Sindhul Dainik

Breaking News 1

अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्नेछ: केपी शर्मा ओली

अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्नेछ: केपी शर्मा ओली

७ फाल्गुन, काठमाण्डौं  -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनविना एक्लै उभिन नसक्ने टिप्पणी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्ने बताए । कांग्रेसभित्र आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे चर्को मतभेद भइरहेको बेलामा ओलीले एक्लै उभिन नसक्ने भन्दै कटाक्ष गरे । उनले भने, ‘हेर्दा हेर्दा कांग्रेस साँच्चै बुढो भयो । त्यति साह्रो बुढो त हुन नपर्ने हो । तर, कांग्रेसभित्र धोत्रो पसेका, पात सुकेको बेहालै भो । अब कसैको बैशाखी टेकेर हात समातेर हिँड्नुपर्ने हालतमा छ । एक्लै एकछिन उभिन सक्दैन…
Read More
मन्त्री र एनसेलको रोजाइका पात्र भण्डारीलाई दूरसंचार प्राधिकरणको अध्यक्षमा नियूक्ति गर्ने योजना

मन्त्री र एनसेलको रोजाइका पात्र भण्डारीलाई दूरसंचार प्राधिकरणको अध्यक्षमा नियूक्ति गर्ने योजना

५ फागु, काठमाण्डौं — नेपाल दूरसंचार प्राधिकरणको  अध्यक्ष पदको लागि दरखास्त दिनेहरुको ब्यावसायिक प्रस्तुतिकरण र अन्तरवार्ता प्रकृया आज सकिंदैछ । मिति २०८० माघ १४ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार दर्खास्त दर्ता गराएका २५ जनाको यहि फाल्गून २ गतेबाट मन्त्रालयले प्रकृया अगाडी बढाएको थियो । दरखास्त दिनेहरुमा, रोहित रौनियार र देवनारयण यादवको २ गते, सुरेश कुमार कार्की, प्रकाश बराल, नागेन्द्र कुमार दास, डा. नन्द विक्रम अधिकारी, माधव प्रसाद रेग्मी र सागर नाथ उपाध्यायको ३ गते, शुसिल ओझा, राम देव यादव, नविन जि.सी., जनार्दन भट्ट र लक्ष्मी प्रसाद पण्डितको ४ गते  ब्यावसायिक प्रस्तुतिकरण र अन्तरवार्ता सकिएको छ । त्यस्तै अनिल झा, डा.…
Read More
महिला प्रहरीको गोली हानेर हत्या, श्रीमान्ले नै चलाएका थिए गोली

महिला प्रहरीको गोली हानेर हत्या, श्रीमान्ले नै चलाएका थिए गोली

३ फागुन, काठमाण्डौं - दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा श्रीमान्‌को गोली प्रहारबाटड्युटीमा रहेको बेला बिहीबार राति मृत्यु भएको हो । उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तालिम केन्द्र नेपालगन्जमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्री बिहीबार घोराही आएर थापाको हत्या गरेको आशंका छ । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली हानी भाग्दै गरेका झाँक्रीलाई अर्जुनखोलाबाट पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
Read More
जनयुद्ध चलाएर चाहिएको त प्रधानमन्त्री न रहेछ : केपी शर्मा ओली

जनयुद्ध चलाएर चाहिएको त प्रधानमन्त्री न रहेछ : केपी शर्मा ओली

१ फागुन, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न र सत्ता प्राप्तिका लागि मात्र तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लागाएका हुन् । २०४७ सालको संविधानले शान्तिपूर्ण बाटाहरु बन्द नगरेको अवस्थामा माओवादीले हिंसात्मक बाटो रोज्नु गलत भएको बताए । ‘यो कुनै राणा शासन थिएन, पञ्चायती थिएन । संगठन गर्न नपाइने, बोल्न नपाइने, विचार व्यक्त गर्न नपाइने अवस्था थिएन । अनि फेरि हिंसा किन गर्नुपर्यो, अलिक पछि हिंसा बिसाएर फेरि आउनुपर्यो’, ओलीले भने । ‘हिंसा सुरु गरेको मिति ०५२…
Read More
सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कार्यहरुमा भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियारले दियो १० बुँदे सुझाव

सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कार्यहरुमा भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियारले दियो १० बुँदे सुझाव

