Sindhul Dainik

Breaking News 1

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनबाट कारण देखाऊ आदेश जारी

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनबाट कारण देखाऊ आदेश जारी

२४ फाल्गुन, काठमाण्डौं - नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । अस्वस्थ प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष नियुक्त भएको दाबीसहित दायर गरेको रिटमा अन्तरिम आदेशसमेत माग गरिएको थियो । रिट निवेदक रामदेव यादवले अध्यक्ष भुपेन्द्र भण्डारीसहित दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सिफारिस समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । बिहीबार न्यायाधीश ऋषिराम दवाडी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले यादव अन्तिम तीनजनाको सूचीमा परेका नदेखिँदा रिटको अन्तिम सुनुवाइमा आवश्यक विषय सम्बोधन हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
Read More
राष्ट्रपतिबाट तीन उपप्रधानसहित नवनियुक्त मन्त्रीले लिए शपथ

राष्ट्रपतिबाट तीन उपप्रधानसहित नवनियुक्त मन्त्रीले लिए शपथ

२३ फाल्गुन, काठमाण्डौं - राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए । एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा…
Read More
पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

२२ फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय  गरेको हो । कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो । उनले भने, 'दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । अब कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनेर बैठक सकियो ।' बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएछपि कांग्रेस सरकारबाट बाहिरिएको हो ।…
Read More
चार दलीय सत्ता गठबन्धनबीच आठ बुँदे सहमति

चार दलीय सत्ता गठबन्धनबीच आठ बुँदे सहमति

२१ फाल्गुन, काठमाण्डौ - चार दलीय सत्ता गठबन्धनबीच आठ बुँदे सहमति भएको छ । बालुवाटार बैठकमा नेताहरूबीच विभिन्न आठ बुँदामा सहमति भएको हो । सहमतिअनुसार सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्नेछन् । त्यस्तै राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ भने उपाध्यक्षमा नेकपा एमालेले उम्मेदवारी दिने भएको छ । यसैगरी सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ । दलहरूबीच सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने सहमति भएको छ । यस्तै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम…
Read More
अन्तिम समयमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित

अन्तिम समयमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित

२० फाल्गुन, काठमाण्डौं - परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । मन्त्री साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम थियो । उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा चलिरहँदा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । मन्त्री साउदले उक्त फोरममा ग्लोबल कोअडिनेसन ब्यूरो अफ द लिस्ट डेभलप कन्ट्रिज (अतिकम विकसित मुलुक–एलडीसी) को अध्यक्षको हैसियतमा उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो । परराष्ट्रमन्त्री साउदले आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा आफू आजै फिनल्यान्ड जाने कार्यक्रम रहेको बताएका…
Read More
अहिलेको राजनीतिक परिस्थितिअनुसार सरकारमा को हुन्छ भन्न सकिने अवस्था छैन: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

अहिलेको राजनीतिक परिस्थितिअनुसार सरकारमा को हुन्छ भन्न सकिने अवस्था छैन: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

१८ फागुन, काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार सरकारमा को हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा बिहीबारदेखि सुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद्‍मा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको बताएका हुन् । संसद्‍मा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको ओलीको भनाइ छ । उनले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति व्यंग्य गरे । उनले नेकपा एमाले जिम्मेवारी र…
Read More
संघीय संसद् भवनको सुरक्षामा खटिएका ३२ जनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलायो

संघीय संसद् भवनको सुरक्षामा खटिएका ३२ जनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलायो

१४ फाल्गुन, काठमाण्डौं - बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षामा खटिएका ३२ जनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ । प्रहरी निरीक्षकको कमान्डमा खटिएका उनीहरूलाई आज फिर्ता बोलाएर अर्को टोली पठाइएको प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए । उच्च सुरक्षा भनिएको नयाँ बानेश्वरस्थित संसद् भवन परिसरभित्र सोमवार दिउँसो लघुवित्त पीडितहरू छिरेका थिए । संसद् भवनको चारैतिर तैनाथ गरिएको सुरक्षा घेरा तोडेर उनीहरू भित्र छिरेका थिए । प्रहरीका अनुसार गेटमा भित्रबाट बोलाएको भन्दै सुरक्षाकर्मीलाई झुक्काएर उनीहरू भित्र छिरेका थिए । गेटभित्र छिरेपछि नाराजुलुस गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
Read More
न्याय परिषद्को बैठक: न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस

न्याय परिषद्को बैठक: न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस

१३ फाल्गुन, काठमाण्डौं - न्याय परिषद्को बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए । परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ । जिल्ला न्यायाधीश पशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन् । बर्खास्तीका परेमा जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला २०७८ चैत १४ गतेदेखि जिम्मेवारीविहीन बनाइएका थिए भने उच्च अदालत सुर्खेत मातहतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश डा. नवराज थपलिया केही समय अगाडि मात्रै सर्वोच्च अदालत…
Read More
परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट शिशु चोरी

परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट शिशु चोरी

११ फाल्गुन, काठमाण्डौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट शिशु चोरी भएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका-३ स्थायी घर भई हाल कपन बस्ने सविता श्रेष्ठको २६ दिनको बच्चा अस्पतालबाटै चोरी भएको जिल्ला प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार आमा सविनाले हातमा भएको फोहोर फ्याँक्ने बेला बच्चा बोकेर सहयोग गर्ने भन्दै छेउमा आइपुगेकी एक अपरिचित महिलालाई बच्चा बोक्न दिएकी थिइन् । डस्टबिनमा फोहोर फ्याँकेर फर्किँदा ती महिला बच्चा लिएर फरार भएको सविनाको जाहेरी छ । बच्चा लिएर फरार भएकी ती महिलाको खोजी भइरहेको परिसरले  जानकारी दिएको छ ।
Read More
नेकपा एमालेको दस्ताबेजमा पार्टीभित्र आर्थिक र नैतिक बन्धन तोड्न खोज्ने  आचरण मौलाएको उल्लेख

नेकपा एमालेको दस्ताबेजमा पार्टीभित्र आर्थिक र नैतिक बन्धन तोड्न खोज्ने आचरण मौलाएको उल्लेख

८ फाल्गुन, काठमाण्डौं - नेकपा एमालेले पार्टीभित्र आर्थिक र नैतिक बन्धन तोड्न खोज्ने  आचरण मौलाएको भन्दै यस्तो प्रवृत्तिले समग्र पाटीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको जनाएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत शुद्धीकरण र पार्टी सुदृढिकरणसम्बन्धी दस्ताबेजमा नेता कार्यकर्तामा मौलाएको आर्थिक र यौन आचरणका कारण नेता, कार्यकर्ता र समग्र पार्टीलाई नै अलग गर्ने खतरा पैदा भएको भन्दै चिन्ता व्यक्त गरिएको हो । ‘हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरुलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ’, केन्द्रीय समिति सदस्यहरुलाई वितरण गरेको दस्ताबेजमा भनिएको छ । त्यस्तै…
Read More