Sindhul Dainik

राष्ट्र सङ्घीय महासचिवको भ्रमण: लुम्बिनी पुग्ने देखी संसद्मा सम्बोधन गर्नेसम्म

Advertisement

काठमाडौँ, १२ कार्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् ।

नेपालको चार दिने औपचारिक भ्रमणका गए राती आएका महासचिव गुटेरेसले सङ्घीय संसद्लाई सम्बोधन गर्ने सम्मको कार्यक्रम रहेको छ ।

गए राती १ बजे नेपाल आई पुगेका महासचिव गुटेरेसले आफ्नो भ्रमणको पहिलो दिनमा नै अर्थात् आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गर्नेछन् ।

थप औपचारिक भेटवार्ता र संवाद सम्पन्न गरे पछि महासचिव गुटेरेस पाटन दरबार क्षेत्रको पनि अवलोकनमा निस्कने छन्, आज उनै महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी जनाउने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आफ्नो चार दिने भ्रमणका क्रममा महासचिव गुटेरेस सोमबार भने सगरमाथाको अवलोकन गर्न नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर पछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा निस्कने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

साथै, मङ्गलवारको कार्यसूची अनुसार अपराह्न ४ः०० बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले यसअघि नै जनाइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...