Skip to main content

Sindhul Dainik

प्रतिबन्धित टिकटक अझै चलाइँदै, भिपिएन र डिएनएसबाट टिकटक नचलाउन प्रहरीको आग्रह

Advertisement

मंसिर ६, काठमाडौं । नेपालमा सरकारले टिकटक बन्द गरेको भएपनि नेपालीहरुले टिकटक चलाइरहेका छन् ।

सामाजिक सञ्जाल टिकटकबाट सकारात्मक भन्दा नकारात्मक सुचना धेरै फैलिएको, सामाजिक सद्भाव बिथोलिएको, किशोरकिशोरीहरु अनावश्यक लतमा फसेको लगाएत कारण देखाउदै नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयले टिकटकलाइ पूर्णरूपमा बन्देज गरेको थियो ।

तर सरकारले प्रतिबन्ध लगाएपनि युवाहरुले भिपिएन, डिएनएस जस्ता एपबाट नेपालमा टिकटक चलिरहेको छ । चर्चित टिकटकरहरुले टिकटकमाथीको प्रतिवन्ध खुलाउन आन्दोलन मात्र गरिरहेका छैनन्, यस्ता माध्यमबाट टिकटक कसरी चलाउँने भन्दै सामाजिक सञ्जालमा नै पोष्ट समेत गरिरहेका छन् ।

तर सरकारले भने यसरी अबैध तरिकाबाट टिकटक नचलाउन बारम्बार आग्रह गरिरहेको छ । टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीको पनि अनुरोध छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।

टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीको पनि अनुरोध छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।

सामाजिक सञ्जाल टिकटक भिपिएन, डिएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेका हुन् ।

ब्यूरोले भिपिएन, डिएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याई चोरी हुने र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको जनाएको छ ।

यस्तै विद्युतीय स्वरुपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने जस्ता गतिविधि पनि भइरहेकाले यसतर्फ सचेत हुन अनुरोध पनि प्रहरीले गरेको छ ।

राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधिसमेत टिकटकका माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस्ता गतिविधि नगर्न र नगराउन ब्यूरोले आग्रह गरेको छ ।

ब्यूरोले भिपिएन, डिएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याई चोरी हुने र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको जनाएको छ ।

टिकटक चलाउन पाउनुपर्ने माग सर्बसाधारणले मात्र नभइ बिभिन्न दलका नेता तथा अधिवक्ताहरुले पनि गरिरहेका छन् । तर टिकटकमाथीको प्रतिबन्ध फुकुवाको माग गर्दै परेको रिटमा सुनुवाइ पछि सर्वोच्च अदालतले सरकारसँग बन्द गर्नुको कारण मात्रै माग गरेको छ ।

यो निर्णय कार्यान्वयन तत्कालको लागि रोक्न अन्तरिम आदेश नदिनुले पनि अब सर्वोच्चले टिकटक प्रतिबन्ध फुकुवाको पक्षमा निर्णय गर्ने संभावना कमजोर बनेको छ ।

यस्तो अवस्थामा अबैध तरिकाले टिकटक चलाउने क्रम बढ्न सक्ने र त्यसले व्यक्तिगत विवरण तथा बैङ्किङ सुरक्षामा खतरा पर्ने तर्फ सचेत रहन विज्ञहरुले पनि बारम्बार आग्रह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...