Sindhul Dainik

इजरायल–हमासबीच युद्ध विराम सम्झौता, हमासले ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

Advertisement

काठमाडौँ, ६ मङ्सिर । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् ।

गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धलाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुन् । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमास सँगको सम्झौतालाई अनुमोदन गरेको छ ।

 

चार दिनको अस्थायी युद्ध विरामका क्रममा ती बन्धकलाई रिहा गरिने र रिहा हुनेमा महिला र बालबालिका हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ ।

 

जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । त्यस क्रममा युद्ध रोकिनेछ ।’ हमासले ५० जनालाई रिहा गर्ने इजरायल सरकारले जनाएको हो भने विज्ञप्ति जारी गर्दै हमासले पनि मानवीय आधारमा युद्ध विराम मा सहमति भएको जनाएको छ ।

 

कतार र इजिप्टको मध्यस्थतामा सम्झौता भएकोप्रति हमासले दुवै देशलाई धन्यवाद पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...