काठमाडौँ,कार्तिक ६ गते । गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली हवाई आक्रमणबाट ११७ बालबालिकासहित २६६ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ। हवाई आक्रमणमा मारिएका अधिकांश गाजाको दक्षिणी भागमा रहेको जनाइएको छ । इजरायलले दैनिक बम विस्फोटहरू जारी राखेको छ जसले सहरीकृत गाजाको ठुलो भागलाई ध्वस्त पारेको छ । जबलिया शरणार्थी शिविर र गाजाको अल-शिफा र अल-कुड्स अस्पतालहरू नजिकै हवाई आक्रमण साथ, इजरायलले गाजा पट्टीमा रातभर बमवारिलाई तीव्र पारेको छ। इजरायली सेनाले गाजा पट्टीमा इजरायली सेनाले गरेको आक्रमणको क्रममा प्यालेस्टिनी सशस्त्र समूह हमासले प्रहार गरेको एन्टि-ट्याङ्क मिसाइलले आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ। यसैबिच क्यानडा, फ्रान्स, जर्मनी, इटाली, युनाइटेड किंगडम र…
काठमाडौँ । गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ । प्यालेस्टिनी पत्रकार रुस्दी सरराजको गाजामा रहेको उनको घरमा इजरायली हमलामा मृत्यु भएको स्थानीय पत्रकार र सहकर्मीहरूले बताएका छन्। ' मेरो नजिकको साथी, रुस्दी सरराज, उनको घरमा इजरायली बम बारीमा मारिए। उहाँ एक प्रतिभाशाली फोटो पत्रकार र निर्देशक हुनुहुन्थ्यो ।' अन्तर्राष्ट्रिय फोटो पत्रकार विसाम नस्सरले इन्स्टाग्राममा भनेका छन् । आइतबार सरराजको मृत्यु भएको खबर अन्य धेरै स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा दिएका छन्।
न याँ दिल्ली, २ कार्तिक । काँग्रेस नेता राहुल गान्धीले हालै आफ्नी आमा सोनिया गान्धीलाई एउटा कुकुर उपहार दिएका थिए, जसको नाम नूरी थियो। कुकुरको यो नामलाई लिएर अहिले विवाद सुरु भएको छ । काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीविरुद्ध उत्तर प्रदेशको प्रयागराजका एक व्यक्ति अदालतमा पुगेका छन् । अदालतमा उजुरी दर्ता गर्ने व्यक्ति अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम)का राज्य प्रवक्ता मोहम्मद फरहान हुन्। उनका अनुसार कुकुरको 'नूरी' नाम राखेर उजुरीकर्ताले मुस्लिमहरूको धार्मिक भावनामा चोट पुगेको बताएका छन् । 'नूरी' शब्द विशेष गरी मुस्लिम धर्मसँग जोडिएको र इस्लाम धर्ममा पैगम्बर मोहम्मदसँग सम्बन्धित रहेको उनको भनाइ छ । उनका वकिलका अनुसार कुरान…
तेलअहिव, २ कार्तिक । इजरायली सेनाले गोलाबारी आक्रमणको जवाफमा लेबनान सीमाको लेबनानी छेउमा हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरू प्रहार गरेको बताएको छ। इजरायली सेनाले भनेको छ कि लक्ष्यहरूमा समुद्रबाट हुन सक्ने एक अवलोकन बिन्दुमा सो आक्रमण गरिएको हो, जहाँबाट उत्तर पश्चिम इजरायलको रोश हानिक्रामा एन्टी–ट्याङ्क मिसाइलहरू प्रहार गरिएको थियो। लेबनानको अल–मायादीन टिभीले रिपोर्ट अनुसार इजरायली हवाई आक्रमणले लेबनानका दुई स्थानहरूमा साँझ आक्रमण गरेको हो । आक्रमणमा परी दुई जना घाइते भएको अल जजिराले जनाएको छ ।
जेरूसलम, २ कार्तिक । संयुक्त राष्ट्र सङ्घले गाजाबाट करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ । इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसङ्ख्या बराबर रहेको छ। संयुक्त राष्ट्रको पछिल्लो मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनडब्लुए सञ्चालित स्कुलहरूमा आश्रय खोज्ने लगभग ३ लाख ५२ हजार मानिसहरू समावेश छन्। युएनरडब्लुएले स्कुलहरू भित्रका अवस्थाहरूलाई ‘बढ्दो रूपमा डरलाग्दो’ भनेर वर्णन गरेको छ। ती मध्ये एउटा विद्यालय, मध्य गाजाको अल मगाजी शरणार्थी शिविरमा मात्रै लगभग ४ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू आश्रय लिई रहेका थिए ।…
