सिन्धुली । मनसुनजन्य विपदबाट हुने क्षतिको न्यूनीकरण तथा व्यवस्थापनका लागि जिल्लाको सुनकोसी गाउँपालिकामा स्थानीय विपद् सहायत कक्ष (हेल्प डेक्स) स्थापना गरिने निर्णय गरिएको छ । गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी संयोजक रहनेगरी सहायत कक्ष स्थापना गर्ने निर्णय गरिएको हो । गृहमन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखा र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको पत्रानुसार गाउँपालिकामा हुने मनसुन जन्य तथा अन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सहायता कक्षा स्थापना गर्ने निर्णय गरिएको हो । सहायत कक्षा स्थापनाका लागि प्रमुख प्रशासकिय अधिकृत दर्जीको संयोजकत्वमा सुनकोशी गाउँपालिका अन्तरगतका सबै रेडक्रस उपशाखाका प्रतिनीधि, नागरीक समाजबाट उपेन्द्र…
काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल गर्न ४ मन्त्रीलाई बोलाएको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा गाँजा खेतीबारे छलफल गर्न ४ मन्त्रीलाई बोलाएको हो । छलफलका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बोलाइएको छ । कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवालालाई राखेर समितिले गाँजा खेतीबारे छलफल गर्न लागेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधीय प्रयोगका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था…
छाप (सिन्धुली)। मरिण गाउँपालिका ६ सिन्धुलीकी विष्णुमायाँ मगर हरेक दिन बालखा छोरी अँगालोमा च्यापेर घरेलु हाते कपडा ढाका उत्पादन गर्न मरिण गाउँपालिका ६ छापमा आइपुग्छीन् । गाउँमै ढाका उद्यमी बुन्ने सपना बोकेकी मगर ढाका बुनाई सिप विकास तालिम केन्द्र छापामा डेढ वर्षकी छोरी काखमा च्यापेरै ढाका उद्योगी बन्ने सपना बुन्न पुग्ने गरेकी हुन । ढाका उद्यमी बन्ने सपनाले काखमा बच्चा बोकेरै भएपनि दैनिक तान चलाउन संघर्ष गरिरहेको मगरको भनाई छ । मगरको माईती घर मरिण गाउँपालिका ६ छापमै हो । उनका श्रीमान गाउँमै दुःख सुख गर्छन । कक्षा १० पास गरेकी मगर आफुले सिप सिकेर अरुलाई पनि रोजगार दिने सोचमा…
सिन्धुली। सिन्धुलीका १५ हजार बढी बालबालिकाहरुलाई पोलियो रोगविरुद्धको आईपिभी खोप लगाउन थालिएको छ । जिल्लाका दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नौं वटै स्थानीय तहका २०७३ साल बैशाख देखि २०७५ साल असोज महिनासम्म जन्मिएका र खोप लगाउन छुटेका १५ हजार ८४ जना बालबालिकाहरुलाई आईपिभी खोप लगाउन थालिएको हो । यो खोप अभियान जिल्लाका नौ वटै पालिकामा एकै पटक सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिए । ‘राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत २०७३ बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका र पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउन छुटेका बालबालिकालाई जिल्लाका विभिन्न ६ सय ५८ वटा खोप केन्द्रबाट खोप लगाउन थालिएको…
मरिण । सिन्धुलीको मरिण गाउँपालिकामा ग्रामेन्ट उद्योग स्थापना गरिने भएको छ । गाउँपालिकाका गृहिणी महिलाहरुको सहभागितामा गाउँपालिकाले ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागेको हो । मरिण गाउँपालिका ५ बढीमुहानमा बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको समन्वयमा पहिलो पटक गृहिणी महिला सशक्तिकरण कार्यक्रम सुरु भएसंगै ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागिएको हो । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रम अनुसार सिन्धुलीको मरिण गाउँपालिका ५ बढीमुहानमा एक महिने सिलाई कटाई तालिम लिएका गृहिणी महिलाहरुबाट उक्त ग्रामेन्ट उद्योग संचालन गर्ने तयारी गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले जानकारी दिनुभयो । यसका लागि गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत बढीमुहानका २५ जना गृहिणीहरुलाई एक…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ का आगलागी पिडितलाई जस्तापात लगायतको सरसामान सहयोग प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाको