सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर ५ सिन्धुलीले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता भोली शनिवार वडा कार्यालयबाटै वितरण गर्न लागेको हो । वडा अध्यक्ष पूर्णबहादुर खड्काका अनुसार वडाका जेष्ठ नागरीक, अपाङ्ग, अशक्तहरुलाई लक्षित गर्दै सदाझै यस पटक पनि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागीएको हो । ‘चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता यही बैशाख ८ गते शनिवारका दिन राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखासंगको समन्वयमा वडा कार्यालयबाट विहान १० बजेदेखि वितरण सुरु गरिने छ,’ उहाँले भन्नुभयो । जेष्ठ नागरीक, अपाङ्ग, अशक्तहरु बैंकमा पुगेर…
सिन्धुली । जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराएर पढाउनु पर्ने मरिण गाउँपालिकाको निर्णयलाई कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएकोे छ । स्थानीय अभिभावक उत्तर कुमार पाख्रिनले दिएको रिट निवेदनमाथी सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल ईजलाले बिहिबार यस्तो आदेश दिएको हो । न्यायाधीश बज्राचार्यको एकल ईजलासले निवेदकको माग अनुसार तत्काल आदेश जारी नगर्दा बालबालिकाको पठनपाठन सम्बन्धी हक अधिकारको विषय समावेश भएकाले अन्तरिम आदेश जारी नगर्दा निवेदकको छोराको यस वर्षको शिक्षा आर्जनमा असर पुग्ने भएकाले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म मरिण गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१)…
सिन्धुली । जिल्लाका स्थानीय पालिकाले पालिका मातहतका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराएर पढाउनु पर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश गरेको छ । अधिवक्ता लोकहरी अचार्यले दायर गरेको रिटको मंगलबार सुनुवाई गर्दै अदालतले यस्तो आदेश गरेको हो । उच्च अदालत पाटनका न्यायधिश रामेश्वर रेग्मीको एकल इजालशले मंगलबार यस्तो परमादेश दिएको हो । अधिवक्ता लोकहरी आचार्यको रिट उपर उत्प्रेषण÷परमादेश दिँदै कमलामाई नगरपालिका सहित तिन विपक्षीका नाममा यस्तो आदेश गरिएको हो । जिल्लाको कमलामाई नगरपालिका, मरिण गाउँपालिका, तिनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकाले पालिका भित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सार्वजनीक पदधारण गरेका व्यक्तिका बालबालिकाहरुलाई आगामी शैक्षिक…
२० फाल्गुन, काठमाण्डौं - मानव अधिकारकर्मीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तानाशाही, निरंकुश र मानवअधिकार उल्लंघनकर्ताको खराब छवि निर्माणको बाटो परित्याग गर्न आग्रह गर्दै खुला पत्र लेखेका छन्। उनीहरूले सडक व्यापारी नागरिकहरू विरूद्ध महानगरका अधिकारीबाट श्रृंखलाबद्ध ज्यादती हुँदै आएको उल्लेख गरेका छन्। ‘संघीय राजधानी सहर प्रमुख तपाईं सबैभन्दा बढी उदार लोकतान्त्रिक हुनुपर्ने हो। तर सरोकारवालाहरूसँग परामर्शका सबै ढोका बन्द गर्दै आएको र आफ्नो कार्यशैली र व्यवहारबाट अलोकतान्त्रिक छवि स्थापित गर्दै लगेको सन्दर्भमा तपाईंसँग हाम्रो सन्देश पुर्याउन यो खुलापत्रको सहारा ल्याएका छौं,’ उनीहरूले पत्रमा उल्लेख गरेका छन्। गत फागुन १६ गते साँझ काठमाडौंका नगर प्रहरी सुन्धारा क्षेत्रमा व्यापारीहरूमाथि जाइलागेको थियो। ‘सडक व्यापारीमाथिको श्रृंखलाबद्ध…
१४ माघ, काठमाण्डौं - काठमाडौं महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ। मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् । उनलाई मेयर शाहले सात दिनभित्र आफ्नो सफाइ पेश गर्न भनिएको छ । मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले गत शुक्रवारदेखि लागू हुनेगरी सात दिने सफाइ पेश गर्न भनिएको बताए । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो । …
१० माघ, काठमाण्डौं - काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् । महानगरले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन् । व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति नै बनाएर सडक आन्दोलन गरिरहेका छन् ।
२ पुस, ललितपुर - ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर आज देखि महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको प्रारम्भ गरेका छन् । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजबाट नाम दर्ता गर्ने काम भएको भन्दै आगामी फागुन देखि उनीहरुले उपचार सेवा प्राप्त गर्ने बताए । उनले अब लगत्तै दर्ता सहयोगी नियुक्ति गरेर तालीम दिई नगरबासीलाई स्वास्थ्य बीमामा आवद्ध गराउनका लागि ‘फिल्ड’मा खटाउने बताए । ‘आज हामीले दिनको शुभारम्भ गरेका हौँ…
२ पुष, ललितपुर — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूले गरेको काममा संघ र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त गुनासो गरेका हुन् । उनले काठमाडौँ उपत्यकाका फोहर व्यवस्थापनका लागि कानुनी अड्चन रहेको भन्दै त्यस विषयमा संघ सरकारले कुनै पहल नगरेको उनले आरोप लगाए । कार्यक्रममा केही काम गर्न खोज्दा मुद्दा हाल्ने र पाँचदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको गुनासो उनले गरे । ‘बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्रीसँग आग्रह गर्छु । प्रधानमन्त्री र मन्त्रीहरूले चाहेमा…
गाजा, २७ मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।