Skip to main content

Sindhul Dainik

तस्करीको अखडा बन्दै सिराहा, एक हप्तामा दुई करोडको कपडा बरामद

Advertisement

  • मुकेश कुमार यादव

सिराहा १६ असोज । पछिल्लो समय सिराहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ।

आन्तरिक राजश्व विभागले निरन्तर रूपमा ठुलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा व्यापक तस्करी भइरहेको स्थानीयले बताएका छन् ।

जिल्लाको ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौँ स्थानमा प्रहरी विट र त्यसमार्फत सयौँ प्रहरी परिचालित छन् तर सीमा क्षेत्रमा दिनरात प्रहरी परिचालन गरिएको भए पनि तस्करी भने कुनै नियन्त्रणमा आउन सकेको छैन ।

पछिल्लो एक सातामा मात्र राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिराहाबाट २ करोडभन्दा बढीको तस्करीका कपडाहरू बरामद गरेको छ । राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न थालेपछि सिराहाका प्रहरी अधिकारीहरू दबाब खेप्न नसकेर आफ्नो बचाउका लागि केही समानहरू पक्राउ गरिरहेको स्रोतको दाबी छ । सोही दबाबका कारण आज मङ्गलवार बिहान सशस्त्र प्रहरी बल सिराहाले विशेष सूचनाको आधारमा सिराहा नगरपालिका- १८ तारापट्टिबाट भन्सार छली लुकाई छिपाई राखेको करिब ८० लाख बराबरको ७८ पोका कपडा बरामद गरेको छ। बरामद कपडा आजै राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ।

पछिल्लो एक साताको अवधिमा सिराहाबाट राजस्व अनुसन्धान कार्यालय इटहरीले १३ गते ४० लाख बराबरको कपडा, १५ गते भन्सार छलीका लत्ताकपडा लोड गरिएको प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रक र ३२ लाख बराबरको कपडा नियन्त्रणमा लिएको थियो। त्यसै गरी टोलीले १४ गते आइतबार बिहान पनि सिराहा नगरपालिका- १५ बाट करिब ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो।

यस अघि मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको थियो। राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिराहाबाट मात्रै करिब दुई करोड भन्दा बढीको तस्करी (भन्सार छलेर) गरी ल्याएको कपडा बरामद गरिएको राजश्व कार्यालय इटहरीको प्रमुख सुरेश आचार्यले जानकारी दिए।

पछिल्लो केही दिनदेखि राजस्व अनुसन्धानको कपडा पसलमा छापा र निरन्तर कपडा बरामदले सिराहामा सुरक्षा निकाय र प्रशासनको मिलेमतोमै तस्करी फस्टाएको पुष्टि भएको स्थानीय बताउँछन्। तस्करीको सामान खुल्याम रूपमा नेपाल भित्रिनुले पनि भन्सार कार्यालयका कर्मचारी, प्रहरी र प्रशासनको सेटिङ्ग मै तस्करी हुने गरेको स्थानीयहरूको तर्क छ ।

राजस्व अनुसन्धान कार्यालयले मोरङ र सुनसरीबाट हुने चोरी तस्करीमा निगरानी बढाएपछि त्यताका तस्करहरू सप्तरी, सिराहा र धनुषाका नाकाहरू प्रयोग गरेको देखिएको प्रमुख सुरेश आचार्यले बताए। उनले भने, ‘सुनसरी, मोरङमा हाम्रो उपस्थितिले गर्दा चोरी तस्करी नियन्त्रण भएपछि अहिले त्यहीँका तस्करहरू पश्चिमतर्फ सर्दै आएको देखिएको छ। हामी पनि निरन्तर रूपमा नियन्त्रणको लागि प्रयास गरिरहेका छौँ यसमा सबै पक्षको सहयोग आवश्यक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...