Sindhul Dainik

अन्तर्राष्ट्रिय

बाढीमा परेर २३ सैनिक बेपत्ता

बाढीमा परेर २३ सैनिक बेपत्ता

काठमाडौँ, १७ असोज । भारतको उत्तरी सिक्किमस्थित टिस्टा नदीमा बुधवार बिहान आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र आएको बाढीले सिक्किमलाई पश्चिम बङ्गालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भाग समेत बगाएको छ । सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको हो । छ । बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ । सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा…
Read More
थाइल्याण्डकाे मलमा अन्धाधुन्ध गोली चलाउने १४ वर्षीय किशोर पक्राउ

थाइल्याण्डकाे मलमा अन्धाधुन्ध गोली चलाउने १४ वर्षीय किशोर पक्राउ

बैंकक, १७ असोज । राजधानी सहरको मध्य भागमा रहेको लक्जरी सपिङ मलमा भएको गोली काण्डमा दुई जनाको मृत्यु भएको छ ।  सो हत्याकाण्डमा परी थप पाँच जना घाइते भएपछि एक १४ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोली बारी सहरको सबैभन्दा प्रसिद्ध किनमेल केन्द्रहरू मध्ये एक सियाम प्यारागनमा भएको थियो। यसरी मारिनेहरू चीन र म्यानमारका नागरिक थिए, थाइल्यान्डका प्रहरी प्रमुखले भने। पक्राउ परेका सन्दिग्ध जसको मनसाय अस्पष्ट देखिएको छ । सो गोली काण्ड पछि प्रहरी अधिकारीहरू समक्ष आत्मसमर्पण गरेका थिए, जतिखेर उनको हातमा एक ह्यान्डगन थियो, प्रहरीले भने। सो घटनामा घाइते भएका अन्य पाँच जनामा एक लाओस्, एक…
Read More
इटालीमा भयानक बस दुर्घटना, आगलागीमा परी २१ को मृत्यु

इटालीमा भयानक बस दुर्घटना, आगलागीमा परी २१ को मृत्यु

भेनिस, १७ असोज । इटालीको भेनिस सहर नजिकैको फ्लाई ओभरमा बस दुर्घटना पछि आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्त्रे जिल्लाको रेलवे ट्र्याक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो। मृत्यु हुनेमा पाँच युक्रेनी, एक जर्मन र इटालियन चालक रहेको सहरका प्रमुख मिशेल डी बारीले जानकारी दिएका छन् । उता, भेनिसका मेयर लुइगी ब्रुगनारोले ‘ठुलो त्रासदी’ भएको टिप्पणी गरेका छन् । ‘एक सर्वनाश दृश्य, त्यहाँ कुनै शब्दहरू छैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । भेनिस र नजिकैको मार्गेरा जिल्लाको क्याम्प साइटको बिचमा पर्यटक लैजानका लागि बस भाडामा लिइएको बुझिएको छ…
Read More
मणिपुरमा फेरि हिंसाको आतङ्क

मणिपुरमा फेरि हिंसाको आतङ्क

मणिपुरमा फेरि जातीय हिंसाको आतङ्कको स्थिति सिर्जना भएको छ । मणिपुर हिंसाको लामो समयपछि इन्टरनेट सुचारु भएको ३ दिनपछि २ जना विद्यार्थीहरूको हत्याको भिडियो भाइरल भयो । यी दुवै विद्यार्थीहरू ८२ दिनदेखि लापत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसरी हत्या भएका विद्यार्थीहरूमा एक जना १७ वर्षीय युवती र अर्को २० वर्षीय युवक भएको जानकारी हुन आएको छ । स्मरण रहोस् केही समय पहिले दुई महिलालाई निर्वस्त्र गाऊ घुमाएको भिडियो भाइरल भएपछि मणिपुरमा ठुला जातीय हिंसा भड्किएको थियो । फेरि यो भयातक भिडियो भाइरल भएपछि त्यहाँ आतङ्कको स्थिति सिर्जना भएको छ । यद्यपि सीबीआईले विद्यार्थीहरूको हत्याको आरोपमा चार जनालाई…
Read More
ठुलो वर्षाले न्यूयोर्क सहरको जनजीवन अस्तव्यस्त

ठुलो वर्षाले न्यूयोर्क सहरको जनजीवन अस्तव्यस्त

  अमेरिकाको न्यूयोर्क सहरमा ठुलो वर्षाका साथै तुफान आएरजनजीवन अस्तव्यस्त छ । सन् १९४८ पछिको यो सबैभन्दा ठुलो वर्षा भएको मिडियाहरूले बताएका छन् । ठुलो वर्षाका कारण न्यूयोर्कका गर्वनर कैथी हेचुलले आपत्कालको स्थितिको घोषणा गरेका छन् । त्यहाँ शुक्रवार दिनभरि १७ सेन्टिमिटर भन्दा बढी पानी परेको छ । न्यूयोर्कको जान एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र ८ इन्चको पानी परेको त्यहाँका मिडियाहरूले जानकारी गराएका छन् ।
Read More
चीनले कालापानी क्षेत्रलाई भारतीय भूमिमा देखाएर नक्सा प्रकाशित गरेकोमा आपत्ति

