काठमाडौँ । तौल बढाउन जति सजिलो हुन्छ, त्यति नै कम गर्नका लागि हाम्रो पसिना बग्दछ । तौल घटाउन निकै गाह्रो हुन्छ किनभने डाइटमा धेरै खानपिनका सामग्रीहरू प्रतिबन्धहरू गरिएका हुन्छन्, जसका कारण मानिसले आफ्नो मन पर्ने चीजहरूबाट टाढा रहनुपर्छ। यदि तपाई अझै पनि तौल घटाउने सोचमा हुनुहुन्छ र तपाईँको स्वस्थ आहारको बारेमा अन्योलमा हुनुहुन्छ भने आज हामी तपाईँलाई यी टिप्सहरू दिएर सहयोग गर्नेछौँ । यो कुरा सत्य छ कि तौल घटाउन खोज्दा धेरै चीजहरू जस्तै जङ्क फुडलाई पुरै बेवास्ता गर्नुपर्छ र कडा आहारको पालना गर्नुपर्छ। तर हामी तपाईँलाई भनौँ कि तपाईँले आफ्नो आहारमा वजन घटाउने यी व्यञ्जनहरू समावेश गरेर छिटो तौल…
हामीले आयुर्वेदको चमत्कार शताब्दीयौं देखि देख्दै, सुन्दै र अध्ययन गर्दै आएका छौँ। यसले शरीरलाई रोगबाट टाढा राख्न मद्दत गर्छ । यदि तपाई आफूलाई स्वस्थ र तनावमुक्त राख्न चाहनुहुन्छ भने आयुर्वेदिक जडीबुटी लिन सक्नुहुन्छ । आज हामी तपाईँलाई यस्ता ५ शक्तिशाली आयुर्वेदिक जडीबुटीको बारेमा बताउन गइरहेका छौँ, जसलाई आफ्नो आहारमा समावेश गरेर तपाईँले धेरै रोगहरूलाई आफूबाट टाढा राख्न सक्नुहुन्छ । नीम नीम धेरै प्रकारका रोगहरूमा प्रयोग गरिन्छ। नीम आयुर्वेदको करिब ७५% को भाग हो। यसमा एन्टिसेप्टिक, एन्टी-माइक्रोबियल र एन्टिफंगल गुणहरू छन्, जसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ र पिम्पल, एक्जिमा र छालासम्बन्धी रोगहरूबाट छुटकारा पाउँछ। नीम मौखिक स्वास्थ्य, कपालको हेरचाहको लागि…
काठमाडौँ, आश्विन २० । विश्वका ११७ वटा देशले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन त्यस विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा सूचीबद्ध गरे पनि नेपाल सरकारले यो कार्यक्रमलाई अहिले पनि ‘पाइलटिङ’ मै अल्झाएर राखेको छ । यसलाई अझ पनि राष्ट्रिय खोप कार्यक्रममा समेट्न नसक्दा देशमा अहिले पनि प्रत्येक दिन ६ जना महिलाले पाठेघरकै मुखको क्यान्सरको कारण ज्यान गुमाउनु परिरहेको छ । आश्विन १९ गते होटेल हिमालयन, कुपण्डोलमा पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी)ले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मुलन गर्ने लक्ष्य र सार्वजनिक निजी साझेदारी मार्फत पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको पर्वद्धन विषयक कार्यशाला गोष्ठीमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले 'क्यान्सर लाग्नै नदिनु…
लन्डन, १६ साउन । युनिभर्सिटी अफ लीड्सका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरको उपचारमा ठुलो उपलब्धि हासिल गरेका छन्। अन्वेषकहरूले २ मिलिमिटर व्यास भएको रोबोट विकास गरेका छन्, जसले गहिराइमा गएर क्यान्सरको लक्षण पत्ता लगाउन र उपचार गर्न सक्षम रहेको जनाइएको छ । चुम्बकद्वारा नियन्त्रित अल्ट्रा सफ्ट टेन्टेकल रोबोटले सबैभन्दा सानो ब्रोन्कियल ट्युबमा पुगेर उपचार प्रदान गर्न सक्छ। यो रोबोट लीड्सको स्ट्रोम ल्याबका डाक्टर, वैज्ञानिक र इन्जिनियरहरूले बनाएका हुन्। यो खोजले क्यान्सरको सबैभन्दा सही उपचारमा सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ । अन्वेषकहरूले रिपोर्ट गरे कि शवको फोक्सोमा परीक्षणको क्रममा यो रोबोटले हाल उपलब्ध उपकरणहरू भन्दा ३७ प्रतिशत बढी गहिराइमा गएर क्यान्सर पत्ता…
आश्विन १८, काठमाडौँ । अक्टोबर महिनालाई अन्तर्राष्ट्रिय स्तरमा नै स्तन क्यान्सर सम्बन्धी जनचेतनालाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरूका साथ सम्पन्न गर्ने गरिन्छ । सोही विषयमाथि लक्षित हुँदै असोज १९ गते, नेपाल क्यान्सर सरभाईबरस सोसाइटी तथा करुणा सिटी क्लिनिकद्वारा प्राइम कलेज, नयाँबजारमा क्यान्सर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने निकासकी सचिव प्रमिला के.सी.ले बताइन् । सिनीयर अन्को गाइनो सर्जन डा.अनु शाक्य र ब्रेष्ट अन्को सर्जन डा.प्रफुल्ल शाक्यले सहजीकरण गर्ने सो जनचेतना कार्यक्रममा विशेष गरेर कलेज पढ्ने विद्यार्थीहरूलाई लक्षित गरिने निकासकी अध्यक्ष प्रमिता खनालले बताइन, - ‘विशेष गरेर शिक्षित कलेज विद्यार्थीलाई स्तन क्यान्सरको बारेमा चेतना फैलाउन सकियो भने परिवार र समाजमा सन्देश पुर्याउन सहज हुनेछ ।’ संस्थाकी अध्यक्ष खनालले नेपाल क्यान्सर सवाईभरस सोसाइटीले अक्टोबर महिनाभरि विभिन्न…
