Sindhul Dainik

अन्तर्राष्ट्रिय

हमास आक्रमण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल

हमास आक्रमण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल

तेलहविव, २६ असोज । हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ । आक्रमणमा बाँचेकाहरूले त्यो डरलाग्दो दृश्यलाई आफ्नै शब्दमा वर्णन गरेका छन् । अमित बार र उनका साथी नीर पनि यस हमलामा बाँचेका छन्। सामाजिक सञ्जालमा दुवैको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा दुवैलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यस दम्पतीले आक्रमण पछिको अवस्था वर्णन गरेका छन्। अमित र नीर दुवै जना बाँच्नका लागि भागेको बताउँछन् । तर यस्तो हुन्छ भन्ने सोचेका थिएनन्, त्यसैले उनीहरूले एक अर्कालाई चुम्बन गरे र अहिले बाँचेर आफ्नो तस्बिर पोस्ट गरेका…
Read More
गाजामा आक्रमणपछि  ३ लाख ३८ हजार मानिस विस्थापित

गाजामा आक्रमणपछि ३ लाख ३८ हजार मानिस विस्थापित

  तेल अहिब, २५ असोज । इजरायल– हमास युद्ध जारी रहेको छ । यसै बिचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधवार एक विज्ञप्तिमार्फत हमास लडाकुहरूलाई समाप्त गर्न आह्वान गरेका छन्। उनले भने, ‘प्यालेस्टिनी आतंकवादी समूहका सबै आतंककारीहरूको मृत्यु निश्चित छ।’ गत शनिवार हमासले इजरायलमा अचानक आक्रमण गरेपछि पहिलो पटक नेतान्याहुले हमासलाई समाप्त गर्ने कुरा गरेका हुन । उनले भने, ‘हमास दाएस (इस्लामिक स्टेट समूह) जस्तै हो, जसरी विश्वले दाएसलाई नष्ट गर्‍यो, हामी तिनीहरूलाई नष्ट गर्नेछौँ।’ इजरायलका रक्षा मन्त्री योभ गालान्टले भने,  ‘हामी हमासलाई पृथ्वीबाट मेटाउने छौँ ।’ उता, नेतान्याहुले आफ्नो राजनीतिक मतभेदलाई अस्थायी रूपमा पन्छाएर युद्धको बिचमा विपक्षीहरूलाई सरकारमा समावेश गरेका…
Read More
बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

  पटना, २५ असोज । बिहारको बक्सर नजिक नर्थ इस्ट एक्सप्रेस पटरीबाट खसेको छ । टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् । दुर्घटना स्थलमा बिहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् । तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्।  
Read More
‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन’

‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन’

  मुम्बई, २४ असोज । गत हप्ता प्यालेस्टिनी  हमासले गरेको अचानक आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध इजरायलको आक्रमण तीव्र भएको छ। युद्धको चौथो दिनसम्ममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।   सो युद्धका कारण दुई देशीय सीमामा बसोबास गर्ने दुवै देशका जनता सो आक्रमणबाट आफ्ना प्रियजन गुमाए पछि शोकमा छन्। हमासको निरन्तर आक्रमण र गाजाको ‘पूर्ण नियन्त्रण’ लिनको लागि इजरायलको बलियो अभियानको बिचमा निर्दोष मानिसहरू विरुद्ध बर्बरताका कथाहरू देखा परिरहेका छन्।   यसै सन्दर्भमा, भारतीय टिभी अभिनेत्री मधुरा नाइकले आफ्ना काका र उनका छोराछोरीको ‘क्रूरतापूर्वक हत्या’ भएको बताएकी छन्। इन्स्टाग्राममा सेयर गरेको भिडियो सन्देशमा भारतीय मूलकी यहुदी नागिन अभिनेत्रीले भनिन्, ‘मेरो…
Read More
अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

काबुल, २४ असोज । अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। सो भूकम्पले ठुलो क्षति पु¥याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधवार अर्थात् ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तर पश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ । आज महसुस गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन । अफगानिस्तानमा गत साता अर्थात् ७ अक्टोबर शनिवारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिई सकेको छ । सैन्य…
Read More
१२ किमी चौडा र ४१ किमी लामो गाजापट्टी के हो ?

१२ किमी चौडा र ४१ किमी लामो गाजापट्टी के हो ?

  गाजा, २३ असोज । इजरायली सेनाले आफ्ना सयौँ मानिसको मृत्युको बदला लिन हमासलाई नक्साबाट मेटाउन खोजेको देखिन्छ। त्यसैले इजरायली सेनाले एकपछि अर्को हवाई हमला गर्दै हमासको स्थानलाई निशाना बनाउँदै आएको छ । यसबाहेक हमासले बन्धक बनाएका मानिसहरूलाई रिहा गर्न पनि इजरायलको जोड छ। इजरायली सेनाले गाजा सीमामा प्यालेस्टाइनीहरू माथि विनाश मच्चाइरहेको छ।   हमला भएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि इजरायली सेनाले प्यालेस्टाइन र हमासका निशानामा तीव्र हमला गरिरहेको छ । इजरायलको द्रुत आक्रमणले प्यालेस्टाइन र हमासलाई स्तब्ध बनाएको छ। तर के तपाईँलाई थाहा छ यो द्वन्द्वको मूल कारण गाजापट्टी पनि हो, जुन मात्रै ४१ किलोमिटर लामो जमिन…
Read More
इजरायली प्रधानमन्त्रीले भने, ‘युद्ध तिनीहरूले सुरु गरे, यसको अन्त्य हामी गर्नेछौँ’

