सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको छ । ब्यक टु लाइफ इ भि जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त विद्यालयको लागि सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । उक्त भवन निर्माणका लागि शनिवार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बराल तथा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले एक कार्यक्रमका विच शनिवार संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गर्नु भएको हो । गोलन्जोर गाउँपालिका २ का वडा अध्यक्ष दौलत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको पक्की भवन निर्माणको लागि शिलान्यास गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले…
गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ । अस्ट्रेलियाका समाजसेवी दाहालले आगामी २०२५ मा अस्ट्रेलियामा हुने आइसिसी निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेको जनाउँनु भएको छ । ‘सहानुभूति, सहभागिता र सेवा’ को मूल भावना बोकेर आफूले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो । दुई दशकदेखि अस्ट्रेलियामा बसोबास गर्दै नेपाली समुदायको सेवा र सामाजिक नेतृत्वमा सक्रिय रहँदै आउनु भएका दाहालले सन् २०११ देखि २०१५ सम्म दुई कार्यकाल एनआरएनए अस्ट्रेलिया राष्ट्रिय समितिमा कार्यकारी सदस्यका रूपमा निर्वाचित भएर काम गरिसक्नु भएको छ । उहाँले विभिन्न राष्ट्रिय परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले आइतबार आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । सुनकोसीको दोस्रो गाँउसभाको १७ औं अधिबेशनको ३५ औं बैठकमा गाँउपालिकाको अध्यक्ष दाहालले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाले ‘कृषिमा आत्मर्भिर, गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई अगाडी बढाउँदै एक वडा एक उत्पादन कार्यक्रमलाई संचालन गरिने नीति लिएको छ । अग्र्यानिक तरकारी उत्पादन, जैविक विविधता, ‘घरमै रोजगार गोठमै ब्यापार’ कार्यक्रम संचालन गरी व्यावसायिक पशुपालनलाई प्रथाकिता दिइने…
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ५ को स्वास्थ्य चौकी सोल्पाठानालाई एक कार्यक्रमका विच घोषणा गरिएसंगै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । शुक्रबार गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको प्रमुख आतिथ्यता, उपाध्यक्ष राजु बरालको विशिष्ठ आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको हो । फिक्कल गाउँपालिकाको २, ३ का दुईवटा स्वास्थ्य संस्था र तिनपाटन गाउँपालिका १० को स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । तिनपाटन १० को स्वास्थ्य चौकी बागमती प्रदेशकै पहिलो पोषणमैत्री स्वास्थ्य चौकी हो । शुक्रबार फिक्कल गाउँपालिका ५ को स्वास्थ्य चौकी सोल्पाठानालाई एक कार्यक्रमका विच घोषणा गरिएसंगै पोषणमैत्री स्वास्थ्य संस्थाको संख्या चार पुगेको…
सिन्धुली । अत्याधिक गर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरु तिन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । गर्मी बढ्दा विद्यालयमा पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बुधबार देखि शुक्रबारसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल मंगलबार एक सूचना जारी गर्दै नगरका मन्टेश्वरी, पूर्वप्राथमिक समेत सामुदायिक र संस्थागत विद्यालयहरु आगामी शुक्रबारसम्मका बन्द गरिने जनाए । हाल दिइएको गर्मी विदा आगामी वर्खे विदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न सबै विद्यालयहरुमा जानकारी गराइएको छ । कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरु रहेका छन । उता जिल्लामा अत्याधिक…