तेहरान, १ कार्तिक । गाजास्थित अस्पतालमा भएको आक्रमणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुद्ध भएको छ । अस्पतालमा आक्रमण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ विरुद्ध विश्वलाई एक हुन आव्हानसमेत गरेको छ । गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेश मन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विस्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’…
काठमाडौँ, १ कार्तिक । इजरायल र हमास बिचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औँ दिनमा प्रवेश गरेको छ । यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् । गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको सङ्ख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजा पट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये…
गाजापट्टी, ३० असोज । इजरायलको हवाई आक्रमणमा दक्षिणी गाजामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी महिला र बालबालिका सहित कम्तीमा २५ जनाको मृत्यु भएको हो । अल जजीराका अनुसार पछिल्लो आधा घण्टामा स्ट्राइकले प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागमा २.४ मिलियन मानिस बसोबास गर्ने आवास क्षेत्रमा आक्रमण सुरु गरेको थियो। यो स्पष्ट छैन कि दक्षिणी गाजाको कुन भागमा आक्रमण भइरहेको छ । यद्धपी, यसअघि खान युनिस र रफाह क्षेत्रमा धेरै बम विस्फोट भएको खबर प्राप्त भएको थियो । अन्य दर्जनौँ घाइते पनि भएको स्रोतले जनाएको छ। यसैबिच, क्यानडाका अधिकारीहरूले गत अक्टोबर ७ मा हमासले गरेको…
इजरायल र प्यालेष्टाइन बिचको युद्धको बारेमा नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा आश्विन २९ गते जारी गरिएको वक्तव्य ः प्यालेष्टाइन र इजरायलका बिचमा सङ्घर्षको लामो इतिहास छ । अमेरिकी मदतमा यहुदीहरूले लाखौँको सङ्ख्यामा प्यालेष्टाइनीहरुलाई देशबाट निष्कासित गरेपछि दुबैका बिचमा तनाव र युद्धको स्थिति उत्पन्न भएको छ । प्यालेष्टाइनीहरुले आफ्नो मातृभूमिमा फर्कनको लागि युद्ध गरिरहेका छन् ।केही दिन पहिले हमासले इजरायलमाथि आक्रमण गरेपछि अहिलेको युद्ध सुरु भएको हो । यो युद्धमा १० जना नेपाली विद्यार्थीहरू लगायत विभिन्न मुलुकका नागरिकको पनि हत्या गरिएको थियो र ठुलो सङ्ख्यामा इजरायलका जनतालाई हत्या गरिएको थियो वा उनीहरूलाई अपहरण गरेर बन्धक बनाइएको छ । जुनसुकै पक्षबाट भए पनि निःशस्त्र…
न्यु योर्क, २९ असोज । हाल इजरायल र हमासबीच भीषण युद्ध चलिरहेको छ । जसका कारण विश्वका ठुला देशहरूले आ–आफ्नो तरिकाले युद्धको प्रतिक्रिया दिइरहेका छन् । धेरै देशले प्यालेस्टाइनलाई समर्थन गरिरहेका छन् भने धेरै देश इजरायललाई पनि समर्थनमा गरेका छन् । यो युद्धको अवस्थामा विश्वको महाशक्ति भनिने अमेरिकाले इजरायललाई सहयोग गरिरहेको छ । यसैबिच अमेरिकाले इजरायललाई दिएको समर्थनबारे सर्वेक्षण गरिएको थियो, जसको नतिजा मिश्रित आएको छ । पीबीएस न्युज आवर तथा मैरिस्ट पोलद्वारा गरिएको सर्वेक्षणले २३ प्रतिशत अमेरिकीहरूले हमाससँगको युद्धमा संयुक्त राज्य अमेरिकाले इजरायललाई सार्वजनिक रूपमा समर्थन गर्नुपर्छ भन्ने विश्वास गर्छन् जबकि ६५ प्रतिशत अमेरिकीहरूले संयुक्त राज्य अमेरिकाले केही…