Sindhul Dainik

बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

Advertisement

पटना, २५ असोज । बिहारको बक्सर नजिक नर्थ इस्ट एक्सप्रेस पटरीबाट खसेको छ ।

टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् ।

दुर्घटना स्थलमा बिहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् ।

तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...