गुमाउनु नपरोस तथा अत्यावश्यक रगतको कमि नहोस भन्ने हेतुले…
सिन्धुली । कमलामाई नगरपालिकाले गरेको सरकारी विद्यालयमा पढाउनु पर्ने नियम अव लागू नहुने भएको छ । सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने कमलामाई नगरपालिकाको निर्णयमा ठेस लागेको छ । अव यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनमा परेको रिट माथिको आज भएको सुनुवाईमा रिट जारी हुने फैसला भएको हो । यो सँगै नगरपालिकाको आदेश कार्यान्वयन नहुने अधिबक्ता लोकहरि आचार्यले बताउनु भयो । नगरपालिकाले शैक्षिक सत्र २०८१ देखि अनिवार्य रुपमा सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा नपढाए कार्वाही हुने भन्दै सूचना जारी गरेको थियो । आज भएको…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले पालिका भित्र ‘प्लस टु’ अध्ययनरत १ सय ७९ जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका रहेका दुईवटा सामुदायिक विद्यालयको कक्षा ११÷१२ मा अध्ययनरत १ सय ७९ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो । बुधबार मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ को अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा छात्राहरुलाई साइकल वितरण गरिएको हो । छात्राहरुलाई साइकल वितरण गर्दै सांसद दाहालले शिक्षाले नै समाजलाई परिवर्तन गराउने भएकाले छात्राहरुलाई यसरी गरिएको प्रोत्साहनले व्यक्तिको शारिरिक, मानसिक तथा सामाजिक वृद्धि विकासमै मद्धत पुग्ने बताउनु भयो । उच्च शिक्षा अध्ययनका…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकार ढलेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ुप्रचण्डुले विश्वासको मत पाउन सकेनन्। विश्वासको मतका लागि भएको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले ६३ मत मात्रै पाए। विश्वासको मतको विपक्षमा १९४ मत र एक जना तटस्थ बसे। प्रतिनिधिसभा बैठकमा कूल २५८ जना सांसद उपस्थित थिए। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले मागेको विश्वासको मत अस्वीकृत भएको घोषणा गरे। प्रचण्डलाई माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र एकीकृत समाजवादीका १० जना सांसदले मात्रै विश्वासको मत दिए। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल०, जनता समाजवादी पार्टी ९जसपा०, जनमत पार्टी, लोकतान्त्रिक…
सिन्धुली । पहिरोको कारण सिन्धुली जिल्ला स्थित वीपी राजमार्ग र मदन भण्डारी राजमार्ग शुक्रबार बिहानै देखि अबरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बनेपा–सिन्धुली–बर्दिवास (विपी) राजमार्ग अन्तरगत सिन्धुली–बनेपा खण्ड अबरुद्ध भएको छ । यस्तै मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुली–बागमती खण्ड अबरुद्ध छ । लगातारको वर्षाका कारण सडक माथीबाट पहिरो र लेदो खस्दा वीपी राजमार्ग अन्तरगत काभ्रेको माम्ती खोलामा आएको बाढी र पहिरोले सडक अबरुद्ध भएको छ । यस्तै मदन भण्डारी राजमार्ग अन्तरगत हरिहरपुरगढी गाउँपालिका ४ हाकपारामा पहिरो खस्दा सडक अबरुद्ध छ । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार हाकपारमा सडक माथिबाट ढुंगा र लेदो आएर सडकमा थुप्रीदा सडक…
काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले दुध उत्पादन गर्ने किसानहरुलाई अनुदान वितरण गरेको छ । बिहिबार एक कार्यक्रमका विच गाउँपालिकाले व्यावसायिकरुपमा दुध उत्पादन गरि विक्री गर्ने ५५ जना किसानहरुलाई उत्पादनमा आधारित अनुदानमा रकम वितरण गरेको हो । गोलन्जोर गाउँपालिका ५ हिर्दीङमा आयोजित कार्यक्रममा गोलन्जोर गाउँपालिका ३, ५ ६ र ७ नम्बर वडाका ५५ जना किसानहरुलाई ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको हो । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थासंगको सहकार्यमा गाउँपालिकाले ५५ जना किसानलाई प्रतिलिटर ३ ंरुपैयाँका दरले कुल ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए…