सिन्धुली । ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन– तिन, २०२४ बाट उत्कृष्ट अवार्ड पाएसंगै मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको चर्चा चुलिएको छ । सुशासन तथा गुणस्तरीय सेवा प्रवाह गर्ने पालिकामध्ये देशैभरबाट पहिलो पालिका बनेपछि अध्यक्ष मोक्तानलाई ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन– तिन २०२४ वाट सम्मान गरिएको थियो । स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रवाह, वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९७ दमलव ५ अंक प्राप्त गरी न्यून वित्तीय जोखिम र स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा ९४ दशमलव ७५ अंक प्राप्त गरी मरिण देश भरका गाउँपालिका मध्येबाट उत्कृष्ट बनेको थियो । यो अवार्ड प्राप्त गरेसंगै अध्यक्ष मोक्तानलाई बधाईको ओइरो आउन थालेको छ । सोही क्रममा अध्यक्ष…
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका ४ नेत्रकाली बेलबोटमा नवनिर्मित स्वास्थ्य चौकी (वर्थिङ्ग सेन्टर) भवनको उद्घाटन गरिएको छ । अति दुर्गम मानिने उक्त क्षेत्र लामो समयको प्रतिक्षा पछि निर्माण सम्पन्न भवनको प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दैै प्रतिनिधिसभा सदस्य दाहालले नयाँ भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने अपेक्षा व्यक्त गरे । स्वास्थ चौकीका लागि आवश्यक उपकरण र कर्मचारी दबन्दीका विषयमा संघीय सरकारमार्फत उपलब्ध गराउन पहल गर्ने दाहालले प्रतिबद्धता जनाए । ‘शिक्षा, स्वास्थ्य र रोजगार संविधानले मौलिक हकको रुपमा स्थापित गरेको छ । त्यसैले आवश्यक दरबन्दी र सामग्रीका लागि बजेट व्यवस्थापन गर्नु सरकारको दायित्व…
सिन्धुली । सिन्धुलीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कट्वालका अनुसार सिन्धुलीको हरिहरपुरगढी गाउँपलिका १ माथिल्लो चिसापानीमा आगालागि भएको हो । आगलागीबाट स्थानीय उमेश गोलेको दुई तले काठको कच्ची घर जलेर नष्ट भएको छआगलागीबाट मानविय तथा चौपाया क्षती नभएपनि काठको कच्ची घर पुर्ण रुपमा जली क्षति भएको र घरमा जडान गरीएको प्यानेल, अन्नपात, भाडावर्तन गरी जलेर नष्ट भएको छ । आगलागीबाट करिव एक लाख ४० हजार रुपैयाँ बराबरको क्षेती भएको प्रहरीको भनाई छ ।
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा पहिलो पटक साप्ताहिक कृषि हाटबजार सुरु भएको छ । स्थानीय कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको बजारीकरणको लागि स्थानीय स्तरमै साप्ताहिक हाटबजार सुरु गरिएको हो । लिबर्ड रेरास र सुनकोशी गाउँपालिकाको समन्वयमा वडा नम्बर ५ को रामटारमा हाटबजार सुरु भएको हो । हरेक बुधबार लाग्ने गरी सुरु गरिएको साप्ताहिक हाटबजारको उद्घाटन सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल,उपाध्यक्ष कपिल कुमार कोइरालाले संयुक्त रुपमा गरेका छन् । साप्ताहिक हाटमा स्थानिय उत्पादित साग, कागती, काक्रा, चिचिन्डा, निगुरो, फर्सीको मुन्टा, स्कुसको मुन्टा, बोडी, राजमा, ड्राईगनफ्रुड, अनार, लत्ताकपडा, लगाएतका सामाग्रीहरु विक्रीको लागि राखिएको छ । स्थानीय कृषकको थोरै भएपनि उत्पादनले बजार…
सिन्धुली । मरिण गाउँपालिका ७ नयाँ बस्तिकी दुई दिनकी सुत्केरी महिला सुस्मा थामीलाई मरिण गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । विपन्न थामीलाई आर्थिक अभाव हुँदा खाँन समेत समस्या भएपछि गाउँपालिकाले घरमै पुगेर आर्थिक सहयोग गरेको हो । मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी र वडा नम्बर ७ वडाअध्यक्ष चन्द्र बहादुर थिङलगायतले घरमै पुगेर विपन्न सुत्केरी थामीलाई १० हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । श्रीमानवे बेवास्था गर्दा दुई दिनकी सुत्केरी खानेकुराको अभावमा जाउलो र पानीको भरमा बसेको खपार पाएपछि तत्कालै गाउँपालिकाको टोली घरमै पुगेर आर्थिक सहयोग गरेको अध्यक्ष मोक्तानको भनाई छ । ‘७ नम्बरका…
