Skip to main content

Sindhul Dainik

किन हुन्छ हृदयघात ?

Advertisement

संसारभरि सबैभन्दा धेरै मृत्युको कारण मुटुरोगलाई मानिएको छ । जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएको छ। सहरीकरणसँगै बढेको अस्वस्थ जीवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ।

विगतमा यो रोग विशेष गरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्थ्यो भने अहिले ४० भन्दा कम उमेरका युवाहरूमा देखिने क्रम बढिरहेको छ। 

मुटुले रगत पम्प गरेर शरीरभरि फैलाउने गर्छ। तर मुटुलाई काम गर्नका लागि पनि रगतको आवश्यक पर्छ।

मुटुले आफ्नै रगत नलीको सहायताले मुटुमा रगत फैलाउँछ।

मुटुका नलीमा बोसोजन्य पदार्थ कोलेस्ट्रोल जम्दै जाँदा नली खुम्चिँदै जाने हुन्छ। यसले गर्दा मुटुको नली साँघुरो हुँदै बन्द हुन्छ। जसका कारण मुटुमा रगत र अक्सिजन पुग्दैन र हृदयाघात हुन्छ।

हृदयाघात भनेको पनि कुनै कारणवश मुटुले पाउनुपर्ने रगत र अक्सिजन नपाएर मुटुले काम गर्न नसक्ने स्थिति हो। 

हृदयाघातको समस्या पुरुषको तुलनामा महिलालाई कम हुन्छ। तर, महिनावारी सुकेपछि भने पुरुष र महिलामा हृदयाघातको जोखिम बराबर हुन्छ।

पछिल्लो समय युवायुवतीमा धूम्रपान, मद्यपान, मोटोपन, शारीरिक व्यायामको कमी लगायत अस्वस्थ जीवनशैली बढ्दै गएका कारण हृदयाघातको जोखिम बढ्दै गएको देखिन्छ।

कस्तो हुन्छ हृदयाघातकाे दुखाई?

कार्डियोलोजिस्टहरूका अनुसार, हृदयाघातमा बेस्सरी छाती दुख्छ । दुखाईसँगै छाती एकदमै भारी भएर थिचेको जस्तो हुन्छ । धेरैजसो व्यक्तिहरूमा छातीमा ढुङ्गा राखेको जस्तो गह्रौ महसुस हुन्छ । आराम गरिरहेका बेला छातीको दुखाई कम भए पनि अलिकति हिँड्नासाथ फेरि छाती दुखाई बढ्ने गदछ । 

कुनै पनि व्यक्तिमा यस्तो लक्षण देखिएको छ भने उसले मुटुको रक्तनली साँघुरिएर मुटुलाई रगत पुगेको छैन भन्ने बुुझ्नुपर्ने डक्टरहरु  बताउँछन् । ‘हृदयाघात हुँदा नशा पुरै ‘ब्लक’ भइसकेको हुन्छ । त्यो दुखाई निरन्तर भइरहन्छ । 

हृदयाघात मुख्य  कारण

बढ्दो उमेर , अस्वस्थ जीवनशैली, खानपानमा आएको परिवर्तन, धूमपान, मद्यपान, मधुमेह , उच्च रक्तचाप, मोटोपना, कम शारीरिक अभ्यास , शरीरमा, कोलेस्टोरल बढ्नु , वंशाणुगत, वातावरणीय प्रदूषण ।

 यसका साथै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को तथ्याङ्कअनुसार मुटुसम्बन्धी रोगकाे कारण  दाँत सफा नगर्नु,   हाकिमलाई घृणा गर्नु  हृदयविदारक घटना, एक्लो अनुभूति हुनु,  उदासीनता हुनुलाइ पनी मानेकाे छ ।

रोकथामका उपाय

बढ्दो उमेरलाई त हामीले रोक्न सक्दैनौँ। तर, समय–समयमा चेक गरेर जोखिमको पहिचान भने गर्न सक्छौँ।

वंशाणुगत कारणले पनि हृदयाघातको सम्भावना हुन्छ। त्यस कारण अभिभावक तथा परिवारका कुनै सदस्यलाई हृदयाघात छ भने चनाखो भइरहनुपर्छ। समय–समयमा आवश्यक चेक जाँच गर्नुपर्छ। 

धूम्रपान र मद्यपान सेवन गर्नेलाई हृदयाघातको हुने सम्भावना अरूलाई भन्दा तीन गुणा बढी हुन्छ।

यसका साथै मधुमेह, उच्च रक्तचापलाई नियन्त्रण गर्ने, पोसिलो खानेकुरा खाने कुरामा पनि ध्यान दिन आवश्यक छ। 

हृदयाघातबाट जोगिन शारीरिक व्यायाम गर्ने गर्नुपर्छ। प्रत्येक दिन ३० मिनेट हिँड्नाले मुटु रोग लाग्नबाट धेरै हदसम्म जोगिन सकिन्छ।

रगतमा कोलेस्ट्रोलको मात्रा चेक गर्ने र नराम्रो कोलेस्ट्रोल बढी छ भने घटाउनुपर्छ। मोटोपन घट्यो भने हृदयाघातबाट धेरै हदसम्म जोगिन सकिन्छ।

मानसिक तनावका कारणले गर्दा पनि हृदयाघात हुने सम्भावना बढी हुन्छ।  हृदयाघात भइसकेपछि तत्काल अस्पताल जानुपर्छ।

जति छिटो उपचार गर्न सक्यो बिरामीमा पर्ने असर त्यति नै रोकथाम गर्न सकिन्छ। हृदयाघात भएको ६० देखि ९० मिनेटभित्र उपचार भइसक्नुपर्छ।

यो अवधिलाई गोल्डेन आवरका रूपमा लिइन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...