Sindhul Dainik

धरती रोइरहेछ~~~

Advertisement

* महेशराज खरेल

 म जन्मिएको धरतीको
शिरमा
एउटा श्वेत हिमाल
 बिहान सूर्यको किरण सीतै
स्वर्ण रङ्गमा रङ्गिएर
टल्किरहेको हुन्थ्यो
शरीरभरि जीवन
  सञ्जीवनी बोकेर
उसले प्राणी
  वनस्पतिको
 जीवन जोगाइरहेको हुन्थ्यो
हिमालको काखमा बसेर
पहाड नाचेको हुन्थ्यो
त्यही पहाडको छातीमा
असख्याै हरिया बोट बिरुवा
हाँसिरहेका हुन्थे
तिनै वनस्पतिका
बिचबिचमा
धेरै वनजन्तु
र पशुपन्छी बाँचिरहेका हुन्थे
 डाँफे मुनाल
 र मयुरले
भाका मिलाएर नाचिरहेका हुन्थे
 हरिण,
 बाघ
 र सिंह
आ आफ्ना
आँगनमा
आ आफ्नो
जीवन सजाइरहेका हुन्थे
यो मेरो प्रकृतिको सुन्दर
बगैँचामा
कस्का आँखा लागेर हो
वा कुनै अनिष्ठ जागेर हो
आजकल मेरो हिमालमा
 हिउँ फुलेका बिरुवा छैनन्
उस्का काखका पहाड
 फेरिएछन्,
पहाडका छातीमा
बास बसेका
बोटबिरुवा सबै सोरिएछन्
वन्यजन्तु पशुपन्छी सबै
 मासिएछन्
 आजकल मेरो
जन्मभूमिमा
हाँस्दैन हिमाल चाँदी झैँ
 टल्किएर
नाच्दैन रे प्रकृति बिहान
 सङ्गीत भएर
डाँफेमुनाल
 कता हो कुन्नि
बसाई  सर्याे रे
 मयुरले बाँस खोज्दा खोज्दै
 खोल्सा खोज्दै झर्याे रे
 हरिण,
 बाघ
 सिंहहरू
अन्तै कतै झर्‍या रे
झ्याउँकिरी पनि
बाजा बजाउँदैन
आजकल मेरो जन्म
स्थानमा

झ्याउँकिरी बस्ने गुँड पनि
सबै भत्किए रे
लाली गुराँस फुल्न छोड्यो
लेखमा
पहिरोले  मेरो पहाडको
सबै छाती तछारिदिएछ
बोट बिरुवा उमार्ने तागत
धरतीले गुमाई सकेछ
छैनन् छाँगा छहरा
छलछल गरेर छल्किने
विकासको एकनासे
बम गोलाले
छाती मेरो पहाडको
भत्किएछ
त्यसकै निरस आवाजले
सबै पन्छीको वासस्थान
अन्तै भएछ
फूलको बास्ना सुँघ्ने
नाकहरूमा
बारुदको गन्धले ठाउँ
लिएछ
मेरो सुन्दर प्रकृति कुरूप
भएछ
लौन के भएको हो यो
अनिष्ट
मेरो जन्मभूमिमा
प्रकृतिले सिँगारिएको धरती
आज रोइरहेछ
हिमालले मेहनतको पसिन
झार्न छोड्यो रे
प्रकृति रसाएन सृजनाको
कालगडी भत्किएर
थोतो भयो रे
लौन आउन बचाऊँ यो
सुन्दर धरतीलाई
राेपाै फेरि बोटबिरुवा
धरतीको गागनभरि
लहलहाएर हरियाली उमारूँ
धरतीमा
यसैलाई
गाँडु
फुलाऊँ
फलाऊँ
पर्यावरण जोगाएर
प्रकृतिको
हाँसुन् मेरा जन्मभूमिका
हिमालहरू
सेताम्मे हिउँले छोपिएर
फुलेर लाली गुराँसले
धपक्कै बलुन पहाडका
छातीहरू
वेग मारुन् डाँफेमुनाल
पहाडका भित्ताहरूमा
नाचुन् मयुर भाले पोथी
सुन्दर प्वाँख फिँजाएर
लेखका सुन्दर फाँटहरूमा
हो त्यहाँ प्रकृति फेरि
रमाएर हास्नेछिन
देखेर सृजना फेरि
पर्यावरण खुसीले
नाच्नेछिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...