Sindhul Dainik

गाजामा अर्को चरणको युद्ध सुरु गरिएको इजरायलको घोषणा

Advertisement

तेल अहिब, १२ कार्तिक । इजरायल र प्यालेस्टाइनी अतिवादी समूह हमासका बिचमा जारी युद्ध २३ औँ दिनमा पुगेको छ ।

यसबिचमा भएका आक्रमणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

गत अक्टोबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रूपमा इजरायलमाथि आक्रमण गरे पछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकाश तिनै स्थानबाट आक्रमण गरिरहेको छ ।

संयुक्त राष्ट्र सङ्घका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आव्हान गरेका थिए भने इजरायलसहित १४ देशले राष्ट्र सङ्घको सो आव्हानलाई अस्वीकार गरेका थिए । उनीहरूले युद्ध जारी राख्ने पक्षमा आफ्नो मत प्रकट गरेका थिए  ।

हिजो मात्रै युद्ध रोक्नका लागि राष्ट्र सङ्घले गरेको आव्हानलाई अस्वीकार गर्दै गाजामा इजरायलको युद्ध  ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन्

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेको टिप्पणीलाई प्रतिध्वनि गर्दै सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताएका हुन ।

इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन्, ‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा (जल, जमिन र आकाश) बाट अघि सर्दैछौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...