काठमाडौँ, १३ कार्तिक । नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुदैँछ । आइसिसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैँछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजेबाट सुरु हुनेछ । आइसिसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुई वटा रङ्गशालामा प्रतिस्पर्धा गर्दैछन । जसअनुसार आज नेपाल र सिंगापुर बिचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।
कजाकिस्तान, १२ कार्तिक । कजाकिस्तानको ग्लोबल स्टिल कम्पनी आर्सेलर मित्तलको खानीमा शनिवार भएको आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । त्यसपछि सरकारले कम्पनीसँगको लगानी सहकार्य अन्त्य गर्न आदेश दिनुपरेको थियो । आपतकालीन अवस्था मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शनिवार अपराह्न ४ बजेसम्म कोस्टयेन्को खानीमा ३२ जनाको शव फेला परेको र १८ जना अझै बेपत्ता रहेको जानकारी दिएको छ । यो कम्पनी लक्जेम्बर्गमा आधारित स्टिल निर्माताको स्थानीय एकाइ हो, जसको बारेमा कजाकिस्तानका अध्यक्ष कासिम जोमार्ट तोकायेभले भने कि स्टिल विशाल आर्सेलर मित्तल हाम्रो इतिहासको सबैभन्दा खराब कम्पनी हो। टोकाइभले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले अक्टोबर २९…
तेल अहिब, १२ कार्तिक । इजरायल र प्यालेस्टाइनी अतिवादी समूह हमासका बिचमा जारी युद्ध २३ औँ दिनमा पुगेको छ । यसबिचमा भएका आक्रमणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् । गत अक्टोबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रूपमा इजरायलमाथि आक्रमण गरे पछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकाश तिनै स्थानबाट आक्रमण गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आव्हान गरेका थिए भने इजरायलसहित १४ देशले राष्ट्र सङ्घको सो आव्हानलाई अस्वीकार गरेका थिए । उनीहरूले युद्ध जारी राख्ने पक्षमा आफ्नो मत प्रकट गरेका थिए । हिजो मात्रै युद्ध रोक्नका…
नयाँ दिल्ली, ११ कार्तिक । भारतको सुरत सहरमा सामूहिक आत्महत्याको खबर सार्वजनिक भएको छ । यस दुखद घटनामा एकैसाथ सात जनाको मृत्यु भएको छ । सुरतको यो हृदय विदारक घटनामा पुरै परिवारले विष पिएर सामूहिक आत्महत्या गरेका छन् । एक परिवारका श्रीमान् श्रीमती, बाबुआमा, एक छोरा र दुई छोरीसहित सामूहिक आत्महत्या गरेको खबर सार्वजनिक भएको हो । शान्तिलाल सोलंकीले झुन्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले पनि विष खाएर आत्महत्या गरेको आशङ्का गरिएको छ । यो घटना सूरतको पालनपुर क्षेत्रमा भएको हो । प्रहरीका अनुसार यो दुखद घटना शनिवार सूरतको अडाजन क्षेत्रमा भएको हो । यस घटनाले सुरतका…
दाङ, ११ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन वाट बाहिर निस्कन काँग्रेसलाई सुझाव दिएका छन् । वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक सङ्कटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले काँग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् । प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दलालहरूको पहुँच सरकारको नेतृत्व गरेका शयन कक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डामाडोल भई सक्दा पनि काँग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् । उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्वोपरि हितमा काम गर्न सक्ने अवस्थामा छैन । ‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र…
काठमाडौँ, कार्तिक ११ । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । घोषणा गरिएको टिममा पूर्व कप्तान सन्दीप लामिछानेलाई पनि समेटिएको छ । एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौँको कीर्तिपुर र मुलपानीमा हुनेछ । नेपाल क्रिकेट सङ्घले रोहित पौडेलको नेतृत्वमा शनिवार नेपाली टोली घोषणा गरेको हो। टोलीमा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्। प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आठ टोलीलाई दुई समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह ए मा मलेसिया, ओमन र सिंगापुर छन्। त्यस्तै, समूह…
काठमाडौँ, १० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त भेटघाट भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच कुराकानी भएको छ ।
काठमाडौँ । नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुदैँछ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सो प्रतिस्पर्धाको क्रममा आज नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो। नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ भने यसअघि नै बाहिरी सकेको छ। जारी सिरिजमा लगातार चार वटा खेल जितेको नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ भने हङकङसँग पनि दुई जित हासिल गरेको थियो ।
न्युयोर्क, १० कार्तिक । अमेरिकामा गोली काण्डका घटना अझै रोकिएका छैनन् । अमेरिकाको लेविस्टनमा बुधवार अबेर राति भएको गोली काण्डमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका थिए । जसमा धेरैको अवस्था निकै गम्भीर रहेको जनाइएको छ, उनीहरू अझै अस्पतालमा उपचाररत रहेका छन्, यस्तो अवस्थामा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने जनाइएको छ । अमेरिकाको मानिएको यस घटनाको मुख्य दोषी रोबर्ट कार्ड रहेको जनाइएको छ । सीएनएनका अनुसार राज्य प्रहरीले आफ्नो बुलेटिनमा ४० वर्षीय रोबर्ट दर्तावाल बन्दुक प्रशिक्षक भएको बताएको छ। उनले मानिसहरूलाई बन्दुक कसरी प्रयोग गर्ने भनेर सिकाउने गर्दथे, जो उनी सेनाबाट अवकाश प्राप्त हुन…
काठमाडौँ, कार्तिक ९ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो भन्दै एउटा ट्विट जारी गरेका छन् । उनले भनेका छन्, 'भनिन्छ- समाजमा पश्चगामी/रूढीवादी चेतना भएका मानिस ५% जति हुन्छन्; अग्रगामी/वैज्ञानिक चेतना भएका मानिस १०-१५% जति हुन्छन्; कुनै प्रस्ट चेतना नभएका ढुलमुल/मध्यवर्ती मानिस ८०% जति हुन्छन्।त्यसैले जहिल्यै अग्रगामी चेतना भएका मानिसले मुठ्ठीभर प्रतिगामी शक्तिहरू जसलाई पुरानो सत्ता र परम्पराको लाभ हुन्छ तिनका विरुद्ध दरो मोर्चा कसेर बहुसङ्ख्यक मध्यवर्ती वा ढुलमुल जनतालाई तिनको भ्रम जालबाट मुक्त गर्नुपर्छ र निरन्तर उन्नत लोकतन्त्र,समानता र समृद्धिको मार्गमा अगुवाइ गर्नुपर्छ।आजसम्मको विश्व इतिहासको प्रगतिको नियम यही हो;…