१९ माघ, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को आगामी हिउँदे अधिवेशनमा नयाँ संविधान अनुसारका कानून निर्माण गर्न सरकारविरुद्ध दबाब बढाउने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्य-मुख्य कानूनहरु नै निर्माण गर्न बाँकी रहेको भन्दै त्यस्ता महत्वपूर्ण कानूनहरु निर्माणमा आगामी अधिवेशनमा सरकारविरुद्ध दबाब बढाउने निर्णय गरेको हो । बैठकले सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण कानूनहरु निर्माणमै चासो नदिएको निष्कर्ष निकाल्दै आगामी अधिवेशनमा बाँकी कानूनहरु निर्माण गर्न दबाब दिने गरी भूमिका निभाउने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार शुक्रबारको बैठकमा विगतका अधिवेशनको समीक्षा समेत भएको थियो । 'राष्ट्रिय स्वतन्त्र पार्टीले बिगतमा खेलेको भुमिकाको समिक्षा…
१८ माघ, काठमाण्डौं - व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेकोमा नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ। आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रतिष्ठित व्यवसायीलाई विनासूचना पक्राउ गरिएको भन्दै परिसंघले असन्तुष्टि जनाएको हो। बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले कसुर प्रमाणित नभई पक्राउ गरेको भन्दै पक्राउ प्रक्रियामा आफूहरूको विमति रहेको बताए। ‘हाम्रो भनाइ पक्राउ गर्नै नपाउने भन्ने होइन, प्रक्रियाको इस्यु हो। कमसेकम आफ्नो कुरा राख्ने मौका दिनुपर्छ। अनुसन्धान गर्ने, सोधपुछ गर्ने हो भने बोलाइन्छ र सोधपुछ गरिन्छ। त्यसपछि प्रमाणित भए पक्राउ गर्दा हाम्रो कुनै विमति छैन। तर, कुनै सूचना नदिई सीधा अफिस, घरमा बसेको व्यक्तिलाई पक्राउ गर्नुमा हाम्रो विमति छ,’ अध्यक्ष अग्रवालले भने, ‘उहाँ…
१७ माघ, काठमाण्डौं - नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल–मट्टितेलमा २ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।
१५ माघ, काठमाण्डौं - दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन्। ‘खरिद बिक्रीकर्ता दुवै पक्षले निवेदन दिनुपर्नेमा हालसम्म पनि नदिएको, सेयर खरिदबिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको र प्राप्त सेयर खरिद बिक्री सम्झौताका सर्तहरू विश्लेषण गर्दा आम्स लेन्थ प्रिन्सिपलअनुसार नभएको, विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टी हुने कागज पेस नगरेको देखिँदा यो सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त…
९ माघ, काठमाण्डौं - सरकारले संघीय संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते आहृवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक २२ गते अपराह्न ४ बजे बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘२०८० माघ २२ गते ४ बजे संघीय सांसदको दुवै सदनको अधिवेशन आहृवान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।' बजेट अधिवेशन २०८० असार १८ मा अन्त्य भएको थियो ।
९ माघ, जनकपुर - मधेश प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टीले आफ्ना दुई मन्त्री फिर्ता बोलाउँदै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमत पार्टीका प्रदेश सांसद संजय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो । मधेश प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो । विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई…
९ माघ, काठमाण्डौं - सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे मंगलबारदेखि लागू हुनेगरी नयाँ कार्यविधि जारी गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरण गर्न भन्दै तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले २६ फागुन २०७८ मा जारी गरेको निर्णय खारेज गर्दै भिजिट भिसामा जाँदा चाहिने कागजात र पूरा गर्नुपर्ने शर्तबारे नयाँ व्यवस्था गरिएको हो । ‘यसअघिको निर्णयले विभिन्न विषयहरु स्पष्ट भएनन्, त्यसले समस्या सिर्जना भयो,’ अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने,‘अब आधारभूत शर्त पुरा गर्नेहरू भिजिट भिसामा विदेश जान पाउँछन् ।’ अध्यागमन विभागले भिजिट भिसामा जाँदा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी आवश्यक पर्ने बताएको…
६ माघ, विराटनगर - कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताकालागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषदको शनिबार बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको हो । सदस्यहरुमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् । गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचानवादी पक्षले पुन: नामाकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा पहिचानवादी पक्षधर पदम लिम्बुको मृत्यु भएपछि आन्दोलन झन् सशक्त हुँदै आएको छ । उनीहरुले संघीय र प्रदेश मन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउ…
६ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा…
५ माघ, काठमाण्डौं - यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । पनेरुका अनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा ६ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए । प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पुर्याएपछि आएको कार्डको…