२८ माघ, काठमाण्डौं - सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु एवं सेवा खरिद तथा विकास गर्ने कार्यहरु भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० बुँदे सुझाव जारी गरेको छ। सञ्चार तथा सूचना प्रविधिमा निहित प्रविधिको क्लिष्टता र सार्वजनिक क्षेत्रमा रहेको यस प्रतिको अनभिज्ञताको अनूचित उपयोग गरी गम्भीर प्रकृतिका प्रष्टचार जन्य कार्य हुन सक्ने देखिएको अख्तियारको ठहर छ। मुलुकको सीमित स्रोत-साधनको मितव्ययी एवं समुचित परिचालन गरी यस्ता प्रविधिको सदुपयोगबाट राष्ट्रले अधिकतम लाभ हासिल गर्न वाञ्छनीय देखिएको भन्दै अख्तियारले निर्देशनात्मक शैलीमा सुझाव जारी गरेको हो। आयोगमा प्राप्त उजुरीहरूको छानबिन र अनु सन्धानको सिलसिलामा पहिल्याइएका सवाल तथा प्राप्त तथ्यहरूसमेतको विश्लेषणको आधारमा अख्तियार…
Read More
मन्त्रिपरिषदमा तामाङ समुदायबाट एकजनालाई मन्त्री बनाउने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा

मन्त्रिपरिषदमा तामाङ समुदायबाट एकजनालाई मन्त्री बनाउने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा

२७ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पुनर्गठन हुने मन्त्रिपरिषदमा तामाङ समुदायबाट एकजनालाई मन्त्री बनाउने घोषणा गरेका छन्। सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन कुनैपनि हालतमा हुने र त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने बताएका हुन्। ‘आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जतिबेला पुनर्गठन हुन्छ पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘पुनर्गठन त हुन्छ नै । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ। यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु। तपाईं लाखौं जनसमुदायको अगाडि मैले यो…
Read More
गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्ने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय सर्वोच्चबाट खारेज

गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्ने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय सर्वोच्चबाट खारेज

२४ माघ, काठमाण्डौं - गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्ने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र सुस्मलता माथेमको संवैधानिक इजलासले बुधबार ओली सरकारले महँगो जग्गा दिएर सस्तो मूल्यको जग्गा साट्न मिल्ने गरी गरेको निर्णयलाई 'अपरिपक्व' भन्दै बदर गरिदिएको हो । “नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०७८।१।१३ को प्रत्यर्थी गिरीबन्धु टी–स्टेट प्रालिलाई ३४३ बिगाह १९ कट्ठा १२ धुर जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने विवादित निर्णय भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ (ग) लगायतका कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त…
Read More
भिजिट भिसा प्रकरणमा मुछिएका चार जना पुर्पक्षका लागि जेल चलान

भिजिट भिसा प्रकरणमा मुछिएका चार जना पुर्पक्षका लागि जेल चलान

२३ माघ, काठमाण्डौं - भिजिट भिसा प्रकरणमा मुछिएका अध्यागमन विभागका अधिकृत नरवीर खड्का सहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले मंगलबार अधिकृत खड्कासहित मनोज तामाङ, सरोज कुमार यादव र अरूण दाहाललाई पुर्पक्षका लागि कारागार चलाउन आदेश दिएको हो भने अन्य ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत मंसिरमा अपरेसन चलाएको थियो । प्रहरी अनुसन्धानबाट नक्कली कागजात बनाउने गिरोहसँग मिलेर उनीहरूले प्रतिव्यक्ति ४० हजारदेखि माथि रकम लिएर पठाउने गरेको खुलेको छ । अपरेसनका क्रममा घुस लिँदालिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत खड्का पक्राउ परेका…
Read More
उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२२ माघ, काठमाण्डौं - बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनी जग्गा जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतल काठमाडौंले अनुमति दिएको छ । सरकारी जग्गा निजी बनाएको मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाद रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत बुधबार पक्राउ गरेको थियो। उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो ।
Read More
मिडियामा आए जस्तो म फरार छैन : पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

मिडियामा आए जस्तो म फरार छैन : पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

२२ माघ, काठमाण्डौं - नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार नभएको बताएका छन् । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले मिडियामा आए जस्तो आफू फरार रहेको भन्ने विषयमा सत्यता नरहेको बताए । संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस विषयमा अरु केही नबोल्ने तर स्वस्थ पत्रकारिता गर्न सुझाव दिएका थिए ।
Read More