Sindhul Dainik

जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण

Advertisement

काठमाडौँ, २७ असोज । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी  ‘सत्यको खोज’ सार्वजनिक भएको छ ।

शुक्रवार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन् । शुक्रवार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएकोसमेत बताए । रसिकको यो १५ ओं कृति हो ।

सत्यको खोज कृतिको समीक्षा गर्दै समीक्षक गोपीकृष्ण ढुङ्गानाले सत्यको खोज वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको गहिराइमा पसेर लेखिएको महत्त्वपूर्ण दस्ताबेज भएको बताए । उनले सत्यको खोजको हरेक च्याप्टर एक गहिरो अनुसन्धानमूलक कृति भएकोसमेत बताएका छन् । वाङ्मयपुरूष जोशी पुत्र अणुराज जोशीले सत्यको खोज भित्र सत्यमोहन जोशीको इति वृत्तान्त समावेश रहेको र लेखक रसिकको लेखन शैली आकर्षक भएकाले पाठकले कृति रुचाउने बताए ।

सो कार्यक्रममा  आर मानन्धरद्वारा लिखित जनकवि दुर्गालाल श्रेष्ठको जीवनी ‘कवि कविताको छवि दुर्गालाल श्रेष्ठ’ र कमल प्रसाद मल्लको ‘क्लासिकल नेवार लिट्रेचर’ पनि एकसाथ लोकार्पण भएको छ।  लेखक आर मानन्धरले जनकवि दुर्गालाल श्रेष्ठले नेपाल भाषा आन्दोलनमा साहित्य, गीत, नाटकबाट जनताका लागि चेतना जगाउन पुर्‍याउनु भएको योगदानको चर्चा गरेका थिए।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले आफ्नो भौतिक शरीरको भर नरहे पनि कृतिमार्फत आर मानन्धरले आफ्नो जीवनको पुरै चित्र कृतिमा उतारेको बताए । समीक्षक सुरेश किरण मानन्धरले ‘कवि–कविताको छवि दुर्गालाल श्रेष्ठ’को समीक्षा गरेका थिए । उनले जनकवि श्रेष्ठको बारे लेखिएको उक्त पुस्तकमा उनी जनताको कवि भएकाले उहाँको योगदान जान्न चाहने पाठकलाई निकै महत्त्वपूर्ण कृति रहेको बताए ।

‘क्लासिकल नेवार लिट्रेचर’ को समीक्षा भने मल्ल के सुन्दर र सर्जक अभि सुवेदीले गरेका थिए । कार्यक्रम तीन वटै पुस्तकका प्रकाशक एजुकेस्नल पब्लिसिङ हाउसले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...