पहलमा गोलन्जोर गाउँपालिका ६ निवासी समाजसेवी सुदिप कोइरालाबाट प्राप्त रहात सामाग्री गोलन्जोर ३ धेद्रेका आगालगी पिडित राम ब दर्लामी मगरलाई हस्तान्तरण गरिएको हो । सोमबार ग्वाल्टारमा आयोजित एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाको पहल तथा गोलन्जोर गाउँपालिका बिपत शाखाको समन्वयमा समाजसेवी सुदिप कोइरालबाट प्राप्त ४० हजार १ सय बराबरको राहात सामाग्री पिडित दर्लामी मगरलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाका सभापति गौरव कार्कीले जानकारी दिनुभयो । ‘आगलागी पिडित दर्लामीलाई ४ बण्डल जस्ता, १५ फिट प्लेन…
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ४ स्थित सल्लेनी र सोखु बरडाँडामा विजुली वत्ति विस्तार भएको छ । गाउँपालिकाको पहलमा आइतबार गाउँपालिकाको बलेनी र सोखु बरडाँडामा ७५ केभिए वितरण ट्रान्सफरमरबाट विद्युत सुचारु गरिएको हो । गाउँपालिकाको सल्लेनी स्थित ५० केभिए र सोखु बरडाँडा स्थित २५ केभीए ट्रान्सफरमरबाट राष्ट्रिय प्रशारण लाईन जडान गरि सूचारु गरिएको उक्त वडाका वडा अध्यक्ष मोहन मगरले बताउनु भयो । उक्त विद्युतबाट वडाका ७२ घरधुरीमा वत्ति जडान गरिएको छ । सल्लेनीका २७ घरधुरी र सोखु बरडाँडाका ४५ घरधुरी गरी जम्मा ७२ घरधुरीमा विद्युत विस्तार गरिएको हो । उता गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले गाउँपालिकाले राष्ट्रिय प्रशासरणको विद्युत लाईन धमाधम…
सिन्धुली । सिन्धुलीको हरिहरपूरगढी गाउँपालिकाका शिक्षकहरुलाई मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिमको आयोजना गरिएको छ । आइतबारबाट गाउँपालिकाको आयोजना र बहुसांस्कृतीक मनोसामाजिक संस्था नेपाल (टिपिओ) को प्राबिधिक सहयोगमा १५ वटा सामुदायीक बिद्यालयका शिक्षकहरुलाई दोस्रो चरणको तिन दिवसिय मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिमको शुभारम्भ गरिएको हो । हरिहरपूरगढी गाउँपालिका क्षेत्रमा ब्याप्त रहेको मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याहरु न्यूनिकरण तथा आत्महत्या रोकथामका लागि सहयोग पुग्ने अपेक्षा सहित विद्यालयका शिक्षकहरुलाई उक्त तालिमको आयोजना गरिएको शिक्षा शाखा प्रमुख यमकुमार अछामीले बताउनु भयो । तालिमबाट विद्यलयमा छात्र तथा छात्रहरु विहोस हुने समस्या अर्थात मास कन्भर्जन डिसअर्डर र बालबालिका तथा किशोरकिशोरीहरुमा हुने मनोसामाजिक तथा मानसिक…
सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोग तथा दलित सेवा संघ सिन्धुलीको आयोजनामा सिन्धुलीमा ग्रिल निर्माण सम्बन्धी दश दिने तालिम सुरु भएको छ । दलित समुदायका लागि सिप विकास तालिम अन्तरगत नगरपालिकाको सहयोगमा नगरका १४ वटै वडाका सहभागिलाई दश दिने तालिमको आयोजना गरिएको हो । आइतबार बाट सुरु भएको तालिमको नगर उपप्रमुख मन्जु देबकोटाले एक कार्यक्रमका विच शुभारम्भ गर्नु भएको छ । तालिको उद्घाटन गर्नुहुँदै नगर उपप्रमुख देबकोटाले तालिमले नागरीकहरुमा सिपको विकास गर्दै स्वरोजगार बन्न सहयोग पुग्ने बताउँनु भयो । उहँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवसाय गर्न सके आर्थिक हिसावले समेत सवल बन्न सकिने भन्दै तालिममा सक्रिय सहभागिता हुन…
सिन्धुली । सिन्धुली जिल्लाका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने उद्देश्यका साथ सिन्धुलीमा १ करोड ६२ लाखको अक्षयकोष स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले जिल्लाका नागरीकहरुका लागि उपचारका क्रममा आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने गरी उक्त अक्षयकोषको स्थापना गरेको हो । झण्डै एक वर्ष अघि एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्न भनि रेडक्रसले सहयोग संकलन अभियान चलाएको थियो । उक्त अभियान अन्तरगत आइतबार सम्ममा १ करोड ५० लाख ५१ हजार रुपैयाँ रकम जम्मा भएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए । ‘उक्त कोषमा जिल्लाका विभिन्न तिनवटा गाउँपालिकाहरुले १२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सहित…