सिन्धुली । ३० औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा सिन्धुलीको मरिण गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । शनिवार नेपाल आदिवासी जनजाती महासंघ मरिण गाउँपालिका समन्वय परिषदको आयोजनामा आदिवासी जनजाती सांस्कृति प्रबद्र्धन तथा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा आदिवासी जनजातीको मौलिक कला तथा संस्कृतिको समेत प्रदर्शन गरिएको छ । यस्तै मरिण गाउँपालिका अन्तरगत कपिलाकोट मावि र मावि मरिण खयरसालबाट गत वर्षको परिक्षामा सम्मीलित भई कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने चार जना छात्र तथा छात्राहरुलाई सम्मान समेत गरिएको मावि मरिण खयरसालका प्रध्यानध्यापक मानध्वज बम्जनले…
सिन्धुली । कमलामाई नगरपालिकाले गरेको सरकारी विद्यालयमा पढाउनु पर्ने नियम अव लागू नहुने भएको छ । सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने कमलामाई नगरपालिकाको निर्णयमा ठेस लागेको छ । अव यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनमा परेको रिट माथिको आज भएको सुनुवाईमा रिट जारी हुने फैसला भएको हो । यो सँगै नगरपालिकाको आदेश कार्यान्वयन नहुने अधिबक्ता लोकहरि आचार्यले बताउनु भयो । नगरपालिकाले शैक्षिक सत्र २०८१ देखि अनिवार्य रुपमा सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा नपढाए कार्वाही हुने भन्दै सूचना जारी गरेको थियो । आज भएको…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले पालिका भित्र ‘प्लस टु’ अध्ययनरत १ सय ७९ जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका रहेका दुईवटा सामुदायिक विद्यालयको कक्षा ११÷१२ मा अध्ययनरत १ सय ७९ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो । बुधबार मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ को अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा छात्राहरुलाई साइकल वितरण गरिएको हो । छात्राहरुलाई साइकल वितरण गर्दै सांसद दाहालले शिक्षाले नै समाजलाई परिवर्तन गराउने भएकाले छात्राहरुलाई यसरी गरिएको प्रोत्साहनले व्यक्तिको शारिरिक, मानसिक तथा सामाजिक वृद्धि विकासमै मद्धत पुग्ने बताउनु भयो । उच्च शिक्षा अध्ययनका…
सिन्धुली । सिन्धुलीका स्थानीयतहको वित्तिय प्रगती ८५ प्रतिशत तलमात्रै भएको पाइएको छ । पालिकाहरुले चालु आर्थिक वर्ष २०८०÷०८१ मा गरेका वित्तिय प्रगतीको विवरणले यस्तो देखाएको हो । जिल्लाको कमलामाई नगरपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा ७९ दशमलव २३ प्रतिसतमात्र खर्च गरेको छ । पालिकाको बजेट तथा खर्च विवरण सार्वजनिक गर्दै चालु तर्फ ८९ दशमलव ८२ प्रतिसत र पँुजिगत तर्फ ६६ दशमलव ९६ प्रतिसतमात्र खर्च गरेको जनाएको छ । नगरपालिकाले वित्तीय तर्फको ३ करोड ६६ लाख ६७ हजार २ सय ३ रुपैयाँ ७४ पैसा बजेट विनियोजन गरेकोमा खर्च गर्न सकेको छैन् । चालु तर्फ ८७ करोड ३ लाख ५१ हजार विनियोन…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले दुध उत्पादन गर्ने किसानहरुलाई अनुदान वितरण गरेको छ । बिहिबार एक कार्यक्रमका विच गाउँपालिकाले व्यावसायिकरुपमा दुध उत्पादन गरि विक्री गर्ने ५५ जना किसानहरुलाई उत्पादनमा आधारित अनुदानमा रकम वितरण गरेको हो । गोलन्जोर गाउँपालिका ५ हिर्दीङमा आयोजित कार्यक्रममा गोलन्जोर गाउँपालिका ३, ५ ६ र ७ नम्बर वडाका ५५ जना किसानहरुलाई ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको हो । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थासंगको सहकार्यमा गाउँपालिकाले ५५ जना किसानलाई प्रतिलिटर ३ ंरुपैयाँका दरले कुल ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए…