Skip to main content

Sindhul Dainik

बेलायती महारानीलाई मार्न खोज्ने भारतीय मूलका व्यक्तिलाई जेल सजाय

Advertisement

लन्डन, १९ असोज । बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्याको षड्यन्त्र रचेको आरोपमा जसवंत सिंह छेल नामका सिख युवकलाई बेलायतको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । जसवन्त सिंहको उमेर २१ वर्ष रहेको बताइएको छ ।

जसवन्त सिंह छैलको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर अदालतले तत्कालका लागि अस्पतालमा लैजान आदेश दिएको छ। लन्डनको ओल्ड बेली अदालतमा सुनुवाइको क्रममा न्यायाधीश निकोलस हिलियर्डले चेललाई निको नभएसम्म बर्कशायरको उच्च सुरक्षा मानसिक अस्पताल ब्रोडमूर अस्पतालमा राख्नु पर्ने आदेश दिएका छन् । यसपछि उनलाई जेलमा राखिनेछ ।

डिसेम्बर २५, २०२१ को बिहान रानी एलिजाबेथ विन्डसर क्यासलमा उनको निजी अपार्टमेन्टमा थिइन, जब दुई अधिकारीहरूले कसैलाई देखे र उनको नजिक पुगे । प्रहरी अधिकारीहरूले एक युवक हातमा धनु र बाण लिएर उभिरहेको देखे। उनलाई प्रहरी अधिकारीहरूले किन यहाँ आएको भनेर सोधे पछि उनले महारानीलाई मार्न आएको बताए।

समाचार अनुसार जसवंत सिंह छेलले  ‘स्टार वार्स’ सिरिजबाट प्रेरित भएर हत्या गर्ने निर्णय गरेका थिए ।

जसवंत सिंह छैलले सोसल मिडियामा एक भिडियोमा भनेका छन् कि उनले पन्जाबको अमृतसरमा १९१९ को जलियावाला बाग नरसंहारको बदला लिन यो काम गरेका थिए । सजायको आदेश पछि आफ्नो तर्कको व्याख्या गर्दै न्यायाधीशले भने, ‘यो कार्य २०२१ मा कल्पना गरिएको थियो, जब उनी (जसवन्त सिंह छेल) मानसिक रूपमा फिट थिए।’

महारानी एलिजाबेथ द्वितीयको सेप्टेम्बर २०२२ मा ९६ वर्षको उमेरमा निधन भइसकेको छ । गत महिना जसवंत सिंहले राजपरिवार र राजा चार्ल्स तेस्रोसँग पत्रमार्फत माफी मागेका थिए । अदालतका अनुसार जसवंत सिंह राम्रो परिवारबाट आएका हुन्। उनका बुबा एयरोस्पेसमा सफ्टवेयर सल्लाहकार हुन्, उनकी आमा शिक्षक हुन् र उनका जुम्ल्याहा बहिनीहरू हाल अध्ययन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...