सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका(१ बालुवामा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही चक्रघट्टा गाउँपालिका(५ का ३५ वर्षीय गणेश राय रहेको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमााडौं जाँदै गरेको रायले चलाएको प्रदेश २–०३–००६प–३७५५ नम्बरको मोटरसाइकलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१च–०४८७ नम्बरको भ्यानले ठक्कर दिएको थियो । रायको धुलिखेल अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार घाइते ३३ वर्षीय धीरेन्द्र ठाकुरको उपचार भइरहेको छ । ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिइएको सिन्धुली प्रहरीका प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए ।
सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका ११ लवाहमा ३५ जनाले कांग्रेस र एमाले परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य राजन दाहालले नवप्रवेशीहरुलाई माओवादी केन्द्रमा स्वागत गर्नु भएको छ । नेकपा माओवादी केन्द्रका स्थानीय नेता अनिल दियालीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गर्ने स्थानीय नेताहरुलाई माननिय दाहालले अविर र खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका कार्यालय सचिव रामजी काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार नेपाली कांग्रेस र एमाले पार्टी परित्याग गर्दै माओवादी…
सिन्धुली । सिन्धुली प्रहरीले ४२ लाख रुपैयाँ बढीको अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ९ स्थित इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीको टोलिले बिल बिजक भन्दा अतिरिक्त अबैध सामानहरु ओसार पसार गर्ने म.प्र.०३–००२ख०३०६ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सर्लाही जिल्लाबाट विपी राजमार्ग हुँदै काठमाण्डौतर्फ जाँदै गरेको उक्त ट्रक भित्र बिल बिजक भन्दा अतिरिक्त र अबैध सामान भएको पाइएपछि नियन्त्रणमा लिइएको हो । काफ्लेका अनुसार ट्रकमा ६ लाख ७५ हजार मुल्यको १ सय ५० बोरो चिनी, ८ लाख मुल्य बराबरको २० बोरा काजु, १ लाख ६५ हजार मुल्य बराबरको ११…
२४ साउन, सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा युवा संघ सिन्धुलीले नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनका जिल्ला अध्यक्ष अरुण कुमार पाख्रीनको अध्यक्षता तथा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष पुष्पराज श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य प्रदिप कटुवाल, नेकपा एमाले जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, जिल्ला पार्टी पदाधिकारी, नेता, कार्यकर्ता, बुद्दिजिवी, शुभचिन्तक, युवा, विद्यार्थी , महिला, कर्मचारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । जिल्लामा रगत अभावका कारण कसैले अनाहकमा ज्यान गुमाउनु नपरोस तथा अत्यावश्यक रगतको कमि नहोस भन्ने हेतुले…
२२ साउन, काठमाडौं । आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार प्राय: सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ । रातिको समयमा झन् धेरै वर्षा…
२० साउन, काठमाडौं । आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने गरिन्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीलेजानकारी दिए । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक…
२० साउन, काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखिमध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा धान रोप्न भएकी एक महिलाको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका ६ दारिमबोटे भन्ने स्थानमा धान रोप्न गएकी शोभा सार्कीको निधन भएको हो । घरबाट धान रोप्नको लागी दारिम बोटे मेला गएकी ५२ वर्षकी सोभा सार्कीको उपचारका क्रममा मृत्यु भएको हो । धान रोप्न जाँदा एक्कासी टाउको दुख्यो भनेर बेहोस भएपछि उपचारको लागी सुनकोसी सामुदायिक अस्पताल खुर्कोट पु¥याउँदा अस्पताले मृत घोषणा गरेको वडा अध्यक्ष रविन श्रेष्ठले बताए । सार्कीको अत्याधिक गर्मीका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
सिन्धुली । सिन्धुलीमा खोलाले बगाउँदा एक जना बालकको मृत्यु भएको हो । जिल्लाको तीनपाटन गाउँपालिका ११ मा रहेको हाँडीखोलाले बगाउँदा सोही गाउँपालिका ४ लुभु बस्ने कमल तामाङको अन्दाजी चार वर्षका छोरा मन्जिल तामाङको मृत्यु भएको हो । हाँडिखोलाले बगाएर बालकलाई हाँडी खोलाको दोभानमा ल्याई ढुङ्गामा अडकी रहेको अवस्थामा स्थानीय सेतीमाया अछामी मगरले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलाबाट उद्धार गरी लाम्पान्टार स्वास्थ्य केन्द्रमा पु¥याइएको भएपनि चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । मृतक बालकको शव अनुशन्धानपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
सिन्धुली । कमलामाई नगरपालिकाले गरेको सरकारी विद्यालयमा पढाउनु पर्ने नियम अव लागू नहुने भएको छ । सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने कमलामाई नगरपालिकाको निर्णयमा ठेस लागेको छ । अव यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनमा परेको रिट माथिको आज भएको सुनुवाईमा रिट जारी हुने फैसला भएको हो । यो सँगै नगरपालिकाको आदेश कार्यान्वयन नहुने अधिबक्ता लोकहरि आचार्यले बताउनु भयो । नगरपालिकाले शैक्षिक सत्र २०८१ देखि अनिवार्य रुपमा सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा नपढाए कार्वाही हुने भन्दै सूचना जारी गरेको थियो । आज भएको…