Sindhul Dainik

इरानी विदेशी मन्त्रीले भने, ‘दुष्ट इजरायल विरुद्ध एक हुने बेला भयो’

Advertisement

तेहरान, १ कार्तिक । गाजास्थित अस्पतालमा भएको आक्रमणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुद्ध भएको छ ।

अस्पतालमा आक्रमण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ विरुद्ध विश्वलाई एक हुन आव्हानसमेत गरेको छ ।

गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेश मन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विस्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’

अल अहली अस्पतालमा भएको हमला युद्ध अपराध हो: ह्युमन राइट्स


गाजास्थित अल अहली अस्पतालमा इजरायलले गरेको आक्रमणको  विश्वभरिका मानवअधिकारवादी संस्थाहरूले निन्दा र भर्त्सना गरेका छन् ।

सोही क्रममा ह्युमन राइट्स वाचले अल अहली अस्पतालमा भएको आक्रमणलाई ‘शब्दहरू भन्दा बाहिरको भयानक’ भएको प्रतिक्रिया दिएको छ । र, उसले गाजामा थप ‘ठुलो मात्रामा अत्याचार’ रोक्न विश्व नेताहरूलाई आह्वानसमेत गरेको छ।

‘अस्पतालहरूमा विशेष सुरक्षा हुन्छ। जानाजानी वा लापरबाहीपूर्वक गरिएका गैर कानुनी आक्रमणहरू युद्ध अपराध हुन्,’ अधिकार समूहले सामाजिक सञ्जालमा लेख्यो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...