Skip to main content

Sindhul Dainik

ख्वप अस्पतालले भन्यो, ‘डन्डिफोरले मृत्यु भएको भनिएको नितु दुवालको पिसाबमा इन्फेक्सन थियो’

Advertisement

भक्तपुर, १७ कार्तिक । ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरले एक जना बिरामीको मृत्युको विषयलाई लिएर अस्पतालबारे भ्रम सृजना गरेको जनाएको छ ।

अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बिहीबार विज्ञप्ति प्रकाशित गरी अस्पतालबारे भ्रममा नपर्न सवैसँग अनुरोध गरेको छ ।

भक्तपुर नगरपालिका वडा नं ८ निवासी सुश्री नितु दुवालको झन्डै दुई महिना अगाडि पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको थियो । तर उनको निधनबारे उनकी आमा, बुवा र दिदीले सामाजिक सञ्जालमा कार्तिक १४ गते लेखेका कुराहरूले समाजमा ख्वप अस्पतालबारे भ्रम सिर्जना गरेको हुँदा दुःख लागेको विज्ञप्तिमा जनाइएको छ ।

‘ख्वप अस्पताल परिवार २१ वर्षकी नितु दुवालको कलिलो उमेरमा निधन भएकोमा दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘शोकाकुल परिवारका लागि यो एक अपूरणीय क्षति हो । मृतक आत्माको चिर शान्तिको कामना गर्दै गर्दा समाजमा ख्वप अस्पतालबारे केही नकारात्मक भ्रम फैलाउन खोजिएको हामीलाई महसुस भयो । ‘

‘नितु दुवाल २०८० साल श्रावण २१ गते ख्वप अस्पतालबाट रिफर भई उपचारको क्रममा भाद्र ३१ गते अन्य अस्पतालमा मृत्यु हुँदा समेत यस अस्पतालमा मृत्यु भएको भनी गलत प्रचार गर्नुबाट यो नियोजित हो भन्ने स्पष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

घटना विवरण अनुसार मृतक नितु दुवाल असार २२ गते पहिलो पटक डन्डिफोरको उपचारका लागि ख्वप अस्पताल आएकी थिइन् । अस्पतालले जनाए अनुसार डन्डिफोर सम्बन्धी उपचारका लागि उनलाई खाने औषधी र मलम दिइएको थियो । छाला रोग विशेषज्ञद्वारा उनलाई २ हप्तापछि फलोअपको लागि पनि बोलाइएको थियो । श्रावण २ गते उनी डा. नितु मानन्धरको ओपिडी टिकट भएता पनि छाला रोग विभागमा नै गई चेकजाँच गराएकी थिइन । अघिल्लो दिनदेखि सामान्य ज्वरो आएको भन्ने उनले छाला रोग विशेषज्ञलाई बताएपछि डन्डिफोर सम्बन्धी औषधि यथावत् खाने र जनरल डाक्टरलाई भेट्न आग्रह गरियो । सोही अनुसार जनरल डाक्टरले ज्वरोको लागि औषधि दिइयो । यसपछि उनलाई श्रावण १२ गते यसै अस्पतालको इमर्जेन्सी विभागमा रातको २ बजे ज्वरो आएको भनी ल्याइयो । सम्पूर्ण जाचहरु पश्चात् उनलाई भर्ना हुन आग्रह गरियो । तर विदेश अध्ययनका लागि परीक्षा भएको कारण देखाई उनी राति ३ः३० बजे नै घर गइन् ।

अस्पतालले जनाए अनुसार निजको सो परीक्षणमा पिसाबमा खराबी देखिएको थियो । डाक्टरको सल्लाह विपरीत बिरामीलाई घर लगियो । त्यसपश्चात् श्रावण १४ गते उनलाई भर्ना गराउन ल्याइयो । पिसाबको परीक्षणमा कीटाणु देखिएको र सोही अनुरूप औषधिहरू चलाई वार्डमा भर्ना गरियो । श्रावण १७ गतेका दिन पुनः बिरामी र परिवारका सदस्यहरूको आग्रह अनुसार उनलाई घर पठाइयो । चिकित्सकहरूद्वारा अझ केही दिन राख्नुपर्ने भन्ने कुरा बुझाइएको थियो । तर परीक्षाकै कारण बताई चिकित्सकको सल्लाह विपरीत पुनः घर लगियो । त्यसपश्चात् श्रावण १८ गते यसै अस्पतालमा ल्याइयो । श्रावण २१ गते निज बिरामीको उपचार चल्दाचल्दै परिवारका सदस्यहरूले अन्य अस्पताल लैजाने आग्रह गरे अनुसार यस अस्पतालबाट रिफर गरियो । त्यसपछि यस अस्पताल र निजको परिवारबिचमा कुनै पनि सम्पर्क रहेको थिएन ।

बिरामीको निधनमा दुःख हुँदा हुँदै पनि विभिन्न व्यक्तिहरूको उक्साहटमा अस्पतालप्रति जनतामा भ्रम सिर्जना गर्ने उद्देश्यले ख्वप अस्पताललाई दोष दिन खोजिएको विज्ञप्तिमा जनाइएको छ । ‘औषधिको बढी डोज दिइएको, गलत औषधि दिइएको भन्ने कुरा सत्य होइन,’ विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιών

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connections

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

छुटाउनुभयो कि ?

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιών

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιώνΕξερευνώντας τις Δυνατότητες του Rol...

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connectionsThe Appeal of Intergenerational ConnectionsNavigating the Digital La...

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connectionsThe Appeal of Intergenerational ConnectionsNavigating the Digital La...

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

Informatie betreffende spin-mama-login.com vind je hier en verderopDe Functionaliteit van Spin-mama-login.com: Een Gedetailleerde ...