सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका ९७ प्रतिसत घरधुरीमा विद्युत सेवा पुगेको छ । सोमबार पालिकाको वडा नम्बर १ डुडभन्ञ्याङ स्थित भाविनथान, कात्तिके, कटुन्जे, भन्ञ्याङ्गखानी, भालुभन्ञ्याङ्ग, भन्सार लगायतका क्षेत्रमा राष्ट्रिय प्रशारण लाईन विस्तार भएसंगै पालिकाका ९७ प्रतिसत घरधुरीमा विद्युत सेवा पुगेको हो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) का अनुसार वडा नम्बर १ का यी बस्तिहरुमा सोमबारबाट राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा सन्चालनमा आएसंगै पालिकाको ४ हजार २ सय २९ घरधुरीमा विद्युत सेवा पुगेको हो । गाउँपालिकामा कुल ४ हजार ३ सय ६३ घरधुरी रहेका छन् । अव बाँकी ३ प्रतिसत अर्थात १ सय ३४ घरधुरीमा मात्र विद्युत सेवा पुग्न…
स्थानीय सरकारको निति तथा कार्यक्रम : सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गाँउपालीकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए । अध्यक्ष प्रख्यातद्धार प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ । ‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक…
सिन्धुली । सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको उनले बताए। यस्तै अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्। बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ। उनले बलात्कारको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि…
सिन्धुली । सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको उनले बताए। यस्तै अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्। बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ। उनले बलात्कारको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि…
६१५ केजी गाँजा सहित एक जना पक्राउ सिन्धुली । सिन्धुली प्रहरीले शनिवार ६ सय १५ किलोग्राम अबैध गाँजा सहित एक जनालाई पक्राउ ग¥यो । कटारी नगरपालिका ६ उदयपुर घर भई सिन्धुलीको हरिहरपुरगढी ७ चिसापानी बस्ने वर्ष ४६ का कुमार पाख्रिनलाई उक्त गाँजा सहित पक्राउ गरिएको हो । शनिवार साँढे १ बजे इलाका प्रहरी कार्यालय कपिलाकोटलाई प्राप्त विशेष सुचनाका आधारमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी स्थित थोले ब्लोनको गोठमा गई खानतलासी गर्दा ६ सय १५ किलो लागु औषध गाँजा बोरा तथा फलामको ड्रममा लुकाई छिपाई राखेको अवस्थामा वरामद गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । उक्त गाँजा नियन्त्रण गर्न…
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा भएको घोषणा गरिएको हो । विद्यालय भन्दा बाहिर रहेका नगरका चार देखी १३ वर्ष उमेर समुहका दुई सय ८१ जना र विशेष आवश्यकता भएका २६ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएपछि नगरलाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएको पालिकाको रुपमा घोषणा गरिएको हो । यो संगै अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा पालिका मध्ये कमलामाई दोस्रो भएको छ । यस अघि गत जेठ ३० गतेका दिन जिल्लाको मरिण गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको थियो । जिल्लामा दुई नगरपालिका…
सिन्धुली । महिला तथा किशोरी माथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने भन्ने ज्ञानका लागि सिन्धुलीको हरिहरपुरगढीका किशोरीहरु आत्मरक्षा तालिम लिन थालेका छन् । दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन र प्रतिरोध गर्नका लागि आत्मरक्षा तालिममा सहभागि भएको किशोरीहरुको भनाई छ । मंगलबारबाट सुरु भएको तालिममा हरिहरपुरगढीका विभिन्न विद्यालयका २५ बढी किशोरीहरु सहभागि छन् । उनिहरुलाई वागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय जिल्ला युवा समिति सिन्धुलीले तालिमको आयोजना गरेको हो । महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने…
सिन्धुली । लेदो सहितको पहिरो खस्दा अबरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी संचालनमा आएको छ । मध्यपहाडी लोक मार्गको खुर्कोट –घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर १ कुँडुलेमा पहिरो खस्दा बुधबार बिहानदेखि अवरुद्ध लोकमार्ग दिउँसो बाट एकतर्फी संचालनमा आएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सडकमा खसेको पहिरो पन्छाएर झण्डै ८ घण्टापछि लोकमार्ग एकतर्फी संचालनमा ल्याएको हो । लगातार परेको वर्षाका कारण मध्य पहाडी लोकमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका ६ अक्करेभिर, वडा नम्बर ३ को काली आँप डाँडा, फिक्कल गाउँपालिका २ सुम्नामबेसीमा समेत पहिरो खस्दा सडक अबरुद्ध भएको थियो । अबरुद्ध भएको तिनै स्थानमा गोलन्जोर गाउँपालिका र यान्त्रिक कार्यालय मूलकोटको सहयोगमा एक्स्काभेटर…
सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ को कुँडुलेमा पहिरो खस्दा एउटा ट्रक पुरिएको छ भने राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दाराज काफ्लेका अनुसार बुधबार बिहान सडक माथीबाट लेदोसहित खसेको पहिरोले प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो । पहिरोमा ट्रक चालक पर्सा परवानीपुरका वर्ष २५ का रोशन पटेल भने सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा पुरीएको ट्रक निकाल्न पहिरो पन्छाउने काम सुरु गरिएको काफ्लेको भनाई छ । पहिरोका कारण दुईतर्फी यातायात अवरुद्ध भएको छ । मध्य पहाडी लोकमार्ग…
राजन गाउँले सिन्धुली । कमलामाई नगरपालिका, वडा नं. का ४९ वर्षीय भीमबहादुरलाई स्वास्थ्य चौकीबाट कुन कुन औषधी निःशुल्क उपलब्ध हुन्छन् भन्ने जानकारी नहुँदा लामो समय अघिदेखि मेडिकल हलमा पुगेर औषधी किन्ने गर्नुहुन्थ्यो । तर, युवा नागरिक अंकपत्र कार्यान्वयनको क्रममा लक्षित समूह छलफलमा सहभागिता जनाएपछि मात्र उहाँले स्वास्थ्य चौकीबाट ९१ प्रकारका औषधीहरु निःशुल्क उपलब्ध हुन्छन् भने प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा ९८ किसिमका औषधी निःशुल्क प्राप्त हुने जानकारी पाउनुभयो । सिद्धबाबा मा.वि. पानीट्यांकीका शिक्षक अभिलाषा कोइरालालाई विद्यालयमा उपलब्ध शौचालय सुविधा पर्याप्त नै छन् भन्ने धारणा थियो । युवा अंकपत्र कार्यान्वयनका क्रममा भएको लक्षित समूह छलफलमा छात्राहरुले उठाएका समस्याले उहाँलाई झस्कायो…