इजरायली प्रधानमन्त्रीले भने, ‘युद्ध तिनीहरूले सुरु गरे, यसको अन्त्य हामी गर्नेछौँ’

  तेल अबिब, २३ असोज । इजरायल र प्यालेस्टाइनबीच अक्टोबर ७ देखि युद्ध जारी छ ।   यी ३ दिनमा गाजा र वेस्ट बैङ्कमा युद्धका कारण ७०४ जनाको मृत्यु भएको छ भने २ हजार ६१६ जना घाइते भएका छन् जबकि इजरायलमा ९०० जनाको मृत्यु भएको छ भने ३८०० जना घाइते भएका छन् ।   यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई कडा चेतावनी दिँदै ‘यो युद्ध इजरायलले सुरु गरेको होइन, हामी अन्त्य गर्नेछौँ’ भनेका छन् ।   हमासले युद्ध सुरु गरेपछि इजरायलले ३ लाख सैनिक परिचालन गरेर बदला लिने भएको छ । टाइम्स अफ इजरायलका अनुसार सन् १९७३ को योम किप्पुर…
Read More
एसिया पश्चिम युद्ध: इजरायलका ९ सय र प्यालेस्टाइनका ६ सयको मृत्यु

एसिया पश्चिम युद्ध: इजरायलका ९ सय र प्यालेस्टाइनका ६ सयको मृत्यु

तेल अहिब, २३ असोज । इजरायली सेनाले ‘पहिले कहिल्यै नभएको जस्तो’ शक्तिको साथ हमास विरुद्धको अपराधमा जाँदै छ’  प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार वाचा गरेका छन् ।   विनाशकारी र आश्चर्यजनक आक्रमणको ४८ घण्टा भन्दा बढी पछि इजरायलमा कम्तीमा ९०० जनाको मृत्यु भए पछि यो भनाई सार्वजनिक भएको हो । त्यसको जवाफमा इजरायलले हवाई आक्रमण गरिरहेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो क्रममा ६८० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।   जवाफमा प्यालेस्टाइनी अतिवादी समूह हमासले हाल बन्धन रहेका इजरायली नागरिकलाई मृत्युदण्ड दिइने जनाएका छन् । इजरायलले बिना चेतावनी गाजाका मानिसहरूलाई निशाना बनाएमा तीनैहरु सबैलाई मारिदिने चेतावनी पनि दिएको छ ।…
Read More
इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा लगियो, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा लगियो, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, २२ असोज । इजरायलको जोखिम क्षेत्रस्थित बङ्करमा रहेका नेपालीहरूको उद्धार गरिएको छ। इजरायली सेनाले ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको हो। प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिवार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ। त्यहाँ रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा  हमासले गरेको आक्रमणमा परी मुलुकका होनहार युवाको निधन भएको घटनाले आफू मर्माहत भएको बताएका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्रीले इजरायल सरकारसँग समन्वय गरी निधन भएका नेपाली नागरिकको शव नेपाल ल्याउने पहल…
Read More
प्लायेष्टायनी युद्ध आतङ्कवाद होइन ः ढकाल

प्लायेष्टायनी युद्ध आतङ्कवाद होइन ः ढकाल

आश्विन २२, काठमाडौँ । ‘इजरायल र प्याष्टाइनबिचको युद्ध आतङ्कवादी युद्ध नभएर राजनैतिक समस्या हो । यो समस्यालाई वार्ता द्वारा समाधान गर्नुपर्दछ अन्यथा यसले विश्व युद्धको स्थिति सिर्जना गर्न सक्छ’ – भन्छन् वामपन्थी बुद्धिजीवी योगेन्द्र ढकाल । आश्विन २२ गतेका क्यापिटल एफएमसँग कुरा गर्दै बुद्धिजीवी ढकालले, ‘नोभेम्बर २९, १९४७मा संयुक्त राष्ट्र सङ्घमा इजरायल र प्यालष्टाइन बिचको समस्यालाई दुई राज्यको प्रस्ताव पारित भएको’ बताउँदै उनले ‘इजरायले त्यो प्रस्तावलाई कार्यान्वयन नगर्दा युद्धको स्थिति निम्तिएको र अहिलेको युद्धको जिम्मेवार पनि इजरायल नै हो ।’ बुद्धिजीवी ढकाल भन्छन् ‘या त संयुक्त राष्ट्र सङ्घमा भएको सम्झौतालाई मान्दैनौ भन्नुपर्‍यो होइन भने त्यसलाई इमानदारीका साथ पालना गर्नुपर्‍यो ।’ उनी…
Read More