Skip to main content

Sindhul Dainik

भ्रष्टाचार नियन्त्रण गरेर संघीय संरचनामाथि प्रश्न उठ्न नदिनु आवश्यक रहेको नेकपा (एमाले)का अध्यक्ष ओलीको भनाई

Advertisement

८ पौष, काठमाण्डौं –  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय शासन प्रणालीलाई सफल बनाउने कोसिसमा लाग्नुपर्ने बताएका छन् ।

१४ मंसिरदेखि १८ दिनसम्म चलेको  बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले उक्त कुरा बताएका हुन् ।

ओलीले भने ‘संघीयतालाई सफल ढंगले कार्यान्वयन गरी मजबुद र सफल बनाउन कोसिस गर्नुपर्छ, अहिलेको चरण त्यो हो,’ ।

संघीयताका संरचनाहरूले विकास निर्माणका कामहरूको अगुवाइ गर्नुपर्ने ओलीको भनाइ थियो । उनले भ्रष्टाचार नियन्त्रण गरेर संघीय संरचनामाथि प्रश्न उठ्न नदिनु आवश्यक रहेको पनि स्पष्ट पारे । प्रदेश संरचना कार्यान्वयन र अभ्यासका क्रममा प्रश्न उठाउने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

ओलीले प्रदेशको नाम र अधिकार लगायतका विषय प्रश्न उठाएर झमेला गर्न खोजिएको पनि बताए । ती प्रश्नको निराकरणका लागि राज्यको नेतृत्वमा रहेका व्यक्तिहरूले गम्भीरतापूर्वक छलफल गर्नुपर्ने उनको भनाइ थियो । ‘संघीयतालाई लिएर दुईवटा अतिमा दौडिनुहुन्न । खारेज भइहाल्नुपर्‍यो भन्ने अतिमा पनि दौडिनुहुन्न र अर्कोतिर संघमा भएका अधिकार तथा संरचना प्रदेशमा पठाउनुपर्छ भनेर सम्हाल्नैं नसक्ने खालको स्थिति पनि हुनुहुन्न,’ उनले भने । पछिल्लो समय विद्यालय र अस्पताललगायतका संरचना संचालनमा समस्या देखिएको उनले उल्लेख गरेका थिए ।

राज्यलाई कमजोर पार्नका लागि प्रश्न उठ्ने गरिएको पनि ओलीको भनाइ थियो । नेपालको संघीयता शक्ति विकेन्द्रीकरण नभई शक्तिको बाँडफाँटको आधारमा रहेको उनले बताए । देशको विकास र जनताको सुविधाका लागि नेपालको संघीयता रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιών

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connections

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

छुटाउनुभयो कि ?

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιών

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιώνΕξερευνώντας τις Δυνατότητες του Rol...

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connectionsThe Appeal of Intergenerational ConnectionsNavigating the Digital La...

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connectionsThe Appeal of Intergenerational ConnectionsNavigating the Digital La...

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

Informatie betreffende spin-mama-login.com vind je hier en verderopDe Functionaliteit van Spin-mama-login.com: Een Gedetailleerde ...