Skip to main content

Sindhul Dainik

एनसेलले प्राधिकरणलाई बुझायो शेयर खरीद-बिक्री दस्तावेज

Advertisement

४ पुस, काठमाण्डौं – एनसेल आजियाटाले एनसेलमा रहेको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न गरेको ‘सेयर खरिद सम्झौता’को दस्तावेज नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ । 

एनसेलले बुधवार खरिद बिक्रीसम्बन्धी कागजात प्राधिकरणलाई बुझाएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । ‘कागजात प्राप्त भएको छ, त्यसमा के छ भन्नेबारे अब प्राधिकरणले अध्ययन गर्छ,’ उनले भने ।

प्राधिकरणले मंसिर १४ मा खरिद–बिक्रीबारे वास्तविकता बुझ्न एनसेललाई पत्र पठाएको थियो । एनसेलले कागजपत्र संकलन हुनासाथ उपलब्ध गराउने भन्दै जवाफीपत्र पठाए पनि तीन सातासम्म कुनै दस्ताबेज बुझाएको थिएन । दस्तावेज प्राप्त नभएकोबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बताएकी थिइन् ।

एनसेल प्रकरणबारे अध्ययन गर्न बनेको उच्चस्तरीय छानबिन समितिसँगै संसदीय समितिहरूले नियामक प्राधिकरणलाई सेयर खरिद–बिक्री सम्झौतालगायत विषयका कागजपत्र उपलब्ध गराउन भनिरहेका छन् ।

प्राधिकरणले मंसिर २५ मा एनसेललाई दोस्रो पत्र पठाई कागजपत्रका विषयमा प्राधिकरणले पुनः ताकेता गरेको थियो । सेयर खरिद–बिक्री घोषणा गरेको तीन सातापछि एनसेलले नेपाल सरकार र नियामकलाई औपचारिक जानकारी गराएको हो । नियामकले पटक–पटक पठाएको पत्रलाई बेवास्ता गरेको भन्दै प्राधिकरणले सोमबार कडा कारबाही गर्ने व्यहोरासहितको पत्र एनसेललाई पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

Significant updates regarding the spin granny bonus and player advantages

Reliable platform exploring spin granny casino bonuses and withdrawal options

Reliable access and 7 gold casino login for vibrant online gaming platforms

छुटाउनुभयो कि ?

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

Informatie betreffende spin-mama-login.com vind je hier en verderopDe Functionaliteit van Spin-mama-login.com: Een Gedetailleerde ...

Significant updates regarding the spin granny bonus and player advantages

Significant updates regarding the spin granny bonus and player advantagesUnderstanding the Mechanics of the Spin IncentiveFactors ...

Reliable platform exploring spin granny casino bonuses and withdrawal options

Reliable platform exploring spin granny casino bonuses and withdrawal optionsUnderstanding Spin Granny Casino’s Welcome BonusesAna...

Reliable access and 7 gold casino login for vibrant online gaming platforms

Reliable access and 7 gold casino login for vibrant online gaming platformsUnderstanding the Account Creation ProcessSecurity Meas...