चीनले कालापानी क्षेत्रलाई भारतीय भूमिमा देखाएर नक्सा प्रकाशित गरेकोमा आपत्ति

नेपाल–चीन संयुक्त वक्तव्यमा नेपालको नक्साबारे कुरा नउठाइएकोमा नेकपा(मसाल)ले गम्भीर आलोचना गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले त्यस प्रकारको आलोचना गर्दै बिहीबार एक वक्तव्य जारी गर्नुभएको छ वक्तव्यको पाठ यस प्रकार छ – प्रेसवक्तव्यको पूर्ण पाठ : “प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणपछि दुवै देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्य प्रकाशित भएको छ । त्यो वक्तव्यका सन्दर्भमा सर्वप्रथम हामीले दुई ओटा कुरा उल्लेख गर्न चाहन्छौँ : प्रथम– त्यो वक्तव्यमा चीनको नयाँ प्रकाशित नक्सामा नेपालको भूमिलाई भारतमा देखाइएकोबारे नेपालले त्यसबारे कुरा उठाएको कुनै कुराको उल्लेख गरिएको छैन । प्रधानमन्त्री चीनमा जानुभन्दा पहिले हाम्रो पार्टीले जारी गरेको वक्तव्यमा पनि त्यो प्रश्नमा नेपालका प्रधानमन्त्रीले कुरा उठाउने सम्भावना…
Read More
विवाह समारोहमा आगो लाग्दा ११३ जनाको मृत्यु

विवाह समारोहमा आगो लाग्दा ११३ जनाको मृत्यु

इराक। उत्तरी सहर काराकोशमा एउटा विवाह समारोह भइरहेको स्थानमा आगलागी हुँदा  ११३ जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएको इराकी मिडियाले जानकारी गराएको छ ।   मोसुलको पूर्वमा रहेको इसाई धर्मावलम्बीको बाहुल्यता रहेको सहरको मुख्य अस्पतालमा एएफपीका फोटोग्राफरले एम्बुलेन्सले जलेका मानिस ल्याएको देखेका तथा उनीहरूलाई रक्तदान गर्न अस्पतालको आँगनमा कैयौँ मानिस भेला भएका बताएका छन् । अत्यधिक ज्वलनशील पदार्थले सखाप पार्ने कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा यति धेरै मानिसले ज्यान गुमाएका अधिकारीहरूले बताएका छन् । इराकको आधिकारिक समाचार समितिले निनेवेह प्रान्तका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै हमदानियाहमा विवाह समारोह भइरहेको एउटा…
Read More
भारत र क्यानडाबिच कूटनीतिक तनाव बढ्दै 

भारत र क्यानडाबिच कूटनीतिक तनाव बढ्दै 

भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ। उनलाई देश छोड्नको लागि ५ दिनको अल्टिमेटम दिएको छ ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेले संसद्को आकस्मिक बैठकमा सिख नेता हरदीपसिंह निज्जरको हत्यामा नयाँ दिल्ली संलग्न रहेको आरोप लगाएका थिए। उनले संसद्मा  भनेका  थिए, भारत सरकारको एजेंट्सले  क्यानडाको  सिख समुदायको नेता  हरदीप सिंह निज्जरकाे  हत्या गर्याे ।  हरदीपसिंह निज्जर उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए । हत्याको आरोप लगाउँदै क्यानडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो।  क्यानडाका  विदेश मन्त्री मेलनी जॉलीले भनेका छन्, उनको सरकारले…
Read More
ब्राजिलमा हवाई दुर्घटना, सबै अमेरिकी पर्यटक

ब्राजिलमा हवाई दुर्घटना, सबै अमेरिकी पर्यटक

ब्राजिलको उत्तरी राज्य अमेजोनासमा शनिवार  ठुलो हवाई दुर्घटना भएको छ । सो दुर्घटनामा परी पाइलट, को–पाइलट सहित करिब १४ जनाको मृत्युको समाचार प्राप्त भएको छ ।  बार्सिलोस प्रान्त भन्ने स्थानमा भएको प्लेन दुर्घटनामा सबै अमेरिकी पर्यटकहरू भएको बुझिएको छ । 
Read More
८८ वर्षको इतिहासमा अमेरिकी मजदुरुको सबैभन्दा ठूलो हडताल

८८ वर्षको इतिहासमा अमेरिकी मजदुरुको सबैभन्दा ठूलो हडताल

वासिङटन । अमेरिकामा वेतन वृद्धिको माग गर्दै करिब १३ हजार मजदुर सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् । युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिचिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जिप कारखानामा काम ठप्प पारेका छन् । मजदुरको सेवा सुविधासम्बन्धी चार वर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो । कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदुरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने…
Read More