Sindhul Dainik

Breaking News 1

दुर्गा प्रसाईँले भने- एमाले कार्यकर्ताले दुर्व्यवहार गरे

दुर्गा प्रसाईँले भने- एमाले कार्यकर्ताले दुर्व्यवहार गरे

काठमाडौँ, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूमाथि कालो मोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाएका छन्। प्रसाईँले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालो मोसो दलेका थिए। प्रसाईँले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन्। आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ छ। देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रङ्ग-पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनको आरोप छ।   प्रसाईँ आफैँले गत वर्ष फागुनमा बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालो मोसो दल्ने…
Read More
ओली बोलिरहँदा ‘भीम रावल जिन्दाबाद’ भन्ने नारा लागेपछि…

ओली बोलिरहँदा ‘भीम रावल जिन्दाबाद’ भन्ने नारा लागेपछि…

  धनगढी, २१ असोज । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले 'भीम रावल जिन्दाबाद' भन्दै नारा लगाएका छन् । ओली बोल्ने क्रममा फ्लोरबाट 'भीम रावल जिन्दाबाद' भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागीले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लगेका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरू’ भन्दै धम्काउने प्रयास गरेका थिए । त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षमा गर्ने र काममा फर्काउन सकिने बताए । तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । अध्यक्ष ओलीले…
Read More
‘मञ्चभरि आसन ग्रहण गराउनु अन्धविश्वास हो’

‘मञ्चभरि आसन ग्रहण गराउनु अन्धविश्वास हो’

काठमाडौँ, आश्विन २० । नेपालको प्रगतिशील समाजमा समेत मञ्चमा बस्नको लागि तछाड मछाड गर्ने संस्कृति व्याप्त छ । सामन्ती संस्कारबाट मुक्त हुन नसक्दा यस प्रकारको संस्कृतिले प्रश्रय पाइरहेको अवस्था हो । ‘त्यस प्रकारको संस्कृति अन्धविश्वास भएको’ दार्शनिक व्यक्तित्व तथा विश्लेषक श्याम श्रेष्ठले बताए–‘आसन ग्रहण गर्ने प्रचलनले मानिस–मानिस बिचमा विभेदको स्थिति सिर्जना गर्दछ ।’ आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार ग्रहण गर्दै विश्लेषक श्रेष्ठले, ‘ठुला–ठुला कुरा गरेर मात्र वैज्ञानिक दृष्टिकोण निर्माण नहुने’ बताउँदै – ‘आफू तथा आफ्नो परिवार पनि व्रतबन्ध, काजक्रिया जस्ता अन्धविश्वासबाट मुक्त भएको’ बताए । ‘शासकहरू, पुरोहितहरू र राजनैतिक पार्टीहरूको गठबन्धनबाट नै नेपाली समाजमा…
Read More
ओलीले भने, ‘सोचेको कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो’

ओलीले भने, ‘सोचेको कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो’

काठमाडौँ, २० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्णको सो हेरेर आफू प्रफुल्लित भएको बताएका छन् । हिजो साँझ काठमाडौँमा ‘मदनकृष्णको मुड’ नामक कार्यक्रममा सहभागी भए पछि आफूले सोचे झैँ भएको बताएका हुन् । ‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो,’ उनले लेखेका छन्, ‘हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो, उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो ।’ सो कार्यक्रममा ओलीसहित पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, सन्दुक रुइतलगायत शीर्ष नेताहरूको उपस्थित रहेको थियो । सो कार्यक्रम हेरेर फर्के पछि…
Read More
२२ असोजदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला

२२ असोजदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ, १९ असोज । दसैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारका अनुसार अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने छ। टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने उनले बताए। कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन थालिने महासङ्घको भनाइ छ। यसका साथै ‘बस सेवा डटकम’ बाटै टिकट काटेर पनि यात्रुहरू घर गइरहेका छन्। बस सेवा डटकमका सिइओ…
Read More
बेलायती महारानीलाई मार्न खोज्ने भारतीय मूलका व्यक्तिलाई जेल सजाय

