Sindhul Dainik

अलबिदा नेता मेघराज आचार्य !

Advertisement
एउटा असल मानिसको मृत्युले सबैलाई शोकाकुल बनायो । पुराना कम्युनिस्ट नेता मेघराज आचार्यको मृत्युको १३औँ दिनको श्रद्धाञ्जली कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा उपस्थिति सबैको एउटै भनाई थियो, ‘हामीले असल नेता, अभिभावक र शिक्षक गुमायौ ।’
समाजमा जन्मिएपछि आफ्नो व्यक्तिगत स्वार्थमा मात्र लिप्त हुनु हुँदैन । समाज र व्यवस्था परिवर्तनको लागि प्रत्येक व्यक्तिको केही न केही भूमिका हुनुपर्दछ । जीवनको त्यो महत्त्वपूर्ण परीक्षामा दिवंगत् नेता मेघराज आचार्यले पनि आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरेर अलबिदा भए । कुनै बेला कम्युनिस्ट पार्टीको सदस्य भएर, कुनै बेला स्कुलको शिक्षक भएर, कुनै बेला समाज तथा परिवारको असल अभिभावक भएर आफ्नो सङ्घर्षशील यात्रा गरिरहे । आफ्नो ८६ वर्षको लामो जीवन यात्राका साथ कार्तिक ४ गते सबैबाट सधैभरिका लागि बिदा हुँदै उनको भौतिक शरीरको अन्त भयो ।
दिवङ्गत नेता मेघराज आचार्यप्रति श्रद्धाञ्जली प्रकट गर्न कार्तिक १६ गतेका दिन पशुपतिको सुमार्गी भवनमा विभिन्न राजनैतिक, सामाजिक तथा परिवारजनका सदस्यहरूको उपस्थिति रह्यो । माओवादी नेता देव गुरुङ, राष्ट्रिय जनमोर्चाका नेता हरि आचार्य, प्रलेसका उपाध्यक्ष समीर सिंह लगायतले श्रद्धाञ्जली मन्तव्य राख्दै ‘दिवङ्गत नेता आचार्यको भौतिक शरीर अन्त भए पनि उनको समाजप्रतिको योगदान तथा भूमिका जीवन्त रहिरहने’ विचार प्रकट गरे । नेता आचार्य आफैले समाजको रुढीवाद तथा अन्धविश्वासको विरुद्ध सक्रिय भूमिका निर्वाह गरेको अवस्था थियो ।  त्यस प्रकारको सामाजिक अभियानमा ‘समाजका सचेत व्यक्तिहरूले  पनि आफ्नो जीवनमा कार्यान्वयन गर्नुपर्ने’ सबैको धारणा थियो ।
आफ्नो बाबाको सामाजिक तथा राजनीतिका भूमिकाको बारेमा चर्चा गदै छोरा प्रकाशले ‘बुवाको सम्झनामा अक्षय कोष निर्माण गरी जेहेन्दार तथा गरिब विद्यार्थीहरूलाई सहयोग गरिरहने’ बताए । कैलाली स्थित टीकापुर नगरपालिका वडा नं.३ रहेको हिमालय माध्यमिक विद्यालय घिया पुछरी तथा प्युठानस्थित माण्डवी गाउँपालिका वडा नं.३ तिघ्रामा रहेको बागेश्वरी माविमा दिवङ्गत नेता आचार्यको विशेष भावनात्मक सम्बन्ध थियो । ती स्कुलहरूमा जनही एक लाख पचास हजारको दरले अक्षय कोष निर्माण गरी बुवाको शिक्षाको क्षेत्रमा रहेको सकारात्मक भूमिकालाई स्मरण गरिरहने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...