Skip to main content

Sindhul Dainik

राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको छ: माधवकुमार नेपाल

Advertisement

११ पौष, काठमाण्डौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम सुरु गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । 

बुधबारदेखि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध दलहरू एकताबद्ध भएर अघि बढ्न सहमत भएको बताए । समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल गराएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरू एकताबद्ध भएर अघि बढन सहमत रहेको बताए ।

संविधान जोगाउनका लागि आफूहरूले विगतमा एमालेभित्रैबाट विद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको उनको भनाइ छ । ‘पार्टीले एमालेभित्र गरेको विद्रोह जायज थियो । यसले सफलता प्राप्त गर्‍यो। विघटित प्रतिनिधिसभा पुनःस्थापित भयो, र संविधान जोगियो,’ उनले भने, ‘संसद्‍ले पूर्ण कार्यकाल काम गर्नसक्यो । र, आज हामी यो संविधानमाथि आक्रमण भइरहेको सन्दर्भमा हामी फेरि गम्भीर हुनुपर्ने स्थिति पुगेका छौं । अहिले फेरि प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । विभिन्न षड्यन्त्रका तानाबाना बुनिरहेका छन् ।’

पार्टीको आगामी महाधिवेशनको तयारी र विधानका सम्बन्धमा छलफल गर्न बसेको बैठक शुक्रबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...