सिन्धुलीमाढी । सिन्धुली जिल्लामा पहिलो पटक दुरविनको सहायताले पाठेघर भन्दा बाहिर बच्चा (अक्टोपिक गर्भावस्था) बसेको महिलाको सल्यक्रिया गरी उपचार गरिएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पतालले कमलामाई नगरपालिका निवासी मन्दिरा अधिकारीको उक्त प्रविधि प्रयोग गरी आईतबार उपचार गरेको हो । उहाँको पाठेघर भन्दा बाहिर ‘ट्युव’ मा बसेको छ हप्ताको गर्भको उपचार दुरविनको सहयाताले गरिएको सल्यक्रिया सफल भएको उक्त सल्यक्रियामा संलग्न चिकित्सक(गाईनोलोजिष्ट) सरोज यादबले जानकारी दिनुभयो । ‘भर्खरै विवाह भएकी ति महिला पेट दुःखेर अत्याधिक रक्तस्राब भई उपचारका लागि आउनु भएको रहेछ,’ चिकित्सक यादबले भन्नुभयो, ‘ट्युव फुटेर पेट भरि रगत जमेको अवस्था थियो । उक्त प्रविधिबाट फुटेको साईडको टुयुव काट्यौ…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पिएएन) उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ बाट सम्मानीत भएको छ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले प्रत्यक वर्ष प्रदान गर्ने ‘वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार’ अन्तरगत यस वर्ष सिन्धुलीको मरिण गाउँपालिकालाई प्रदान गरिएको हो । शुक्रबार पोखराको सभा गृहमा आयोजित पानको दोस्रो राष्ट्रिय सम्मेलनमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लाई उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ प्रदान गरिएको हो । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार देशभरका गाउँपालिकाहरुको मुल्यांकनमा मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा छनौट भएको थियो । प्राद्यापक डाक्टर विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मुल्यांकन समितिले विभिन्न २५ वटा शैक्षिक…
सिन्धुली २२, जेठ । विश्व वातावरण दिवश २०८२ को अवसरमा सिन्धुलीको गोलन्जोर गाउँपालिकामा १५ हजार अम्रिसोको विरुवा रोपिएको छ । गोलन्जोर गाउँपालिकाको समन्वय तथा सिन्धुली एकिकृत विकास सेवा संस्था (सिड्स) नेपाल सिन्धुलीको आयोजनामा गोलन्जोर गाउँपालिका ४ को गुर्दुम स्थित महाकाली सामुदायिक वन समुहमा अम्रिसोको विरुवा रोपिएको हो । गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष भक्त बहादुर भुजेल, सिड्स नेपालका उपाध्यक्ष कृष्णहरी थापा लगायत सामुदायिक वनका पदाधिकारी, कर्मचारी विद्यार्थी लगायतको उपस्थितीमा विरुवा रोपिएको हो । पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तरगत वल्ड भिजनको सहयोगमा खरिद गरिएको १५ हजार अम्रिसोको विरुवाहरु…
सिन्धुली । पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरेको सिन्धुलीको तिनपाटन गाउँपालिकालाई कुपोषण मुक्त बनाउनका लागि ‘इनअफ’ क्याम्पियनका सुरु गरिएको छ । आगामी वर्ष भित्र गाउँपालिकालाई नै कुपोषण मुक्त पालिका घोषणा गर्न तिनपाटनमा सरोकारवालाहरुविच पोषण बहस सुरु गरिएको हो । गाउँपालिकालाई बालमैत्री र कुपोषण मुक्त पालिकाका निर्माणका लागि आवश्यक निति, कार्यक्रम र योजना निर्माणका लागि ‘इनअफ’ क्याम्पियनका रुपमा ‘पोषण बहस’ सुरु गरिएको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापाले बताए । गाउँपालिकाले बुधबार आयोजना गरेको पोषण बहसमा गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, आमा समुह, महिला स्वयमसेवीका सहयोगी निकायका प्रतिनिधि लगायतले ७ बुँदे पोषण प्रतिबद्धतामा हस्ताक्षर समेत गरेका छन् । तथ्यांक अनुसार तिनपाटन…
सिन्धुली । सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको शनिबार सम्पन्न ८ औं साधारण सभाबाट अध्यक्षमा युवराज श्रेष्ठलाई चयन चयन गरिएको हो । राजन कुमार श्रेष्ठको अध्यक्षता तथा नेवा देय दवुका अध्यक्ष पवित्रमान बज्रचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बाट युवराज श्रेष्ठको अध्यक्षतामा १५ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । त्यस्तै सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ, उपाध्यक्षमा ललित बहादुर श्रेष्ठ, निर्मला श्रेष्ठ, सचिवमा उज्जवल श्रेष्ठ, कोषाध्यक्षमा वासुदेव श्रेष्ठ, सह सचिवमा सुरेशमान श्रेष्ठ र डा। नवराज श्रेष्ठ सहित अन्य सदस्यमा चयन हुनुभएको छ । अध्यक्षमा चयन हुनुभएको युवराज…