बेलायती महारानीलाई मार्न खोज्ने भारतीय मूलका व्यक्तिलाई जेल सजाय

लन्डन, १९ असोज । बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्याको षड्यन्त्र रचेको आरोपमा जसवंत सिंह छेल नामका सिख युवकलाई बेलायतको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । जसवन्त सिंहको उमेर २१ वर्ष रहेको बताइएको छ । जसवन्त सिंह छैलको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर अदालतले तत्कालका लागि अस्पतालमा लैजान आदेश दिएको छ। लन्डनको ओल्ड बेली अदालतमा सुनुवाइको क्रममा न्यायाधीश निकोलस हिलियर्डले चेललाई निको नभएसम्म बर्कशायरको उच्च सुरक्षा मानसिक अस्पताल ब्रोडमूर अस्पतालमा राख्नु पर्ने आदेश दिएका छन् । यसपछि उनलाई जेलमा राखिनेछ । डिसेम्बर २५, २०२१ को बिहान रानी एलिजाबेथ विन्डसर क्यासलमा उनको निजी अपार्टमेन्टमा थिइन, जब दुई अधिकारीहरूले कसैलाई देखे र…
Read More
कोइला खानीमा पानी पस्दा ज्यान गयो

कोइला खानीमा पानी पस्दा ज्यान गयो

आश्विन १८, सिलोङ । भारतको सिलोङस्थित कोइला खानीमा तीन नेपालीको ज्यान गएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ का भुवन घिमिरेसहित पाँचथरका एक र इलामका एक जना गरी तीन युवाले ज्यान गुमाएका हुन् । कोइला खानीभित्रै पानी पसेपछि ६ दिनदेखि बेपत्ता उनीहरूको शनिवार शव फेला परेको हो । खानीभित्र पसेको पानी निकालेर ६ दिनपछि उनीहरूको शव फेला पारिएको हो। उनीहरू कोइला खनिरहेको बेला एक्कासि पानी पसेपछि तीन जना बेपत्ता भएका थिए। खानीभित्रै रहेका भुवनका बुबा भने सकुशल बाहिर निस्कन सफल भएका त्यहाँ कार्यरत नेपालीले जानकारी दिएका छन् ।
Read More
सिक्किममा ताल फुटे पछिको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, अझै १०२ बेपत्ता

सिक्किममा ताल फुटे पछिको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, अझै १०२ बेपत्ता

दार्जिलिङ, १८ असोज । सिक्किमको लोनाक ताल फुटेर आएको बाढीमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । सो तालको करिब ६५ प्रतिशत (१६५ हेक्टर)  भाग फुटेर नष्ट भएको छ भने ताल फुटे पछि आएको बाढीले तटीय क्षेत्रलाई तहसनहस बनाएको छ । टिस्टा नदीमा अचानक बाढी आए पछि सेनाको क्याम्पलगायत धेरै भौतिक संरचना ध्वस्त हुन पुगेका छन् । यसैबिच, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले केही स्याटलाइट तस्बिरहरू सार्वजनिक गरेको छ, जसलाई हेरे पछि तालको पानी कसरी सकियो र बाँकी भाग सुक्खा रह्यो भन्ने स्पष्ट हुन्छ। उसका अनुसार सिक्किममा भीषण वर्षा भयो र त्यसपछि आएको बाढीले राज्यमा धेरै विनाश गरेको हो। जसका…
Read More
आज देखी विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिस्पर्धामा

आज देखी विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिस्पर्धामा

  काठमाडौँ, १८ असोज । विश्वकप क्रिकेटको आज उद्घाटन खेल हुदैँछ ।   आइसिसी एक दिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो । आज देखी सुरु हुने क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्युजील्याण्डका बिचमा प्रतिस्पर्धा हुदैँछ । इङ्गल्यान्ड साबिक विजेता टोली हो भने न्युजील्याण्ड उपविजेता टोली हो ।   सो प्रतियोगिताको पहिलो उद्घाटन खेल नरेन्द्र मोदी रङ्गशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठुलो क्रिकेट रङ्गशालाको रूपमा लिइन्छ । सो उद्घाटन  खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।
Read More
१९ औँ एसियाड ः टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन २ रनले चुक्यो मलेसिया

१९ औँ एसियाड ः टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन २ रनले चुक्यो मलेसिया

चिन, १७ असोज । टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन मलेसिया २ रनले चुकेको छ । आश्विन १७ गते  बङ्गलादेश र मलेसियाबिचको क्वाटर फाइनल खेलमा मलेसियालाई २ रनले  हराउँदै बङ्गलादेश, सेमिफाइनलमा पुगेको हो ।  सुरुमा बेटिंग गर्दै बङ्गलादेशले ११६ रन बनायो । त्यो देशका लागि सेफ हसनले ५० रन हानेका थिए । बङ्गलादेशलाई सस्तोमा समेट्न मलेसियाका पवनदिप सिंहले ४ ओवरमा १२ रन दिएर २ विकेट लिएका थिए । लक्ष्यलाई पछ्याउने क्रममा मलेसियाका विरेनदिप सिंहले ५२ रन बनाए ।
Read More