Sindhul Dainik

समाजमा अराजकता बढेको भन्दै प्रधानमन्त्री चिन्तित, डटेर सामना गर्न सबै दल प्रतिबद्ध

Advertisement

कात्तिक २१, काठमाडौँ । १२ बुँदे समझदारीका पक्षधर दलहरुले गणतन्त्रप्रति प्रतिबद्ध रहनुपर्ने अठोट व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बोलाएको सर्वदलीय बैठकमा उनले देशमा अराजकता फैलन सक्ने खतरा देखिएको भन्दै अब गणतन्त्रका पक्षधरहरु एकढिका हुनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डको भनाइमा अन्य दलका प्रतिनिधिले सहमति जनाउँदै गणतन्त्रको पक्षमा प्रतिवद्ध रहेको बताए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्रीले विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको, जसलाई जे मन लाग्छ, त्यही भन्न थालेको बताएका थिए ।


आफूहरुले संघीय लोकतान्त्रिक गणतन्त्र निकै ठूलो संघर्ष गरेर ल्याएको तर केही साना फोर्सले समाज बिगार्ने काम गरिरहेको भन्दै अब गणतन्त्रको पक्षमा मुखरित भएर जानुपर्ने बिचार राखेका थिए ।

छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सबै सहभागीले गणतन्त्रप्रति प्रतिबद्धता जनाए ।

काँग्रेस सभापति देउवाले आफ्नो दलले कुनै समय संवैधानिक राजतन्त्र मानेको भए पनि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरिसकेको बताए ।

छलफलका क्रममा एमाले अध्यक्ष ओलीले गणतन्त्र विरोधी शक्तिलाई आफूहरुले कुनै साथ नदिने बताएका छन् । अन्य एमाले नेताहरुले भने सरकारकै अकर्मण्यताका कारणले पनि अराजकता बढेको बताएका थिए ।

यस्तै बैठकमा सहभागी अन्य दलका नेताहरुले जनतामा भएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले तीनै दलका शीर्ष नेताहरुले गणतन्त्र र लोकतन्त्रको पक्षमा प्रतिबद्धता जनाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...