काठमाडौँ, । गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ। त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईँलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौँ, जसले तपाईँको अनुहारलाई चम्किलो राख्छ। – यदि तपाईँले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने, तपाईँ सन टेनिंगबाट छुटकारा पाउनुहुनेछ र घामबाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्दत पुग्नेछ । र, छालाको टोनिंगको लागि पनि दूध उपयुक्त हुन्छ । - नियमित दूधको प्रयोगले मुहारको छालामा देखा परेका काला धब्बा हराउँदै जानेछ । र, साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुदैँजान्छ…
हाइकिङ भनेको दैनिक दिनचर्याबाट मुक्त हुँदै साथीहरूसँग रमाइलो गर्दै एउटा लामो यात्रामा हिँड्नु हो । प्रकृतिको सुन्दरतासँग रमाइलो गर्दै जीवनको बेग्लै आनन्दको अनुभूति गर्नु हो । अहिलेको तनावपूर्ण जीवनमा हाइकिङ, स्वास्थ्य र तनाव व्यवस्थापनको लागि सबैभन्दा राम्रो जीवन पद्धति हो । एउटा लामो पदयात्राले तनाव व्यवस्थापन मात्र होइन, मनमा शान्ति र आनन्दको अनुभूति हुन्छ । तनावले मानिसलाई टाउको दुख्ने, थकाई लागिरहने, पेट खराब हुने, निद्रा नलाग्नेजस्ता समस्याहरू देखिन्छन् । यस कारण पनि तनाव व्यवस्थापन एकदम महत्त्वपूर्ण विषय हो । त्यसको लागि हाइकिङ एउटा उत्तम जीवन शैली हुन सक्दछ । हाइकिङ मुटुको लागि सबैभन्दा राम्रो कसरत हो । त्यसका साथै यसले…
काठमाडौँ । उपचारमा संलग्न डाक्टरहरूमाथि हातपात भएपछि त्यसको विरोधमा डाक्टरहरू सडकमा उत्रेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिटको विरोधमा डाक्टरहरूले काठमाडौँमा सडक प्रदर्शन गरेका छन् । माइतीघरमण्डलमा ठुलो सङ्ख्यामा भेला भएका डाक्टर तथा चिकित्सकले आफूहरूको भौतिक सुरक्षा नभएको भन्दै भौतिक सुरक्षा दिन राज्यसँग माग गरेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी माथि हातपात गर्दै अभद्र व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गरी भौतिक सुरक्षा दिनुपर्ने डाक्टरहरूको मुख्य माग छ । लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेका थिए । चिकित्सकहरूमाथि भएको आक्रमणको भर्त्सना गर्दै नेपाली काँग्रेसका नेता भन्नुहुन्छ,…
बिग्रँदो जीवनशैलीका कारण उमेर ढल्कँदै जाँदा स्वास्थ्यमा विभिन्न समस्याहरू आउँदै गइरहेको हुन्छ । विशेष गरी खानपिन, तनाव तथा निद्रा जस्ता विषयहरूमा सन्तुलन नहुँदा स्वास्थ्यमा समस्या आउने हो । पर्यावरणीय चुनौतीहरू बढ्दै जाने अर्कोतर्फ हाम्रो जीवनशैली झनै खराब हुँदै जाँदा हाम्रो प्रतिरोधी क्षमता घट्दै गइरहेको अवस्था छ । फेरि पनि स्वस्थ रहनको लागि केही टिप्सहरू दिइएको छ । १) उमेर बढ्दै जाँदा कम्मर दुख्ने, घुँडा र हड्डीहरू दुख्ने लगायतका समस्याहरू बढ्दै जान्छ । यस्तो समस्याहरू आउनुमा हाम्रो आहारमा केल्सीयमको मात्रामा कमी आउनु हो । यो समस्याबाट मुक्त हुन पर्याप्त मात्रामा दूध, दही, फलफूल, पनिर आदि खानु उपयुक्त हुन्छ । २) स्वस्थ…
काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ । सात प्रदेशका सात वटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई यो खोप दिइने छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ । आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ । विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो । अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभी विरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको…