Sindhul Dainik

प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई जाने

Advertisement

१२ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स यूएई प्रस्थान गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन कोप–२८ को सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई प्रस्थान गर्ने भएका हुन् ।

यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।

साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने छन् ।

योपटक जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र त्यसको परिपुरणका लागि तथ्यगत रूपमै बलियो तयारी भएको छ ।

नेपालको तर्फबाट ६ वटा अवधारणा पत्र बनेको छ । यसबारे सारांशमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नेछन् ।

‘मुख्य एजेण्डा जलवायु परिवर्तनले हिमाललाई पारेको असर सम्बन्धमा छ । नेपाल कार्बन कम उत्सर्जन गर्ने राष्ट्र भएकाले क्षतिपूर्ति दाबी गर्ने, माउन्टेन एजेण्डा लगाएत बिषयलाइ एजेण्डाको रुपमा उठाउने तयारीनेपालले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...